बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

तस्बिरमा हेर्नुस् जुग्जा खोलादेखि निसी गाउँको सेरोफेरो

तस्बिरमा हेर्नुस् जुग्जा खोलादेखि निसी गाउँको सेरोफेरो


  • रामकृष्ण बोहरा
  • जेष्ठ २३ २०८१, बुधबार

बागलुङका १० स्थानीय तह मध्येको एक निसीखोला गाउँपालिका साविकका ४ गाविस देवीस्थान, बोहोरागाउँ, निसी र राजकुत मिलेर ७ वटा वडाको गाउँपालिका बनेको छ । कुनै समय अति विकटमा सूचिकृत निसीखोलालाई मध्यपहाडी लोकमार्गले छिचोलेपछि सुगम बन्दै गएको छ । सडक संजालले देविस्थान, जुग्जाखोला, झिँवाखोला, निसीगाउँ र भल्कोटमा बजार विस्तार हुने क्रम दु्रतगतिमा चलिरहेको छ ।

२०६४ मा निसी गाउँ मध्यपहाडी लोकमार्गसंग जोडिएको थियो । निसीखोलाबासीको मुख्य पेशा कृषि र पशुपालन हो । राष्ट्रिय राजमार्गसंग विकट गाउँहरु जोडिन थालेपछि सडक छेउमा व्यापार गर्नेहरुको संख्या बढ्दै गएको छ । त्यहाँ उत्पादित कृषि उपजले सहज बजार पाउन थालेका छन् । पशुपालनसंगै आलु र भाँगो निसीखोलाको प्रमुख उत्पादन हो । धान र मकै खेती त्यहाँका रैथाने खाद्यन्न बाली हुन् । हिजो निर्वाहमुखी खेतीपाती र पशुपालन गरेर जिविकोपार्जन गरिरहेका निसीखोलाबासी अहिले व्यवसायिक उद्यममा जोडिएका छन् । मध्यपहाडी लोकमार्ग आसपास प्लाष्टिक टनेलहरुमा तरकारी खेती गर्ने क्रम बढिरहेको छ । व्यवसायिक पशुपालनदेखि होटल व्यवसाय र घरबासले पर्यटन क्षेत्र फस्टाएको छ ।

मगर खाम भाषा बोल्ने स्थानीयको आफ्नै परम्परा छ । आफ्नै भाषा, भेषभुषा र संस्कृतिका धनी निसीखोलाबासीलाई आयआर्जनसंग जोड्न गाउँपालिकाले साथ दिएको छ । आधुनिक कृषि, जडिबुटी, पर्यटन, पशुपालन, साना तथा मझौला उद्योगहरू विकासका सम्भाव्यताका क्षेत्रहरू निसीखोलामा छन् । उच्च शिक्षा र आधारभूत स्वास्थ्य सेवा लिन बुर्तिवाङ, बागलुङ बजारहुँदै देशका ठुला शहरमा धाउनुपर्ने बाध्यताको अहिले अन्त्य भएको छ । गाउँ गाउँमा सुविधासम्पन्न भवनमा उच्च शिक्षाको पढाईसंगै अस्पताल खुल्ने क्रम पनि चलिरहेको छ । राज्यबाट प्रवाह हुने सेवा सुविधामा निसीखोलाबासीले हिजोभन्दा आज केही राहत महशुश गर्न पाएका छन् । उद्यपी निसीखोला क्षेत्रमा राज्यले आफ्नो बलियो उपस्थिति देखाउन थुप्रै कामहरु भने गर्न बाँकी नै छ । विद्युतको केन्द्रिय प्रशारण लाइन विस्तारसंगै सञ्चार क्षेत्रमा हेपिएको निसीखोलामा मानवीय विकासको खाँचो पनि उत्तिकै छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->