शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सशक्तिकरणका लागि वालिङका महिलालाई मादल बजाउने तालिम

सशक्तिकरणका लागि वालिङका महिलालाई मादल बजाउने तालिम


  • ढोरपाटन संवाददाता
  • बैशाख २६ २०८१, बुधबार

स्याङ्जा/वालिङ नगरपालिका वडा नं. ९ का महिलाहरुले मादल बजाउन सिकेका छन् । महिला शसक्तिकरणको बजेट अन्र्तगत वडाले महिलाहरुको मागका आधारमा मादल बजाउने एक हप्ते तालिम प्रदान गरेसगै बजाउन सिकेका हुन् ।
वडाका २४ आमा समुह, मगर समाज, गुरुङ समाज, नेवार समाजका गरेर ५५ जना महिलाहरुको तालिममा सहभागिता रहेको थियो । सहभागी लक्ष्मी कुँवरले बढ्दो सूचना र प्रविधिका कारण परम्परागत बाजा, लोक बाजाहरुको प्रयोग र यसको संरक्षणमा कमी आएको बेला वडाले यो तालिमको आयोजना गरेर निकै सराहनिय कार्य गरेको बताइन् ।
वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेले महिलाहरुलाई सिपयुक्त तालिमहरु प्रदान गरी आर्थिक रुपमा सबल बनाउने नगरको लक्ष्य रहेको बताइन् । नगर तथा वडाले प्रदान गरेका सिपयुक्त तालिमएपछि व्यवहारमा उर्तानुपर्ने बताउँदै महिलालाई व्यवसायिक रुपमा थप अगाडि बढाउन नगरपालिका प्रतिवद्ध रहेको उपप्रमुख तिवारीको भनाई थियो ।
महिलाहरुले मादलको विभिन्न पाँच ताल कसरी बजाउने भन्ने विषयमा तालिम लिएका हुन् । महिलाहरुलाई सप्तक संगीत वालिङका राजु दर्लामी र तारा गाहाले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->