पोखरा / नेपाल भ्रमणमा रहेको वेष्ट इन्डिजले टी२० आई सिरिजको अन्तिम खेलमा नेपाललाई वेष्ट इन्डिजले १७३ रनको विजयी लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ थालेको वेष्ट इन्डिजले कुल २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रनमात्रै बनाउन सफल रह्यो । ओपनर जोनसोन चार्लिस २४ रनमा आउट भए । कादेम एल्यान ११, मार्क देयाल ११, कप्तान रोस्टोन चेस ३३, माथ्वे फ्रोडे २३, फाब्यान एलेन ३ र गुडाकेश मोटाई १ रनमा आउट भए । एलिक एथान्जे ४२ रनमा अविजित रहे । उनले २९ बलमा १ चौका र ३ छक्का प्रहार गरे । ह्याडेन वाल्स ७ रनमा अविजित रहे ।
नेपालका लागि सागर ढकालले २ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए भने अभिनाष बोहोराले १ विकेट लिए ।





