सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गुठी युनाईटेड र बालजीवन खेलकुद क्लब विजयी

गुठी युनाईटेड र बालजीवन खेलकुद क्लब विजयी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०८१, मंगलबार

बागलुङ/बाङेचौर खेल मैदानमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको दोस्रो दिन मंगलबार सम्पन्न खेलमा गुठी युनाईटेड र बालजीवन खेलकुद क्लब विजयी भएका छन् ।
लिगको तेस्रो खेलमा गुठी युनाईटेडले रामरेखा फुटबल क्लबलाई १–४ गोल र बालजीवन खेलकुद क्लब (चिल्ड्रेन लाइफ) ले वीर गोर्खाली युवा क्लबलाई ०–२ गोलले पराजित गरेको हो । विजयी गुठी युनाईटेड र बालजीवन खेलकुदले महत्वपूर्ण ३/३ अंक जोडेका छन् ।
गुठी युनाईटेडको जितमा निरज थकाली, मनिष श्रेष्ठ, निशान गुरुङ र जितेन्द्र पुनले १÷१ गोलको योगदान गरे भने रामरेखाका लागि नरेश पुनले सान्त्वना गोल फर्काएका थिए । यस्तै, मंगलबारै भएको दोस्रो खेलमा विजयी बनेको बालजीवन खेलकुद क्लबका लागि निश्चल महत र विजय छिनालले गोल गरेका थिए । यसअघि लिगमा विजयी सुरुवात गरेको बागलुङ कालिका युवा क्लब (बागलुङ सुधार केन्द्र) ले अंक तालिकामा महत्वपूर्ण ३ अंक जोडेको छ भने बराबरी खेलेका पावर फिटनेश क्लब र कालिका भगवती युवा क्लबको समान १÷१ छ ।
लिगको तेस्रो दिन बुधबार हुने खेलमा बागलुङ कालिका भगवती (बागलुङ सुधार केन्द्र) ले पावर फिटनेश र कालिका भगवतीले रुद्रेपिपल युवा क्लबको सामना गर्दै छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->