सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

एनभिए भलिबल लिग: गण्डकीको लगातार दोस्रो जित

एनभिए भलिबल लिग: गण्डकीको लगातार दोस्रो जित


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०८१, आइतबार

पोखरा /काठमाडौंमा जारी आठौं पिएम एनभिए भलिबल लिगमा गण्डकी प्रदेशको पुरुषटिमले लगातार दोस्रो जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्ड हलमा भएको आफ्नो दोस्रो खेलमा सुदुरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै गण्डकीले दोस्रो जित हासिल गरेको हो ।

पहिलो सेट २५-२२ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेटपनि २५-२२ र तेस्रो सेटमा २५-१८ को जित निकाल्यो ।

शनिबार गण्डकीले एपिएफमाथि ३-१ को जित हासिल गरेको थियो । गण्डकीले २५-२२, १९–२५, २५-२० र २५-१९ को सेटमा जित हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->