सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गण्डकी प्रदेशस्तरीय यूू–१५ छनोट सम्पन्न

गण्डकी प्रदेशस्तरीय यूू–१५ छनोट सम्पन्न


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०८१, शुक्रबार

पोखरा/यू–१५ विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता पोखरामा सम्पन्न भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न खेलका ७६ जना खेलाडीहरु छनोट भएका हुन् । राष्ट्रियस्तरको यू–१५ विद्यालय खेलकुद प्रतियोगिता यही जेठ ३० र ३१ गते पोखरामा आयोजना हुँदैछ ।
एथलेटिक्सतर्फ १०० मि, २०० मि, ४०० मि, ८०० मिटर दौड, सटपुट, लङ्गजम्प, र रिले दौडका लागि ६ छात्र र ६ जना छात्रा गरी १२ खेलाडी छनोट भएका छन् ।
छनोट भएका एथलेटिक्स खेलाडीहरुमा राज गुरुङ (लमजुङ), स्पिन पौडेल (पर्वत), गणेश श्रेष्ठ (पर्वत), अभिशेष थनेट (नवलपुर), अंकित रानाभाट (तनहुँ) र सुशन बोटे (नवलपुर) रहेका छन् । छात्रातर्फ कन्चन भण्डारी (म्याग्दी), सुजाता कुमाल कास्की, जुना सरु मगर (स्याङजा), अञ्जली अधिकारी (कास्की), अनुष्का अधिकारी (कास्की) र आरती बिक (नवलपुर) रहेका छन् ।


बास्केटबलका लागि छात्रतर्फ १० र छात्रातर्फ १० गरी २० खेलाडी छनोट भएका छन् । छात्रतर्फ हिराजङ घले, अविनाश पुर्जा, सुयोग बाँनिया, रिदम खाँड, प्रशान्त तिमिल्सिना, शौभाग्य पुन, विजन घले, आशिष पुन, सज्जन तिलिजा र लेनिश मल्ल रहेका छन् । छात्रातर्फ सरगम केसी, जेनिशा पाण्डे, जेनियम श्रेष्ठ, आवृती बराल, क्यारोल श्रेष्ठ, इशिता श्रेष्ठ, आकृती गुरुङ, रिमा सिञ्जाली मगर, स्नेहा श्रेष्ठ र एलिशा गुरुङ रहेका छन् । ब्याडमिन्टन छात्र÷छात्रातर्फ ४–४ जना गरी कुल ८ खेलाडी छनौट भएका छन् । छात्र व्यामिन्टनतर्फ सफल श्रेष्ठ (तनहुँ), अमृत थापा (कास्की), गेजराज कार्की (कास्की) र नेल्सन गुरुङ (तनहुँ) रहेका छन् भने बैकल्पिक खेलाडीमा सक्षम गुरुङ (लमजुङ) रहेका छन् । छात्रातर्फ दिलाशा राना (तनहुँ), शेरेन प्रधानाङ्ग (कास्की), खुसी दाहाल (कास्की), समृद्धि श्रेष्ठ (गोरखा) र बैकल्पिक खेलाडीमा प्रतिक्षा शर्मा (कास्की) रहेका छन् ।
बुद्धिचाल छात्रतर्फ ४ र छात्रातर्फ ४ गरी कुल ८ खेलाडी छनौट भएका छन् । छात्रतर्फ विद्यान श्रेष्ठ (स्याङजा), सवृश श्रेष्ठ (तनहुँ), खुसीराज सिउथाना (कास्की) र कुशल रम्तेल (गोरखा) रहेका छन् भने छात्रातर्फ खसी आचार्य (कास्की), उज्विनी कँडेल (नवलपुर), आयूषा क्षेत्री (स्याङजा) र विनिता गुरुङ (कास्की) रहेका छन् ।
पहिलो पटक आयोजना हुन लागेको विद्यालय यू–१५ प्रतियोगिताको उद्घाटन जेठ ३० गते हुनेछ । प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ६ सय ३० जनाको सहभागिता हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->