सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जिल्ला लिग फुटबलमा नकआउट चरणका खेल शुरु

जिल्ला लिग फुटबलमा नकआउट चरणका खेल शुरु


  • ढोरपाटन संवाददाता
  • बैशाख २६ २०८१, बुधबार

बागलुङ/जिल्ला लिग फुटबलअन्तर्गत बुधबारदेखि बाङे्चौर खेल मैदानमा नकआउट चरणका खेल शुरु भएका छन् । जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले रेफ्री वीरेन्द्र रुचाललाई बल हस्तान्तरण गरेर खेलको शुभारम्भ गरे ।
प्रतियोगिताको उद्घाटन खेलमा संयुक्त चार युवा क्लब विजयी हुँदै सेमीफाइनलमा प्रवेश गरेको छ । आदर्श विद्यामन्दिर खेलकुद क्लबलाई सडन डेथमा ६–५ गोलले पराजित गर्दै संयुक्त चार युवा क्लब सेमीफाइनलमा प्रवेश गरेको हो । संयुक्तले भोलि हुने दोस्रो खेलमा फाइनल प्रवेशका लागि अमर आदर्श स्पोर्टस् क्लबको सामना गर्ने छ ।
निकै प्रतिष्पर्धात्मक खेल २–२ गोलको बराबरीमा सकिएपछि भएको ट्राइबेकरमा संयुक्त चार युवा क्लब लक्की बनेको हो । आदर्शका लागि विवेक सार्की र किरण केसी तथा संयुक्त चार युवा क्लबका लागि रोहन जिसी र ब्रिजेश शाक्यले गोल गरेका थिए । भोलि बिहिबार फाइनल प्रवेशका लागि तमान युवा क्लब र बागलुङ एकता क्लबबीच प्रतिष्पर्धा हुने जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारीले जानकारी दिए । नकआउट चरणको विजेता टोली बढुवा भई आगामी वर्ष हुने जिल्ला लिगका लागि छनौट हुनेछ ।
यस्तै बैशाख ३१ गतेदेखि जेठ ६ गतेसम्म संचालन हुने जिल्ला लिग फुटबल प्रतियोगितामा पावर फिटनेस क्लब, बागलुङ कालिका युवा क्लब ‘बागलुङ सुधार केन्द्र’, वीर गोर्खाली युवा क्लब, रामरेखा फुटबल क्लब, कालिका भगवती युवा क्लब, बालजीवन खेलकुद क्लब, रुद्रेपिपल युवा क्लब र गुठी युनाईटेड क्लबले प्रतिष्पर्धा गर्ने छन् ।
लिग विजेताले नगद ७५ हजार, उपविजेताले ४५ हजारसहित ट्रफी, मेडल र प्रमणपत्र प्राप्त गर्नेछन् । लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्ने पाँच विधाका खेलाडीलाई जनही ५ हजार प्रदान गरिने अध्यक्ष राजभण्डारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->