बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

दानाका घरदैलोमा स्वास्थ्य सेवा दिन औषधी वितरण

दानाका घरदैलोमा स्वास्थ्य सेवा दिन औषधी वितरण


  • ढोरपाटन संवाददाता
  • असार ३ २०८१, आइतबार

म्याग्दी/जिल्लाको अन्नपूर्ण गाउँपालिका–३, दानाका स्वास्थ्यकर्मीलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन प्राथमिक उपचारको औषधी वितरण गरिएको छ ।
वडाभित्र बसोबास गर्नेलाई घरदैलो स्वास्थ चेकजाँचमा सहज हुने गरी समाजसेवी एवम् शिक्षा विकास अक्षयकोषका अध्यक्ष कृष्ण तुलाचनले विश्व स्वास्थ्य संगठनको मापदण्डमा पर्ने औषधिसहित उपकरणहरु दाना स्वास्थ्य चौकीकी अहेव जानकी घर्तीलाई हस्तान्तरण गरेका थिए ।
सामान्य बिरामी अवस्थामा स्वास्थ्य चौकीसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न घरदैलोमै पुगेर सेवा दिन दाना स्वास्थ्य चौकीमा कार्यरत ६ जना स्वास्थ्यकर्मीलाई नै यो साम्रागी उपलब्ध गराउने समाजसेवी तुलाचनको भनाई छ ।
सोही अवसरमा दानाका वडा अध्यक्ष रमेश पूर्जाले फरक क्षमता भएका, ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका, गर्भवती तथा सुत्केरी महिला र स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेकालाई घरदैलोमै पुगेर सेवा दिन सहज हुने बताए ।
घरदैलोमा पुगेर बिरामीको स्वास्थ्य जाँच साथै अन्य स्वास्थ्य सम्बन्धी परामर्शसमेत दिन सहयोगदाताले थप सहयोगको प्रतिबद्धता समेत जनाएकाले आगामी आवदेखि बस्तीस्तरमा स्वास्थ्यकर्मीको टोली सहित पुग्न सहज हुने वडा कार्यालयले जनाएको छ । घरआँगनमै स्थानीय सरकार आएको थप अनुभूति गर्न पाउने ज्ञानप्रकाश माविका प्रधानाध्यापक शान्तबहादुर नेपालीको भनाई छ ।
दानामा समाजसेवी तुलाचनले शिक्षा, स्वास्थ्य, सांस्कृतिक तथा धार्मिक क्षेत्रलगायत पर्यटन प्रर्बधनमा समेत निरन्तर सहयोग गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->