सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

फाइनल खेल अगावै आयोजकलाई पहिलो संस्करणको ‘आदर्श कप’ पक्का (फोटो फिचरसहित)

फाइनल खेल अगावै आयोजकलाई पहिलो संस्करणको ‘आदर्श कप’ पक्का (फोटो फिचरसहित)


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १६ २०८१, बुधबार

बागलुङ/फाइनल खेल अगावै आयोजक आदर्श विद्यामन्दिर माविले पहिलो संस्करणको ‘आदर्श कप’ फुटबल प्रतियोगिताको उपाधि पक्का गरेको छ । बुधबार सम्पन्न सेमीफाइनल खेल जित्दै आयोजकका दुवै टोली फाइनलमा प्रवेश गरेका छन् । बिहिबार हुने दुई आयोजक टोली बीचको खेल प्रतिष्ठाको नभई केवल औपचारिकतामा सिमित हुने छ ।
बुधबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा अमर आदर्श माविविरुद्व ०–४ गोलको सानदार जित निकाल्दै आदर्श विद्यामन्दिर ‘पहेलो’ फाइनलमा पुगेको हो । क्वाटरफाइनलको खेलमा गुराँस विद्या सदनविरुद्व ट्राइबेकरमा कठिन जित निकालेको आदर्श विद्यामन्दिर ‘पहेलो’ले सेमीफाइनलमा अमर आदर्शविरुद्व उत्कृष्ट खेल प्रदर्शन गर्दै सानदार जित निकालेको हो ।
निकै प्रतिष्पर्धात्मक हुने अनुमान गरिएको खेलमा अमर आदर्शले कुनै जादु देखाउन सकेन । आदर्श ‘पहेलो’को जितका लागि सुझाव बानियाँले दुई गोलको योगदान गर्दा सुशिल पुन मगर र अभिषेक सापकोटाले एक÷एक गोल गरेका थिए ।
बुधबारै सम्पन्न सेमीफाइनलको दोस्रो खेलमा आयोजक आदर्श विद्यामन्दिर ‘सेतो’ले फ्युचर ब्राइटर माविमाथि १–० गोलको संघर्षपूर्ण जित निकाल्दै फाइनल यात्रा तय गरेको हो । आदर्श ‘सेतो’को जितमा सक्षम सापकोटाले खेलको १६ औं मिनेटमा निर्णायक गोल गरे । दोस्रो हाफमा खेल निकै प्रतिष्पर्धात्मक भएपनि दुवै टोलीले गोल गर्न भने सकेनन् ।
बिहिबार दिउँसो दुई बजे आयोजक आदर्शका दुई टोली ‘पहेलो’ र ‘सेतो’ बीच फाइनल खेल हुनेछ । फाइनल खेलमा पहिलो रोजाईका खेलाडिले भरिएको आदर्श ‘पहेलो’ दोस्रो रोजाईका खेलाडि सम्मिलित ‘सेतो’ माथि हाबी बन्न सक्ने अनुमान गरिएको छ । आदर्श ‘पहेलो’का खेलाडि सुझाव बानियाँ, सुनिल पुन मगर र अभिषेक सापकोटा उत्कृष्ट लयमा छन् ।
प्रतियोगिताको विजेताले नगद ६६ हजार ६ सय ६६ रुपैयाँ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडेल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडि, मिडफिल्डर, गोलरक्षक, डिफेन्डर, उच्च गोलकर्ता र वेष्ट स्ट्राइकरलाई विधागत रुपमा पुरस्कृत गरिने आयोजक आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबका अध्यक्ष राजेश केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->