पोखरा/दुग्धजन्य उत्पादनको अग्रणी कम्पनी सुजल डेरीले पोखराको बजारमा चिनीरहित ‘सफल सादा दही’ पोखराको बजारमा ल्याएको छ ।
‘स्वाद पनि स्वस्थ पनि’ नारासहित उपभोक्तामाझ ल्याइएको दही चिनीरहितमात्र नभएर बाक्लो र क्रिमयुक्त भएको कम्पनीले जानकारी दिएको छ । प्रशोधित दूधबाट नवीनतम होमोजेनाइजेसन र पाश्चराइजेशन प्रविधिबाट उत्पादित दही क्रिमसहितको मीठो भएको पनि कम्पनीको भनाइ छ ।
‘सफल सादा दहीमा कुनै अतिरिक्त चिनी छैन। सफल सादा दही नियमित उपभोक्ता, स्वास्थ सचेत व्यक्तिहरू, मधुमेह रोगी र गुलियो कम मनपराउने व्यक्तिहरुका लागि एकदम उत्तम छ,’कम्पनीले दहीबारे जानकारी दिँदै भनेको छ,‘ सफल सादा दहीले पाचन शक्ति बढाउँछ, रगतमा चिनीको मात्रा कायम राख्छ र सँसँगै वजनलाई पनि सन्तुलित राख्न मद्दत पु¥याउँछ ।’
सफल सादा दहीबाट नेपाली संस्कृतिमा प्रचलित स्वादिष्ट परिकारहरू लस्सी, चुकौनी, सिर्कनी, राइता बनाउन सकिने पनि कम्पनीको भनाइ छ । ५ सय मिलिलिटर यो दहीको बजार मूल्य ६५ र साढे एक लिटर टबको १ सय अनि एक लिटर टबको १९० रुपैयाँ मूल्य कायम गरिएको छ ।





