सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बास्केटवलमा लिग चरणका खेल सकिँदा गण्डकी सेमिफाइनलमा प्रबेश

बास्केटवलमा लिग चरणका खेल सकिँदा गण्डकी सेमिफाइनलमा प्रबेश

यू–१५ विद्यालय खेलकुद प्रतियोगिता


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३१ २०८१, बिहिबार

पोखरा/पोखरामा जारीे ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्र्तगत बास्केटवल खेलको लिग चरणका खेलहरु सम्पन्न भएका छन् । पोखरा रंगशालाको बास्केटबल कोर्ट र पोखरा रामघाटमा रहेको पुन समाज पोखराको बास्केटवल कोर्टमा हिजो र आज बिहान गरी लिग चरणका खेलहरु सम्पन्न भएको रेफ्रि संयोजक सुनिल लामाले जानकारी दिए ।
छात्र तथा छात्रा तर्फको सेमिफाइनल र फाइनल खेल नै आजै हुने भएको छ । छात्रा तर्फको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेश र कर्णाली प्रदेश बिच हुने भएको छ भने दोश्रो सेमिफाइनल खेलमा बागमती प्रदेश र कोशी प्रदेशबीच खेल हुने छ । उक्त खेल पुन समाज पोखराको बास्केटवल कोर्टमा हुने छ ।
त्यसैगरी, छात्र तर्फको खेलमा गण्डकी र मधेश प्रदेशबीच पहिलो खेल हुने भएको छ । दोश्रोमा बागमतीले कोशी प्रदेशसंग फाइनल यात्राको लागि भिड्ने भएको हो । उक्त खेलसहित फाइनल खेल पोखरा रंगशालाको बास्केटवल कोर्टमा हुने भएको बास्केटवल संघ गण्डकीका महासचिव बिष्णु गुरुङले बताए ।
छात्रतर्फ आज भएको लिग चरणको खेलमा मधेश प्रदेशले सुदुर पश्चिम प्रदेशलाई २५–७ को स्कोरले पराजित गर्यो । अर्को खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई २४–१८ को स्कोरले पन्छायो । बागमती प्रदेशले मधेश प्रदेशलाई ३५–२३ को स्कोरले पराजित गर्दा अर्काे खेलमा कर्णाली प्रदेशले सुदुर पश्चिम प्रदेशलाई १९–१० को स्कोरले पराजित गर्यो ।
त्यसैगरी, छात्रा तर्फको आज भएको लिग चरणको खेलमा गण्डकीले कोशी प्रदेशलाई ११–२ को स्कोरले पराजित गर्यो । अर्को खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई २६–१८ को स्कोरले पराजित गर्यो । अर्काे खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई १०–४ को स्कोरले पराजित गर्यो । उक्त प्रतियोगितामा छात्रातर्फ सुदुर पश्चिमबाहेक ६ प्रदेश र छात्रतर्फ भने ७ वटै प्रदेशको सहभागिता रहेको प्रदेश खेलकुद परिषद, गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->