बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बजेट अभाव र जनशक्ति व्यवस्थापन नहुँदा ३ वर्षदेखि अस्पतालको भवन अलपत्र

बजेट अभाव र जनशक्ति व्यवस्थापन नहुँदा ३ वर्षदेखि अस्पतालको भवन अलपत्र


  • ढोरपाटन संवाददाता
  • असार १० २०८१, आइतबार

म्याग्दी/उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१,दोवामा तीनबर्ष अगाडी निर्माण सम्पन्न भएको ५ सैयाको पालिकास्तरीय अस्पतालको भवन अलपत्र परेको छ ।
संघीय सरकारले सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उद्देश्यले स्थानीयबासीले जग्गादान दिएर समयमै निर्माणसम्पन्न भएको भवनको बाहिरको भागमा झार तथा बुट्यान पलाएको छ । म्याग्दीका अन्य पालिकामा योजना नै अलपत्र परेको अवस्थामा दोवामा निर्धारित समयमै अस्पताल भवन सम्पन्न भएपनि अहिले बजेट अभाव र जनशक्ती ब्यवस्थापन नहुदाँ अस्पताल प्रयोगमा आउन सकेको छैन ।
अस्पाल भवनमात्रै सम्पन्न भएको छ भने उपकरण, चिकित्सक सहितको जनशक्ती ब्यवस्थापनमा तीनै तहको सरकारको ध्यान नपुगेको वडा सदस्य गोविन चोचाङ्घीले बताए । ‘भबन बनेको धेरै भयो, सरकारी निकायले नै चासो देखाएको छैन’ चोचाङ्घीले भने ।
१२ रोपनी सात आना दुई दाम क्षेत्रफल रहेको अस्पतालमा अपाङ्गमैत्री भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डार कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवास सहित ३५ वटा कोठा रहेको छ । भवनको तल्लो तलामा विभिन्न उपचार कक्ष राखिने छ भने माथिल्लो तलाका केही कोठा चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवासको रुपमा प्रयोग गरिने छ ।
भवन निर्माणका लागि २०७८ वैशाख १७ गते रविना–अमित जेभीसँग पाँच करोड १२ लाख ६० हजार छ सय ५२ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । अस्पताल निर्माण गर्न अमरबहादुर गर्बुजाले पाँच रोपनी चार आना, कर्णबहादुर पुर्जाले दुई रोपनी दुई आना, नौप्रसाद पुर्जाले एक रोपनी तीन पैसा, गमबहादुर गर्बुजाले एक रोपनी १० आना, यादवबहादुर गर्बुजाले एक रोपनी आठ आना, घमती पुर्जाले १३ आना, र टीकाबहादुर पुर्जाले साढे दुई आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।
५ शैया क्षमताको भूकम्प प्रतिरोधी भवन निर्माण भएपनि प्रदेश र संघीय सरकारले आवश्यक स्रोत सहितको जनशक्ती ब्यवस्थापन गर्न नसकेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए । अस्पताल सञ्चालनमा आएपछि दोबाबासीलाई उपचारमा सहज हुने भएपनि पालिकाका अन्य वडाबासीलाई सहजतका लागि बेनी–पोखरेबगर सडकबाट दोवा जोड्ने ग्रामिण सडकमा ढलान, कालोपत्रे सहितको स्तरोउन्नती आवश्यक देखिएको छ ।
म्याग्दीको मंगला, धवलागिरीमा निर्माणधिन अवस्थामै रहेको र रघुगंगा गाउँपालिकामा जग्गा सहितको प्राविधिक पक्षमा ढिलासुस्तीका कारण अलपत्र परेको छ । स्थानीय तहले ठेकेदारलाई ताकेता गर्दा समेत भवन समयमै सम्पन्न हुन सकेको छैन भने बनेका भवन नै प्रयोगमा नआउँदा स्थानीयबासी आक्रोशित छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->