सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

८ स्वर्णसहित गण्डकी च्याम्पियन, सुस्मीतालाई २ स्वर्ण

८ स्वर्णसहित गण्डकी च्याम्पियन, सुस्मीतालाई २ स्वर्ण


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०८१, मंगलबार

पोखरा/ रोल्पामा भएको २३ औं राष्ट्रिय आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा ८ स्वर्णसहित गण्डकी प्रदेश च्याम्पियन बन्न सफल भएको छ ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो फेडेरेसन (एनआईटिएफ) को आयोजनामा भएको च्याम्पियनसिपमा गण्डकीले कुल ९ स्वर्ण, ५ रजत र ५ कास्य पदक हासिल गर्दै टिम च्याम्पियन बन्न सफल भएको हो ।

एपिएफ क्लब दोस्रो भयो । एपिएफले कुल ८ स्वर्ण, ४ रजत र ३ कास्य पदक हासिल ग¥यो । यस्तै लुम्बीनि प्रदेशले ४ स्वर्ण ४ रजत र १० कास्य पदक हासिल गर्दै तेस्रो स्थानमा रह्यो । गण्डकीका लागि सुस्मीता थापा मगरले सर्वाधिक २ स्वर्ण ल्याइन् । उनले एकल स्प्यारिङ ५५ केजी तौल समूहमा र एकल प्यार्टन (कालो पेटी दोस्रो डान) मा स्वर्ण हासिल गर्दै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी समेत घोषित भइन् । सुस्मीता पोखरा स्पोट्र्स अवार्डमा वर्ष उत्कृष्ट महिला खेलाडी समेत बन्न सफल भएकी थिइन् ।

सुस्मीतासँगै गण्डकीलाई पदक दिलाउनेमा मोनिका कुँवरले ५० केजी एकल स्प्यारिङमा स्वर्ण र प्यार्टन (कालो पेटी फस्ट डान) मा कास्य, दिना श्रेष्ठ १ स्वर्ण पदक (व्यक्तिगत प्याटर्न ब्ल्याक बेल्ट तेस्रो डान), मनिषा केसी १ स्वर्ण पदक (व्यक्तिगत प्याटर्न रातो बेल्ट), प्रतीक्षा घर्ती मगर – १ रजत पदक (व्यक्तिगत स्प्यारिङ ४५ केजी), मेरिया पुन मगर १ कांस्य पदक (व्यक्तिगत खेल ७० केजी), दिक्पाल बुढा मगर १ कांस्य (व्यक्तिगत स्प्यारिङ ५५ केजी) र १ स्वर्ण (व्यक्तिगत प्याटर्न ब्ल्याक बेल्ट तेस्रो डान) रहेका छन् ।

यस्तै भीम बहादुर गाहा १ स्वर्ण पदक (व्यक्तिगत प्यार्टन रातो बेल्ट), मनिष रेस्मी मगर १ कास्य (व्यक्तिगत स्प्यारिङ ५५ केजी) र १ रजत (व्यक्तिगत प्याटर्न ब्ल्याक बेल्ट दोस्रो डान), सन्दिप गुरुङ १ स्वर्ण पदक (व्यक्तिगत स्प्यारिङ ८० केजी), पिटर माम्बा १ रजत (व्यक्तिगत स्प्यारिङ ६५ केजी) र १ रजत (व्यक्तिगत प्यार्टन पहेंलो बेल्ट) तथा सचिन परियारले १ कास्य (व्यक्तिगत स्प्यारिङ ५० केजी) रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->