सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

आइसिसी टि२० विश्वकप सुरु : अमेरिका ७ विकेटले विजयी

आइसिसी टि२० विश्वकप सुरु : अमेरिका ७ विकेटले विजयी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०८१, आइतबार

पोखरा /आइसिसी टि२० विश्वकप आजबाट सुरु भएको छ । वेष्ट इन्डिज र अमेरिकाको आयोजनामा  भएको विश्वकपको उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।

१९५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो । अमेरिकाले १९७ रन बनायो । अमेरिकाका लागि आरोन जोनेशले सर्वाधिक ९४ रनको उत्कृष्ट अविजित पारी खेले उनले ४० बलमा ४ चौका र १० छक्का प्रहार गरे ।

कोरे एन्ड्रोसन ३ रनमा अविजित रहे । ओपनर स्टेभन टेलोर शुुन्यमै पेभिलियन फर्र्किए । कप्तान मोनान्क पटेल १६रनमा क्याच आउट भए । उनले १६बलमा ४ चौका प्रहार गरे । एन्ड्रीज गोस ६५ रनमा क्याच आउट उनले ४६बलमा ७ चौका र ३ छक्का ।

क्यानडाका लागि क्लेम साना, डिलोन ह्यालिगर र निखिल दत्तले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर व्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनायो । क्यानडाका लागि आरोन जोनसोनले२३ रन जोडे ।

उनले १६बलमा ५ चौका प्रहार गरे । नाभनिट धलिवालले ६१ रनको उत्कष्ट पारी खेले उनले ४४ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै क्याचआउट भए । प्रगात सिंह ५ रनमा रनआउट भए ।

निकोलस किर्टोनले ५१ रनको योगदान दिए । ३१ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै क्याचआउट भए । श्रेयर्स मोभ्भा ३२ रनमा अविजित रहे । उनले २ चौका र २ छक्का प्रहार गरे । दिलप्रित बाज्वा ११ रनमा रनआउट भए । दिलोन हेलिगर १ रनमा नटआउट रहे ।

अमेरिकाका लागि हार्मीत सिंह, अलि खान र कारे एन्ड्रोसनले समान १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->