सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

लिगको हेबिवेट खेलमा बालजीवनको सानदार जित

लिगको हेबिवेट खेलमा बालजीवनको सानदार जित


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३ २०८१, बिहिबार

बागलुङ/लिगको हेबिवेट खेलमा बालजीवन खेलकुद क्लब (चिल्ड्रेन लाइफ) विजयी भएको छ । जितसंगै ६ अंकसहित बालजीवन लिगको शिर्ष स्थानमा उक्लिएको छ । बलियो प्रतिद्वन्द्वी गुठी युनाईटेड क्लबविरुद्व बालजीवनले ०–३ गोलको सानदार जित निकाल्यो ।
पहिलो हाफ निकै प्रतिष्पर्धात्मक भएपनि दोस्रो हाफमा गुठी युनाईटेड खराब लयबाट गुज्रियो । दोस्रो हाफान बालजीवनका मिलन मगरले गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिएका थिए । गोल खाएपछि खेलमा फर्कन नसकेको गुठी युनाईटेडेले ५७ र ७५ औं मिनेटमा थप दुई गोल खान पुग्यो । बालजीवनका लागि निश्चल महत र सनम केसीले गोल गरेका थिए । गुठी युनाईटेडले गोल गर्ने राम्रा अवसर पाएपनि सदुपयोग गर्न सकेन ।
यो जितसंगै लिगको शिर्ष स्थानमा रहँदै बालजीवनले फाइनलमा पुग्ने संभावनालाई प्रबल बनाएको छ । लिगमा खराब प्रदर्शन गरिरहेको रामरेखा फुटबल क्लबसंग बराबरी खेले पनि समूह ‘ख’ बाट विजेता बन्दै बालजीवन लिगको फाइनलमा पुग्ने छ । दुई खेलमा हार खेपेको रामरेखा लिगको रेलिगेसन जोनमा छ । रामरेखा वीर गोर्खाली युवा क्लबसंग पराजित भएको थियो । बिहिबार सम्पन्न खेलमा रामरेखालाई १–३ गोलले पराजित गर्दै वीर गोर्खाली ४ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । वीर गोर्खालीका लागि सन्देश तामाङले दुई र विश्वास थापाले २ गोल गरे भने रामरेखाका लागि अभिषेक केसीले सान्त्वना गोल फर्काए । वीर गोर्खालीले आगामी शनिबार गुठी युनाईटेडविरुद्व प्रतिष्पर्धा गर्ने छ जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारीले जानकारी दिए ।
बिहिबारको पहिलो खेलमा रुद्रेपिपल युवा क्लबले कालिका भगवती युवा क्लबमाथि रोमाञ्चक जित महत्वपूर्ण ३ अंक जोडेको छ । रुद्रेपिपलका लागि ऋषि बजगाईले निर्णायक गोल गरे । रुद्रेपिपलले अब शुक्रबार हुने पहिलो खेलमा पावर फिटनेस क्लबको सामना गर्ने छ । भोलिको खेलमा पावर फिटनेस विजयी भए समूह ‘क’ को विजेता बन्दै लिगको फाइनल यात्रा तय गर्ने छ । लिगका दुई खेलमा पराजय भोगेको कालिका भगवतीले शुक्रबार बागलुङ भगवती युवा क्लबसंग अन्तिम खेल खेल्ने छ । रेलिगेसन जोनमा रहेको कालिका भगवती खेल जित्नैपर्ने दबाबमा हुने छ । कालिका भगवतीको १ र बागलुङ कालिकाको ३ अंक छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->