बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सुजलको ‘रस बदाम ड्रिङ्क’ बजारमा

सुजलको ‘रस बदाम ड्रिङ्क’ बजारमा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३ २०८१, बिहिबार

पोखरा/पोखराको अग्रणी दुग्ध तथा दुग्धजन्य उत्पादक सुजल डेरीले दूधकै अर्को पेय पदार्थ बजारमा ल्याएको छ । सुजलले ‘रस बदाम ड्रिङ्क’ बजारमा ल्याएको छ ।
विशुद्ध दुग्धजन्य तथा शक्तिबद्र्धक ‘रस बदाम ड्रिङ्क’ पोखरा र वरपरबाट संकलित दूधबाट बनेको हो भने यसमा क्यालिफोर्नियामा उत्पादित आल्मोड र आयातित केसर प्रयोग गरिएको कम्पनीले जनाएको छ । आल्मोण्ड र केसरको समिश्रणले यो पेय पदार्थ अझ स्वादिलो र शक्तिवद्र्धक भएका पनि कम्पनीको भनाइ छ ।
अन्तर्राष्ट्रियस्तरको स्वचालित मेसिनबाट उत्पादन गरिने ‘रस बदाम ड्रिङ्क’ ले तागत र उमङ्ग प्रदान गर्नुका साथै जाँगरिलो बनाउँछ । भागदौडको जीवनशैली अपनाउनेहरुका लागि आवश्यक पर्ने उर्जा प्रदान गर्ने यो पेय पदार्थसँगै कम्पनीले ‘गेट गोइङ,किप गोइङ’ ( अगाडी बढ, बढ्दै गर ) सन्देश पनि प्रवाह गरेको छ । १८० एमएलको क्यानमा उपलब्ध ‘रस बदाम ड्रिङ्क’ को बजार मूल्य १ सय रुपैयाँ कायम गरिएको सुजल डेरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->