पोखरा / सरकारले गण्डकीका चारसहित पाँच जिल्लाका हिमाली भेगमा कस्तुरी लगायतका वन्यजन्तु पालनको लागि व्यावसायिक उत्पादन फर्म खोल्न दिने भएको छ।
मंगलबार प्रतिनिधि सभाको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो घोषणा गरेका हुन्।
निजी क्षेत्र र स्थानीय तहको सहभागितामा गण्डकीका म्याग्दी, मुस्ताङ, मनाङ र गोर्खा तथा बागमतीको धादिङ जिल्लाका हिमाली क्षेत्रमा कस्तुरी, मृग लगायतका वन्यजन्तु पालन गर्ने व्यावसायिक फर्म स्थापना गर्ने उद्देश्य राखिएको अर्थमन्त्री पुनले बताए ।





