बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पौने ३ सयको निशुल्क मधुमेह र टिजी जाँच

पौने ३ सयको निशुल्क मधुमेह र टिजी जाँच


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ११ २०८१, शुक्रबार

पोखरा/पावरहाउस बजार व्यवस्थापन समितिको आयोजनामा पोखरा २९ र ३० का बासिन्दाको मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको छ ।
पोखरा ३० शिशुवामा रहेको युआरएल शिशुवा डायग्नोसिस प्रालिको प्राविधिक सहयोगमा बिहीबार भएको शिविरमा २ सय ७५ जनाको सित्तैमा जाँच गरिएको हो ।
पोखराको न्यूरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) र यसका शाखाहरुले विभिन्न संघ, संस्थासँगको सहकार्यमा आयोजना गरेको यो १ सय ७२ औं शिविर हो ।
कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह, टिजी जस्ता रोग नियन्त्रणमा राखे मानिस पूरै जीवन बाच्न सक्ने जनाउँदै हेलचेक्रयाइँ गरे ज्यानै जान सक्ने औंल्याए ।
संस्थाका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुकादेवी अधिकारी, समितिका वरिष्ठ सल्लाहकार शेरबहादुर गुरुङ,. उपाध्यक्ष राजेन्द्र पौडेल, सचिव विवेक बराललगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->