सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

प्रतिष्ठाको खेलमा नेपाल विजयी

प्रतिष्ठाको खेलमा नेपाल विजयी


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०८१, शनिबार

पोखरा / नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज विरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । टी२० आई सिरिजमा पाँच खेल मध्ये पहिलो खेल जितेपछि लगातार ३ हार व्यहोरेको नेपालले अन्तिम सिरिजमा विजयी हासिल गरेको हो ।

१७३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो । नेपालका लागि ब्याटिङमा अनिल शाह र आसिफ शेख तथा बलिङमा सोमपाल कामी र सागर ढकालले उत्कृष्ट प्रदर्शनी गरे ।

कुशल मल्ल ३७ रनमा नटआउट रहे । उनले १८ बलमा ३ चौका, ३ छक्का प्रहार गरे । कप्तान रोहित पौडेल शुन्यमा नटआउट रहे । यस्तै अनिल शाहले ४५ बलमा ४ चौका र ४ छक्काको मद्धतमा सर्वाधिक ५८ रनको योगदान दिदैँ आउट भए । आशिफ शेखले ३५ बलमा २ चौका र ५ छक्काको मद्धतमा ५१ रनको अर्धशतक पारी खेल्दै आउट भए । दिपेन्द्र सिंह ऐरी ५ रनमा आउट भए ।

वेस्ट इन्डिजका लागि अविद मेक्वेले ३.५ ओभरमा ३६ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । माथ्वे फोर्डेले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको वेष्ट इन्डिजले कुल २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रनमात्रै बनाउन सफल रह्यो । ओपनर जोनसोन चार्लिस २४ रनमा आउट भए । कादेम एल्यान ११, मार्क देयाल ११, कप्तान रोस्टोन चेस ३३, माथ्वे फ्रोडे २३, फाब्यान एलेन ३ र गुडाकेश मोटाई १ रनमा आउट भए । एलिक एथान्जे ४२ रनमा अविजित रहे । उनले २९ बलमा १ चौका र ३ छक्का प्रहार गरे । ह्याडेन वाल्स ७ रनमा अविजित रहे ।
नेपालका लागि सागर ढकालले २ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए भने अभिनाष बोहोराले १ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->