शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अवैध क्रसरमा शिल

अवैध क्रसरमा शिल


  • ढोरपाटन संवाददाता
  • असार २ २०८१, शनिबार

स्याङ्जा/भीरकोट नगरपालिका १ मा रहेको अवैद्य क्रसरमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले शिलबन्दी गरेको छ ।
प्रशासनले बजार अनुगमनका क्रममा भीरकोट खेलमैदानको नजिकै रहेको भुसाल इन्टरप्राइजेज नाम रहेको क्रसरमा शिलबन्दी गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा खटिएको प्रशासनको अनुगमन टोलीले क्रसरको स्थलगत अनुगमन गरेपछि अबैद्य देखिएपछि शिल गरेको हो ।
उनले अनुगमनका क्रममा दर्ता नगरी सञ्चालन गरी पाइएकाले शिलबन्दी गरिएको बताए ।
क्रसर उद्योग एक बर्ष पहिलाबाट यहाँ सञ्चालनमा आएको थियो भने गिट्टी र बालुला बनाएर बिक्री हुँदै आएको थियो ।
आफू निर्माण ब्यवसायी भएकाले पूर्वाधार बिकास कार्यालयसँग समन्वय गरेर क्रसर चलाएको बताउँदै क्रसर सञ्चालक राम प्रदा भुसालले पालिकामा दर्ता गर्न खोज्दा नगरेकोजिकिर गरे ।
पालिकाले नै गैर ढंगले क्रसर चलाएर बिक्री बितरण गरेको बताउँदै भुसालले प्रशासनले त्यसलाई नहेरी चुपचाप बसेको आरोप लगाए ।
जिल्ला प्रशासनको अनुगमन टोलीले गल्याङ बजारमा रहेको फार्मेसी, होटल र किराना पसल समेत अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा बिल बिजक जारी नगरी कारोबार गर्ने सेवा हेल्थ केयर सेन्टरलाई १० हजार जरिवाना गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->