सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बास्केटबलमा गण्डकीको विजयी सुरुवात

बास्केटबलमा गण्डकीको विजयी सुरुवात


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०८१, बुधबार

पोखरा/पोखरा रङ्गशालामा सुरु भएको ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्र्तगत बास्केटबलमा गण्डकीले छात्र÷छात्रा तर्फ विजयी सुरुवात गरेको छ । छात्रा तर्फको पहिलो खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई २३–६ २३ स्कोरले पाखा लगायो । गण्डकीको जितमा जेनियम श्रेष्ठले ६ स्कोर गरे ।
छात्र तर्फको खेलमा गण्डकीले जित हासिल गरेको छ । गण्डकीले लुम्बिनी प्रदेशलाई ४५–२७ को स्कोरले पराजित गरेको हो । गण्डकीको जितमा सौभाग्य पुनले १९ स्कोरको योगदान दिए ।
दोश्रो खेलमा कर्णाली प्रदेशले मधशा प्रदेशलाई १९–४ को स्कोरमा हराउँदा कर्णालीका सृजना बडुवालले १५ स्कोरको योगदान दिए । छात्रतर्फ भएको खेलमा प्रिन्स कुसुवाको १८ स्कोरको मद्धतले मधेश प्रदेशले कर्णाली प्रदेशलाई ३१–२९ स्कोरले पराजित गरेको छ ।
आज लिग चरणका खेलहरु पोखरा रंगशालाको बास्केटवल कोर्ट र पोखरा रामघाटमा रहेको पुन समाज पोखराको बास्केटवल कोर्टमा जारी रहेका छन् । प्रतियोगितामा छात्रातर्फ सुदुर पश्चिम प्रदेशबाहेक अन्य ६ प्रदेश र छात्रतर्फ ७ प्रदेशको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->