पोखरा/जिल्लाको आँधिखोला गाउँपालिकाको झण्डा विश्वकै सर्वोच्च शिखर सगरमाथा हिमालमा फहराइएको छ ।
आँधिखोला गाउँपालिका –२ चिलाउनेबासका ३६ वर्षीय सुरज पौडेलले सगरमाथा आरोहणमा सफलता हासिल गरेसँगै जन्मभूमि रहेको पालिकाको झण्डा सगरमाथा पुगेको हो ।
आरोहण सफलता पाएपछि सामाजिक सञ्जाल फेसबुकमा तस्वीर हालेसँगै पालिकाको झण्डा सगरमाथामा फहराएको थाहा भएको पालिका अध्यक्ष विश्व पौडेलले बताए ।
गत चैत २० गते शेर्पा एक्स्ट्रिम प्रालिमार्फत् सगरमाथा आरोहणमा गएका पौडेलले जेठ ७ गते बिहान १० बजेर २० मिनेटमा शिखर चुमेका थिए ।
सशस्त्र प्रहरी बल नेपालमा सेवारत प्रहरी निरीक्षक पौडेलले ससस्त्र प्रहरी बलकोसमेत झण्डा फहराएका थिए ।
सगरमाथा आरोहण गर्ने पौडेल आँधिखोला मात्र नभएर जिल्लाकै पहिलो व्यक्ति रहेका छन् । पौडेल सशस्त्र प्रहरीबाट सगरमाथा आरोहण गर्ने पहिलो पनि बनेका छन् ।
उनी २०६७ सालमा खुला प्रतिस्पर्धाबाट सशस्त्र प्रहरी निरीक्षक पदमा प्रवेश गरेका थिए ।
यसअघि पालिकाका कर्मचारी रोशन लामिछानेले मनाङको तिलिचोमा पाािलकाको झण्डा फहराएका थिए ।





