सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बालजीवन फाइनलमा प्रवेश गर्दा रामरेखा एफसि रेलिगेसनमा

बालजीवन फाइनलमा प्रवेश गर्दा रामरेखा एफसि रेलिगेसनमा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०८१, शनिबार

बागलुङ/‘गर या मर’को खेलमा उपाधि दाबेदार बालजीवन खेलकुद क्लब (चिल्ड्रेन लाइफ) संग लज्जाष्पद हार व्यहारेको रामरेखा फुटबल क्लब लिगमा अंकविहिन बन्दै रेलिगेसनमा परेको छ । रेलिगेसन भिडन्त रोमाञ्चक मोडमा पुगेपनि रामरेखाले खराब तयलाई लिगको अन्तिम खेलमा पनि जारी राख्दा रेलिगेसनको चोट बोक्न बाध्य बन्यो । रामरेखा स्तब्ध भएसंगै लिगमा १ अंक जोडेको कालिका भगवती भने रेलिगेसनबाट जोगिएको छ । लिगमा लगातार रवाफिलो जित निकाल्दै बालजीवनले भने फाइनलमा पावर फिटनेश क्लबसंगको भेट पक्का गरेको छ । लिगका तीनै खेलमा अपराजित बनेको बालजीवन ९ अंकसहित समग्र लिगको शिर्ष स्थानमा रहँदै समूह ‘ख’ बाट फाइनलमा प्रवेश गरेको हो ।
रामरेखामाथि हाबी बनेको बालजीवन ०–५ गोल अन्तरले विजय बन्यो । बालजीवनका लागि निश्चल महतले ह्याट्रिक गर्दा सोनाम विक र विपुल कार्कीले एक÷एक गोलको योगदान गरे । लिगका तीनै खेलमा गोल गरेका महत अहिले उत्कृष्ट तयमा छन् । खेलाडिमा राम्रै लगानी गरेपनि रामरेखा रेडिगेसनबाट जोगिन भने सकेन । आगामी वर्ष हुने लिगको नकआउट चरण पार गर्न सकेमात्र रामरेखाका लागि जिल्ला लिगको ढोका खुल्ने छ ।
शनिबार बाङेचौर मैदानमा भएको दोस्रो खेलमा गुठी युनाईटेड क्लब र वीर गोर्खाली युवा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । दुई टोली बीचको खेल औपचारिकता मात्रै थियो । यो समूहबाट बालजीवन लिगको शिर्ष स्थानमा रहँदै फाइनल पुगिसकेको छ । लिगमा एक खेलमा जित, एक बराबरी र एक खेलमा पराजित गुठीको ४ र वीर गोर्खालीको पनि समान ४ अंक रहेको छ । लिगको फाइनल खेल आइतबार दिउँसो २ बजे हुदैछ । लिग विजेताले नगद ७५ हजार, उपविजेताले ४५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्ने पाँच विधाका खेलाडीलाई जनही ५ हजार प्रदान गरिने जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->