
काठमाडौं/आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको तेसो खेलमा नेपाल टेस्ट टोली दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । ब्याटिङमा कमजोर प्रदर्शन गरेपछि नेपालले जित नजिक पुगेर पनि नतिजा सुम्पिएको हो । यस हारसँगै समूह ‘डी’ मा रहेको नेपाल विश्वकपबाट बाहिरिएको छ ।
सेन्ट भिन्सेन्टस्थित किङ्सटाउन स्टेडियमा शनिबार बिहान भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई कडा चुनौती दयो । तर अन्तिममा नेपाली ब्याट्सम्यानले लय गुमाए ।
जसले गर्दा नेपालले बलियो टेस्ट टोलीमाथि पहिलो पटक ऐतिहासिक जित निकाल्ने मौका गुमायो । सुपर आठमा पुग्न नेपाललाई दक्षिण अफ्रिका पन्छाउनु पर्ने बाध्यता थियो । नेपालले अब समूहको अन्तिम खेल सोमबार बङ्गलादेशसँग खेल्नेछ ।
जितका लागि एक सय १६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय १४ रन मात्र बनाउन सक्यो ।





