बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बडिगाड गाउँपालिकाको १५ औं गाउँसभामा अध्यक्ष श्री गण्डकी थापा अधिकारीद्धारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम

बडिगाड गाउँपालिकाको १५ औं गाउँसभामा अध्यक्ष श्री गण्डकी थापा अधिकारीद्धारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम


  • Dhorpatan News
  • असार १२ २०८१, मंगलबार

बडिगाड गाउँपालिकाको १५ औं गाउँसभामा उपस्थित उपाध्यक्ष ज्यू, प्रमुख प्रशासकिय अधिकृत ज्यू, वडा अध्यक्ष ज्यूहरु, गाउँसभाका सम्पूर्ण सदस्य ज्यूहरु, राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षाकर्मी, पत्रकार एवं फेसबुक पेज तथा रेडियोबाट यस कार्यक्रमको देश विदेशबाट प्रत्यक्ष प्रशारण सुनिरहनुभएका तथा हेरिरहनुभएका सम्पूर्ण बडिगाडबासी आमाबुबा, दाजुभाई तथा दिदिबहिनिहरुमा हार्दिक स्वागत एवं नमस्कार प्रकट गर्दछु ।
नेपाली जनताको लामो त्याग र बलिदानबाट प्राप्त सङ्घिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था बमोजिम गठन भएको बडिगाड गाउँपालिका गाउँ सभाको १५ औं अधिवेशनमा गाउँपालिकाको अध्यक्षको हैसियतले सम्मानित गाउँ सभामा सम्बोधन गरी आफू निर्वाचित भए पश्चात तेस्रो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा खुसी लागेको छ ।
यस अवसरमा म सर्वप्रथम नेपाल राष्ट्रको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना एवम् मुलुकको सर्वाङ्गिण विकास, समृद्धि र अग्रगमनका लागि विभिन्न समयमा भएका राजनीतिक क्रान्ति, सशस्त्र सङ्घर्ष एवम् आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सहिदहरुप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दछु भने देशमा राजनीतिक एवम् सामाजिक परिवर्तनका लागि नेतृत्व प्रदान गर्नुहुने सम्पूर्ण राजनीतिक दल, नेतागण एवम् सम्पूर्ण नेपालीहरुमा हार्दिक कृतज्ञत्ता प्रकट गर्दछु । साथै बडिगाड गाउँपालिका निर्माणमा महत्वपूर्ण भूमिका निर्माण गर्नुहुने सम्पूर्ण महानुभावहरुमा समेत हार्दिक धन्यवाद एवम् आभार प्रकट गर्दछु ।

सभाका सदस्यज्यूहरु,
नेपालको संविधान २०७२ जारी भएपश्चात् समपन्न स्रो स्थानीय निर्बाचनपछि दोस्रो कार्यकालका लागि हामी निर्वाचित भएका हौं र यही सभा मार्फत हामीलाई मतदान गरी बडिगाडवासीको सेवक बन्ने अवसर दिनुभएकोमा सम्पूर्ण मतदाताहरु प्रती समेत हार्दिक सम्मान प्रकट गर्दछु । दोस्रो आम निर्वाचनपछि स्थानीय सरकार स्थिर भएत्ता पनि सङ्घीय र प्रदेश सरकारमा फेरवदल भईरहनुले आज प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राजनीतिक, सामाजिक र आर्थिक वातावरणमा खलवल हुन पुगेको छ भने दिनप्रति दिन सङ्घीयता प्रति आम जनसमुदायको विश्वास गुम्दै जानुका साथै मानिसहरुको सोचाई नकारात्मक बन्दै गईरहेको छ । तसर्थ संविधान र संङ्घीयताको कार्यान्वयनका लागि स्थानीय सरकारको महत्वपूर्ण भुमिका रहेको कुरा समेत म यस सम्मानित सभामा जानकारी गराउन चाहान्छु ।यतिबेला हामीहरु आर्थिक बर्ष २०८०÷०८१ को बजेट तथा कार्यक्रम कार्यान्वयनको अन्तिम चरणमा छौं तर संघ र प्रदेशबाट प्राप्त हुने समानिकरण र राजश्व बाँडफाँडको रकम यस गाउँपालिकामा प्राप्त नहुँदा आम समुदायलाई प्रत्यक्ष रुपमा असर र असुविधा भएको छ । अझै पनि करिव ६० वटा आयोजनाहरुको भुक्तानी दिनुपर्ने अवस्था छ तर गाउँपालिकाको खातामा रकम शून्य हुँदा उपभोक्ता समितिहरुलाई तपाईको भुक्तानी अर्को आर्थिक बर्षमा हुन्छ भन्दै फर्काउनुपर्ने अवस्था सिर्जना भएको छ भने अब निर्माण हुने बजेट तथा कार्यक्रमको समेत अवस्था के हुने हो भन्ने स्थिति समेत सिर्जना भएको छ ।

सभाका सदस्यज्यूहरु,
आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रमको मुख्य लक्ष्य ‘समृद्ध बडिगाडः खुशी बडिगाडवासी’ रहेको थियो र यस आर्थिक बर्षमा समेत सोही लक्ष्य राखिएको म यस सम्मानित सभामा जानकारी गराउँदछु । गाउँपालिकाको आन्तरिक आम्दानी, अन्तर सरकारी विक्त हस्तान्तरण र राजश्व बाँडफाँड तथा रोयल्टी रकमलाई यथार्थ विश्लेषण गरी समय सापेक्षित नीति तथा कार्यक्रम तय गरिएको छ । देशको अर्थतन्त्रको अवस्था र गाउँपालिकाको आम्दानीलाई मध्यनजर गरी बजेटको सिलिङ तयार पारिनेछ भने आगामी आर्थिक वर्षमा चालु आर्थिक वर्षको भन्दा वडा स्तरको बजेट सिलिङ कम हुनेछ । चालु आर्थिक वर्षका अधुरा योजनाहरुलाई सम्पन्न गर्नमा जोड गरिनेछ भने संघ र प्रदेशबाट समपूरकका रुपमा आउने योजनाहरुका लागि आवाश्यक बजेट विनियोजन गरी प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ । बालमैत्री, पोषणमैत्री, वातावरणमैत्री, लक्षितवर्गमैत्री, स्थानिय शासनमैत्री, दिगो विकास र विकासका साझा सवालहरुलाई समेत नीति तथा कार्यक्रममा प्रथामिकतामा राखी सकारात्क सोच सहित भौतिकमा मात्र नभई मानव विकासमा समेत आर्थिक लगानी गरिने कुरा सभासमक्ष जानकारी बनाउँदै अब म आर्थिक बर्ष २०८१÷०८२ को विषयगत रुपमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु ।

क. सुशासन तथा संस्थागत विकास
‘जनप्रतिनिध शासक होईन, जनताको सेवक हुन्’ भन्ने मान्यतामा आधारित जनउत्तरदायी, पारदर्शी, मेहनती र सहयोगी संयन्त्रबाट नै बडिगाडवासीको मुख्य लक्ष्य ‘समृद्ध बडिगाडः खुशी बडिगाडबासी’ प्राप्त गर्न सकिन्छ भने ‘भ्रष्टाचारमा शून्य सहनशिलता, सुशासनको प्रतिवद्धत्ता’ भन्ने नारालाई सार्थक बनाउन सकिन्छ । साथै गाउँपालिकाको संयन्त्रलाई जनमुखी बनाई नागरिकको अपेक्षा अनुरुप छिटोछरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकलाई सुखद् अनुभूति दिलाउँदै बडिगाडमा सुशासन कायम गर्न प्रतिबद्ध छौं ।
–सेवाको वरिपरि जनता होइन जनताको वरिपरि सेवा भन्ने अवधारणालाई आत्मसाथ गर्दै गाउँपालिकामा स्थापित नागरिक सहायता कक्षलाई थप व्यवस्थित बनाईनेछ भने फोटोकपी लगायत अन्य न्युनतम समस्यहरु सहजीकरण र सहयोग गाउँपालिकाबटनै गरिनेछ ।
–बडिगाड गाउँपालिकाको प्रशासनिक तथा विकासात्मक गतिविधिलाई सुशासनमैत्री बनाउनका लागी मध्यकालीन खर्च संरचना गाउँपालिका यातायात नगरबस गुरुयोजना वातावरण व्यवस्थापन योजना स्थानीय पूर्वाधार विकास योजना समाजिक विकास योजना बालमैत्री गाउँपालिका योजना पोषणमैत्री गाउँपालिका योजनाहरु मध्येसञ्चालनमा रहेकालाई थप व्यवस्थित गरिनेछ भने संचालनमा नरहेकालाई निर्माण गरी कार्यान्वयनमा ल्याईनेछ ।
–गाउँपालिका र मातहतका निकायबाट हुने सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन सेवाको मापदण्ड क्इए तयार गरी कार्यान्वयनमा ल्याईनेछ ।
–गाउँकार्यपालिकाको कार्यालय र मातहतका निकायबाट सम्पादन भएका कार्यहरुको विवरण भ दगििभतष्ल मार्फत त्रैमासिक रुपमा प्रवाह गर्ने कार्यको सुरुवात गरिनेछ ।
–नागरिकमैत्री सेवाप्रवाहका लागि गाउँकार्यपालिकाको कार्यालय वडा कार्यालय स्वास्थ्य संस्था र विधालयहरुमा क्रमश विधुतीय हाजिरीको व्यवस्था गरी डिजिटल अभिलेख राख्ने व्यवस्था मिलाईनेछ ।
–गाउँपालिकाको जिन्सी व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउन सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (एब्ःक्) लाई व्यवस्थिन बनाईनेछ भने वार्षिक खरिद योजना तयार गरी लागु गरिनेछ ।
–वडा कार्यालयहरुको नागरीक वडापत्रहरुलाई थप व्यवस्थित गरिनेछ भने गाउँपालिकामा डिजिटल नागरिक वडापत्रको व्यवस्था गरिनेछ ।
–आम नागरिकले गाउँपालिका प्रतिको सेवाप्रवाहको विषयमा सुझाव सल्लाह प्रतिक्रिया समर्थन तथा गुनासो प्रकट गर्ने माध्यमको रुपमा सञ्चालनमा रहेको हेल्लो बडिगाड कार्यक्रमलाई थप व्यवस्थित गरिनेछ ।
–जनप्रतिनिधि कर्मचारी र आम बडिगाडवासीको बिचमा सकारात्मक सम्बन्ध स्थापित गर्नका लागी ब्रेन स्ट्रमिङ्ग मोटिभेसन लतालिमको व्यवस्था गरिनेछ ।
–गाउँपालिकाले निर्माण गरेको डिजिटल प्रोफाइललाई व्यवस्थित बनाई वास्तविक वस्तुस्थितिको आधारमा योजना तथा कार्यक्रम तर्जुमा गरिनेछ ।
–सामाजिक परीक्षण सार्वजनिक सुनुवाई कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ साथै वडा स्तरमा समेत सार्वजनिक सुनुवाई कार्यक्रमको व्यवस्था गरिनेछ ।
–प्रत्येक वडा कार्यालयहरुमा राजश्व सङ्कलन कार्यलाई अनलाईनमार्फत व्यवस्थित गरिनेछ ।
–सामाजिक सुरक्षा भत्ता नलिने भनी स्वघोषणा गर्ने लाभग्राहीलाई सम्मान गरिनेछ भने रजश्वमा छुटको व्यवस्था मिलाईनेछ ।
–योजनाहरुको कार्यान्वयन पक्षलाई थप बलियो र असारे विकासको अन्त्य गर्नका लागि योजना सम्झौता समयमै गरी समयमै कार्यसम्पन्न गर्ने व्यवस्था मिलाईनेछ भने आर्थिक बर्ष २०८१÷०८२ देखी उपभोक्ता समितिहरुका लागि योजना किताव उपलब्ध बनाईनेछ ।
–गाउँपालिकाको वित्तीय व्यवस्थापनमा सुधार ल्याउनका लागि शून्य बेरुजुको अवधारणा अनुसार बेरुजु फछ्र्यौट कार्यलाई प्रभावकारी बनाईनेछ भने सार्बजनिक खर्चमा मितव्ययिता कायम गरिनेछ ।
–सञ्चारकर्मीसँग बडिगाड गाउँपालिका कार्यक्रममार्फत बडिगाड गतिविधि कार्यक्रम संचालन गरिनुका साथै गाउँपालिकाको बृहतर बिकास र हितका लागि योगदान दिएका सञ्चारकर्मीहरुको मनोबल उच्च बनाउन प्रोत्साहित गरिनेछ भने पत्रकारिताको क्षमता अभिवृद्धि तथा नयाँ पत्रकार उत्पादनका लागि आधारभूत तलिमको व्यवस्था गरिनेछ ।
–जनप्रतिनिधि र कर्मचारीलाई अन्य स्थानीय तहको अनुकरणीय कार्य हेर्न अवलोकन भ्रमणको आयोजना गरिनेछ ।
–न्यायिक कार्यसम्पादनलाई प्रभावकारी बनाउनका लागि वडास्तरमा भएका मेलमिलाप केन्द्रलाई थप व्यवस्थित गरिनेछ भने मेलमिलापकर्ताका लागि क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेछ ।
–गाउँपालिकाबाट सञ्चालित योजना तथा कार्यक्रमको अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाईनेछ भने संघ प्रदेश र गाउँपालिकाबाट हुने विकासनिर्माणको कार्यमा गुणस्तर कायम गर्न संयुक्त अनुगमनको व्यवस्था मिलाइनेछ ।
–सेवा प्रवाहप्रतिको नागरिकको धारणा बुझी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सेवासन्तुष्टि सर्वेक्षण कार्यको थालनी गरिनेछ ।
–बडिगाड गाउँपालिकासँग सिमाना जोडिएका छिमेकी जिल्ला तथा स्थानिय तहसँग सल्लाह गरी नापी विभागको समन्वयमा सिमा क्षेत्र छुट्याईनेछ ।
–नागरिकको भूमिमाथिको पहुँच सुनिश्चित गर्दै भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुका लागि भूमिआयोगको समन्वयमा जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने प्रकृयालाई निरन्तरत्ता दिईनेछ ।
–जनतासँग गाउँपालिका अध्यक्ष कार्यक्रम मार्फत गाउँपालिकाका सबै वडाहरुमा पुगी सेवा प्रवाह विकास निर्माण लागायतका विषयहरुमा जनतासँग समयसमयमा साक्षात्कार गरिनेछ ।
–ब्यत्तिगत घटनादर्ता सप्ताह कार्यक्रम सञ्चालन गरी ब्यत्तिगत घटनादर्ता र समाजिक सुरक्षाको सूचना प्रशारणको लागि एफएमसँग वार्षिक सम्झौता गरी सबै नागरिकमा सूचना समप्रेषण गरिनेछ ।
–बायोमेट्रिक प्रणाली सञ्चालन र घटनादर्ता सामाजिक सुरक्षा भत्ता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
–टोल विकास संस्थाको गठन र परिचालन हाल वडा नं. ९ मा मात्र भईरहेकोमा अब गाउँपालिकाले टोल विकास संस्था कार्यविधि निर्माण गरी सबै वडाहरुमा टोल विकास संस्था अनिवार्य रुपमा गठन गरी उत्कृष्ट कार्य गर्ने टोल विकास संस्थालाई पुरस्कृत गरिनेछ ।
–बडिगाड गाउँपालिकाको विकासमा नागरिकको सक्रिय सहभागित एवम् आर्थिक लगानी भन्ने नारका साथ गाउँपालिकासँग आर्थिकमा साझेदारी गर्ने योजना तथा कार्यक्रमलाई प्राथमिकतामा राखिनेछ ।
–आम नागरिकको समस्यालाई मध्यनजर गरी छिमेकी गाउँपालिका नगरपालिकासँग समन्वय गरी नगर बस सञ्चालन गर्नका लागी आवाश्यक प्रक्रिया अगाडि बढाईनेछ ।
–गाउँपालिकाको विकासको लागि अन्य स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै भगिनी सम्बन्ध कायम गरी आर्थिक सामाजिक तथा साँस्कृतिक सम्बन्ध विस्तार गरिनेछ ।

ख. सामाजिक विकासतर्फ
शिक्षा युवा तथा खेलकुद
नेपालको संविधान २०७२ को धारा ३१ मा उल्लेखित शिक्षा सम्बन्धि अधिकार र अधिकारहरुलाई कार्यन्वयन गर्न बनेको स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहलाई प्रदान गरेका २३ वटा अधिकार प्रयोग गरी ‘बडिगाडको इच्छा, गरीखाने शिक्षा’ भन्ने शैक्षिक नारा तय गरी निम्न उद्देश्य राखी आर्थीक वर्ष २०८१÷०८२ को बडिगाड गाउँपालिकाको शिक्षा नीति, कार्यक्रम तथा बजेट तयार पारिएको छ ।
प्रमुख उदेश्यहरूः
–बालबालिकाहरूको समतामूलक पहुँच र पूर्ण विद्यालय शिक्षा सुनिश्चित गर्ने ।
–प्रत्येक बालबालिकाको आधारभूत र गुणस्तरीय सिकाइ उपलब्धिहरू सुनिश्चित गरी विद्यालय शिक्षाको गुणस्तर र सान्दर्भिकता बढाउने ।
–संस्थागत क्षमताको विकास गरी शिक्षा सेवा प्रवाहको प्रभावकारिता सुनिश्चित गर्ने ।
शिक्षा नीति
–प्रारम्भिक बालविकासको अनुभव सहित कक्षा १ मा बालबालिको भर्ना अनिवार्य गर्न सञ्चालनमा रहेका बालविकास केन्द्रलाई निरन्तरता दिँदै थप बालविकास केन्द्रको अनुमति दिइने छ ।
–‘जहाँ विद्यार्थी त्यहाँ शिक्षक’ अभियानलाई प्रभावकारी बनाउन विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मिलान, विद्यालयलाई समायोजन र कक्षा घटाउने नीति अवलम्बन गरिनेछ ।
–सामुदायिक विद्यालयको प्राज्ञिक तथा प्रशासकिय प्रमुखका रुपमा रहने प्रधानाध्यापक पदमा अनिवार्य स्थायी शिक्षक हुनुपर्ने व्यवस्था कार्यान्वयन गर्नका लागि विद्यालयको पहिचान गरी स्थायी शिक्षक पदस्थापन त दरबन्दी मिलान तथा व्यवस्थापन गरिने छ ।
–शिक्षणमा पेसागत विचलन कम गर्न नवप्रवेशी शिक्षकलाई सेवा प्रवेश तालिमको व्यवस्था गरिनेछ ।
–‘विद्यालय विकास मेरो प्रतिबद्धता सक्रिय सहभागिता र पारदर्शीता’ भन्ने मुल वाक्यलाई आत्मसाथ गर्दै विद्यालयको शैक्षिक तथा प्रशासनिक कार्यलाई प्रभावकारी बनाउन यसै आर्थिक वर्षदेखि सम्पूर्ण विद्यालय प्रधानाध्यापक प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने छ ।
–गाउँपालिकालाई बालमैत्री गाउपालिका घोषणा गर्न यस पालिकाभित्रका सम्पुर्ण बालबालिकाहरुलाई वालमैत्री पालिका घोषणाका सूचक बमोजिमका न्युनतम सेवा, सुविधा र संरक्षणको कार्यक्रम सञ्चालन गरिने छ ।
–शिक्षा प्रशासनलाई व्यवस्थित गर्नका लागि बडिगाड गाउँपालिकाको शिक्षा ऐन तथा नियमावली, २०७९ लाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
–स्थानीय विषयवस्तुको ज्ञान दिलाउन स्थानीय पाठ्यक्रम कार्यान्वयन, स्थानीय विषयको पाठ्यपुस्तक, सन्दर्भ सामग्री निर्माण र विकास गरी कक्षा ४–८ मा पठनपाठन गरिने छ ।
–पोषणमैत्री स्थानीयतह घोषणाका लागि पालिका भित्रका सम्पूर्ण बालबालिकाहरुलाई पोषणमैत्री स्थानीय तह घोषणाका सूचक बमोजिमका न्यूनतम सेवा, सुविधा र संरक्षणको कार्यक्रम र दिवा खाजा व्यवस्थापन प्रभावकारी बनाइने छ ।
–आधारभूत तहमा अध्ययनरत विद्यार्थीहरुको क्षमता विकास गर्न म्ष्नष्तब ित्तगष्श सञ्चालन गरिने छ ।
–गाउँपालिका भित्रका विद्यालयमा शिक्षण सिकाईमा एकरुपता ल्याउन तोकिएको पाठ तोकिएको समयमा शिक्षण गरी शिक्षण सिकाईमा एकरुपता ल्याउन शैक्षिक पात्रो निर्माण गरी सोही अनुरुप शिक्षण गर्ने व्यवस्था गरिने छ ।
–‘हामी कहाँ छौं कहाँ पुग्नेहोर कसरी पुग्ने हो’ भन्ने मार्गचित्रलाई आत्मसाथ गर्दै दिगो र दिर्घकालीन लक्ष्यका साथ गाउँपालिकाको शिक्षा योजना तय गरिने छ ।
–विद्यालयका शिक्षक, विद्यार्थी अभिभावकका वास्तविक समस्या नजिकबाट बुझ्न र उनीहरुका समस्या समधानका उपायहरुको खोजी गर्न प्रत्येक विद्यालयमा ‘गाउँपालिका अध्यक्षसंग मेरा कुरा’ कार्यक्रम सञ्चालन गरिनेछ ।
–सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न, शैक्षिक वातावरण निमार्ण गर्न, शैक्षिक विषयमा विविध छलफल गर्न विद्यालय व्यावस्थापन समिति, शिक्षक अभिभावक संघ, गाउँशिक्षा समितिको बैठक निरन्तर सञ्चालन गरिनेछ ।
–शिक्षक, विद्यालय प्रधानाध्यापक, वि.व्य.स., शिक्षक अभिभावक संघको लागि क्षमता विकास तालिम सञ्चालन गरिनेछ ।
–‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’भन्ने नाराका साथ सञ्चालन गरिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थित गर्न थप बजेट छुट्टाइने छ ।
–‘रमाइलो पढाइ दिगो सिकाइ’कार्यक्रम सञ्चालन गरिने जसका लागि प्रत्येक विद्यालयको प्रत्येक कक्षामा बुक कर्नर स्थापना गरिनेछ ।
–विद्यार्थीको पढ्न सिपको विकास, साहित्यिक सृजना अध्ययन र वाचन, शैक्षिक सामग्रीको निर्माण प्रर्दशन गर्न ‘पढाइमेला’कार्यक्रम आयोजना गरिने छ ।
–‘विद्यालयमा सबै शिक्षक एकै साथ शिक्षकको मूल्याङ्कन विद्यार्थीको हात’ मान्यतासहित सबैभन्दा बढी समय विद्यालय उपस्थित हुने शिक्षक, कक्षामा सबैभन्दा बढी समय बिताउने शिक्षक, सबैभन्दा बढी शिक्षण सामग्रीको प्रयोग गर्ने शिक्षकको मूल्याङ्कन विद्यार्थीबाटै गरि शिक्षकलाई पुरस्कृत गरिनेछ ।
–विद्यालय प्रधानाध्यापक, शिक्षक, वि.व्य.स. पदाधिकारीलाई नमुना विद्यालयको अवलोकन गराइनेछ ।
–शिक्षण सिकाईलाई प्रभावकारी बनाउन सिकाई सामग्रीको विकास र प्रयोग गर्न शिक्षण सिकाई सामग्री तालिम प्रारम्भिक बालविकासदेखि विद्यालय तहसम्मका शिक्षकहरुका लागि तालिम सञ्चालन गरिनेछ ।
–शिक्षक र विद्यार्थीका लुकेर रहेका प्रतिभाको उजागर गर्न “प्रतिभाको खोजी” कार्यक्रम सञ्चालन गरिनेछ ।
–शैक्षिक सूचना तथा जानकारीलाई प्रभावकारी ढंगबाट कार्यन्वयन गर्न बडिगाड शिक्षा न्यूज पोर्टल तयारी गरी आधुनिक र प्रभावकारी ढंगबाट सूचना सम्प्रेषण गरिनेछ ।
–शैक्षिक सूचना तथा जानकारी, सिकाई अनुभव आदानप्रदानका लागि शिक्षक मासिक पत्रिका मासिक रुपमा विद्यालयमा वितरण गरिनेछ ।
–प्रत्येक विद्यालयमा योग शिक्षक तयार गर्न योग शिक्षा कार्यक्रम कार्यन्वयन गरिने छ ।
–अनाथ बलाबालिकाहरुका लागि बडिगाड ५ भानु मा.वि.मा गास, वास र कपास सहितको निशुल्क शिक्षाको व्यवस्थापन गरिनेछ ।
–विधार्थी तथा युवाहरुका लागि लक्षित गरी थ्रि जिरो (शून्य बेरोजगारी, शून्य कार्वन उत्सर्जन र शून्य गरिबी) क्लबको कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याईनेछ ।
–विद्यालय प्रधानाध्यापकहरुको मनोबल उच्च बनाउनका लागि प्रधानाध्यापक प्रोत्साहन कार्यक्रम लागु गरिनेछ ।
–युवाहरुका लागी खेलकुदमा प्रोत्साहन गरिनेछ भने पालिका स्तरमा वडा स्तरीय भलिबल खेल सम्पन्न गरी पालिका स्तरीय भलिबल टिमको छनोट गरिनुका साथै यूवाहरुका खेलकुद सामाग्री उपलब्ध बनाईनेछ ।

स्वास्थ्य सेवा
नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने एवं स्वास्थ्य सेवामा समान पहुँचलाई नागरिकको मौलिक हकको रुपमा प्रत्याभूत गरेको छ । नागरिकलाइ स्वस्थ बनाउन बडिगाड गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवं गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवामा समान पहुँच स्थापित गर्दै सबैको स्वस्थ जीवन प्रत्याभूत गरी दिगो विकास लक्ष्य हासिल गर्ने नीति लिइएको छ ।
–गुणस्तरीय स्वास्थ्य सेवामा सवैको सहज पहुँच हुने गरी प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराईनेछ ।
–गर्भवती महिलाको भिडियो एक्सरे (अल्ट्रासाउन्ड) सेवा निरन्तर सञ्चालन गरी मातृ तथा नवशिशु सेवाको प्रत्याभूतिसहित पूर्ण संस्थागत सुत्केरीयुक्त पालिका बनाउनको लागि सुत्केरी आमाहरुलाई निशुल्क एम्बुलेन्स वा साधनको व्यवस्था गरिनेछ ।
–नसर्ने तथा मानसिक रोगको रोकथामको लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने छ ।४५ बर्षदेखि माथिका नागरिकहरुको रक्तचाप मधुमेह जस्ता नसर्ने रोगहरुको स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिनेछ ।
–सञ्चालित प्रयोगशाला सेवालाई व्वस्थित र गुणस्तरी बनाई गर्भवती महिलाको ब्ल्ऋ एबअपबनभ र जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण निशुल्क गरिनेछ ।
–क्षयरोग निवारण रणनीति २०१६–३५ अन्तर्गत सन् २०३५ सम्ममा क्षयरोगीको संख्या शुन्य र सन् २०५० सम्ममा क्षयरोग मुक्त गर्ने राष्ट्रिय रणनीति अनुरुप समुदायमा सक्रिय क्षयरोगको खोजतलास, रोग पहिचान, उपचार तथा सहयोग कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गरी क्षयरोगका विरामीको घरभेट र पोषण खर्चको ब्यवस्थापन गरिनेछ ।
–बडिगाड गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्था, गाउँघर क्लिनिक, खोप क्लिनिक र स्वास्थ्य सेवाको पहुँच नपुगेका स्थानहरुमा एकिकृत जनस्वास्थ्य अभियानमार्फत घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
–जनतासँग गाउँपालिका अध्यक्ष निशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिईनेछ । साथै बडिगाड गाउँपालिका अन्तर्गतका सम्पूर्ण गर्भवती महिलाहरुको निशुल्क स्वास्थ्य बिमा गरिनेछ ।
–स्वास्थ्य पूर्वाधार, औषधी तथा उपकरणको उपलब्धतामा वृद्धि गरी आधारभूत अस्पताल सञ्चालनमा ल्याईनेछ ।
–स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्डबाट आएको मूल्याङ्कनलाई आधार बनाई स्वास्थ्य सेवाको गुणस्तर सुदृढीकरण गरिनेछ ।
–पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा, गाउपालिकको अवस्थालाई कायम गर्दै वडाहरुमा खोपको समिक्षा गरी सुक्ष्म योजना तर्जुमा गरिनेछ । साथै १६ महिनादेखि ५९ महिना सम्मका बालबालिकाहरुको शुलभ घरधुरी सर्वेक्षण गरी वडा र गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना सुनिश्चित रहेको घोषणा गरिनेछ ।
–बाह्य खोप केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्न खोप केन्द्रहरुको भवन निर्माण तथा मर्मत र आवश्यकता अनुसार खोप केन्द्रहरु थपिनेछ ।
–स्वास्थ्य संस्थामा स्वास्थ्य शिक्षा कर्नर राखिनेछ र पोसिला खानेकुराको प्रदर्शन गर्ने र स्थानीय स्तरका पोसिला खानेकुराहरुको उपभोग वृद्धि गराउन आवश्यक स्वास्थ्य शिक्षा, परामर्श दिइनेछ र विद्यालयहरुलाई जङ्कफूड मुक्त विद्यालय घोषणा गरिनेछ ।
–स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका सदस्यहरुलाई क्षमता अभिबृद्धिको लागि तालिम सञ्चालन गरिनेछ ।
–खानेपानी मुहान सुदृढीकरण तथा मुहान सङ्कलन केन्द्रको सुरक्षा गरी खानेपानी गुणस्तर सुधारको लागि पानीको परीक्षण गरिनेछ ।
–महामारीको पूर्व तयारी तथा व्यवस्थापनको लागि आर. आर. टि. लाई सक्रिय अवस्थामा राखिने छ साथै उक्त कार्यलाइ आवश्यक स्वास्थ्य सामाग्रीहरु तयारी अवस्थामा राखिने छ ।
–स्थानीय स्तरमा उपलब्ध हुने जडिबुटीहरुको व्यवस्थापन र उपयोग गर्दै नागरिक आरोग्य सेवा केन्द्रलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।
–स्थानीय स्तरमा उपलब्ध हुने जडिवुटिहरुको व्यवस्थापन र उपयोग गर्दै नागरिक आरोग्य सेवा केन्द्रलाई प्रभावकारी रुपमा संचालन गरिनेछ ।
–एक स्वास्थ्य संस्था एक बगैँचा, करेसाबारी निर्माण गरिनेछ । साथै स्वास्थ्य संस्थाको फोहोरमैलाको उचित व्यवस्थापन गरिनेछ ।
–६० बर्ष पूरा भएका तथा अन्य कारणले सेवा प्रदान गर्न नसक्ने महिला सामुदायिक स्वास्थ्य स्वंय सेविकाहरुलाई दिर्घकालीन सेवा वापत स–सम्मान बिदाई गरिनेछ ।
–बञ्चितिकरणमा परेका समुदाय तथा सेवाग्राहीहरुको पहिचान गर्न, सेवा निरन्तता गराउन स्वास्थ्य आमा समूहलाई थप सुदृढीकरण गरी नियमित वैठक सञ्चालन गर्न महिला सामुदायिक स्वास्थ्य स्वंय सेविकाहरुलाई उत्प्रेरित गरिनेछ ।
–नसर्ने रोगहरुको पहिचान र उपचारका लागि बिशेषज्ञ निशुल्क स्वास्थ्य शिविर, आँखा शिविर र दन्त शिविरहरु सञ्चालन गरिनेछ ।
–स्वास्थ्य संस्थाबाट दिईने सम्पूर्ण सेवालाई डिजिटललाईजेशन गरी थप प्रभावकारी बनाउनको लागि आवश्यक ल्यापटप, डेक्सटप, ईन्टरनेट, ट्याप र स्वास्थ्यकर्मीहरुको लागि म्ज्क्ष्क्द्द रभज्ःक्ष्क् तालिमको व्यवस्था गरिनेछ ।
–बडिगाड आँखा उपचार केन्द्रबाट प्रभावकारी रुपमा सेवा प्रदान दिनको लागि आँखा उपचार केन्द्रको व्यवस्थापन, आवश्यक औषधी र उपकरणको व्यवस्था गरिनेछ ।
–२०८३ साल चैत्र सम्ममा पोषणमैत्री स्थानीय शासन घोषणा गर्ने कार्यको पूर्वतयारीको लागि आर्थिक वर्ष ०८१०८२ मा सूचक पूरा गर्ने वडाहरुलाई क्रमश पोषणमैत्री वडा घोषणा गर्दै जाने कार्य गरिनेछ ।

लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण
–पूर्ण अपाङ्गता साथै ९० बर्षमाथिका हिडडुल गर्न नसक्ने लाभग्राहीलाई घुम्ती नवीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
–७५ बर्ष माथिका जेष्ठ नागरिकलाई पालिकाद्धारा सम्मान कार्यक्रमको व्यवस्था मिलाईनेछ ।
–छोराछोरी समान हुन भनी छोरीलाई पनि सम्पत्ति उपलब्ध बनाउने अभिभावकलाई गाउँपालिका मार्फत सम्मान गरिनेछ भनेविधवा महिलालाहरुलाई पालिकाबाट सिपमूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
–छोरीसँग गाउँपालिका अध्यक्ष कार्यक्रम सञ्चालन गरीबडिगाड गाउँपालिकामै बसी छिमेकी नगरपालिका ढोरपाटन नगरपालिका र मुसीकोट नगरपालिकाको क्याम्पसस्नातकतहमा अध्ययन गर्नुहुने किशोरीहरुलाई आर्थिक सहयोग उपलब्ध बनाईनेछ ।
–हिंसाविरुद्ध शून्य सहनशीलताको निति अबलम्वन गरी हरेक घर सम्मानित घर बनाउनका लागि पालिका स्तरिय महिला संजाल गठन गरी प्रत्येक वडाहरुमा समेत वडा स्तरीय महिला सञ्जाल गठन गरी लैङ्गिक हिंसाका घटनालाई तत्काल सम्बोधन गर्ने गरी हिंसा व्यवस्थापन गरिनेछ ।
–कानुनले पूर्णरुपमा निषेध गरेको छुवाछुत एवम् बालविवाह मुक्त गाउँपालिका बनाउने अभियानलाई समप्पूर्ण सरोकारवाला व्यक्तित्वहरुसँग समन्वय गरी अगाडि बढिनेछ ।
–द्वन्द्व पिडित महिलाहरुका लागि संयुक्त राष्ट्र संघ सुरक्षा परिषद् प्रस्ताव.न.१३२५ १८२० को पूर्ण रुपमा कार्यान्वयन गरिनेछ ।
ग. आर्थिक विकासतर्फ
कृषि, पशुसेवा, सहकारी, पर्यटन तथा उधोग
–बडिगाड गाउँपालिकाको कृषि क्षेत्रको विकासको लागि कृषिको आघुनिकीकरण, यान्त्रीकरण, ब्यावसायिकरण तथा कृषि उपजको बजारीकरणमा विशेष जोड दिइनेछ ।
–कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइनेछ । व्यवसायिक तरकारी फलफूल नगदेबाली खाद्यान्नबाली आदि खेती गर्ने कृषकलाई क्षेत्रफलको आधारमा तथा व्यवसायिक पशुन्क्षी पालन गर्ने कृषकलाई पशुपन्क्षी संख्याको आधारमा थप प्रोत्साहन तथा फर्मको उत्पादन वृद्धिको लागि प्रोत्साहन उपलब्ध गराइनेछ ।
–साना कृषकहरुको समुन्नतिको लागि सामूहिक व्यवसायिक खेतीको सुरुवात गरिनेछ एक वडा एक तरकारी उत्पादन ( वडा कार्यालयले बजेट व्यवस्थापन गर्नुपर्ने) कार्यक्रम सञ्चालन गरी हप्तामा एकदिन तरकारी सङ्कलन गरी ठूला बजारमा तरकारी निर्यात गरिनेछ । प्राविधिकको व्यवस्थापन गरी कार्यक्रमलाई व्यवस्थित बनाइने छ । स्थानीय समस्या समाधानका लागि प्रविधि परीक्षण तथा प्रर्दशनी स्थल निरन्तर तथा व्यवस्थित तरिकाले सञ्चालन गरिने छ ।
–पालिकाले न्यूनतम समर्थन मूल्यतोकी वडा कार्यालयमा विक्री हुन आएका कृषि वस्तुको समर्थन मूल्य भन्दा बजार मूल्य कम भएमा सो मूल्य पालिकाले तिर्नेछ।न्यूनतम समर्थन मूल्य बाली लगाउनु भन्दा अगाडिनै निर्धारण गरिनेछ ।
–यस आ.व.मा सबै वडामा गणक खटाई कृषकको तथ्याङकलाई अनलाइन गरिनेछ।अनलाइन आवेदन भरेका व्यवसायिक कृषकलाई त्तच् ऋयमभ सहितको किसान परिचय पत्र वितरण गरिनेछ
–फलफूल खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरी व्यवसायिक सुन्तला कागती किवी दाँते ओखर ड्रागन खेती क्षेत्रफल वृद्धि तथा बगैचाँ व्यवस्थापन कार्यक्रम सञ्चालन गरिनेछ ।
–मकैबाली तथा धानबाली उत्पादन वृद्धिका कार्यक्रम सञ्चालन गरिनेछ ।
–पालिकालाई पोषणमैत्री गाउँपालिका बनाउन सबै वडामा कम्तिमा २ वटा सामुदायिक तरकारी नर्सरी स्थापना गरिनेछ र प्रत्येक कृषक परिवारलाई तरकारी वेर्ना उपलब्ध गराउने व्यबस्था गरिनेछ । विद्यालय तथा विद्यालय आसपासमा तरकारी उत्पादनमा प्रोत्साहन गरिनेछ । रैथाने बालिका उत्पादन उपलब्ध गराई बिद्यालयलाई पत्रुखानामुक्त बनाउन सहयोग गरिनेछ ।
–परम्परागत तरकारी जस्तै निउरो, जलुका, भाँडे, बाँको, ढकाय, च्याउ खोले सागलाइ संरक्षण तथा उपयोगमा जोड दिइनेछ ।
–किसानहरुको गुनासो तथा समस्या व्यवस्थापनका लागि आवश्यक कर्मचारी सहित कृषक कल सेन्टरको स्थापना गरिनेछ ।
–कृषकहरुलाई सरल सहज रुपमा बिउ, मल, प्रविधि र सिंचाई सुबिधा उपलब्ध गराईनेछ । विभिन्न मौसममा आवश्यक मुख्य खाधान्य तथा तरकारीको बिउमा अनुदान उपलब्ध गराईनेछ ।
–अनुदानको रसायनिक मल वितरण प्रणालीलाई सुधार गरिनेछ।मलको मात्रा वृद्धि गरिनेछ, पालिकाको कम्तिमा ५ स्थानबाट मल वितरण गर्ने व्यवस्था मिलाईने छ । मल वितरणको सुरुवातमै मूल्य निर्धारण गरी सुलभ र सहज रुपमा रसायनिक मलमा किसानको पहुँच पुर्याइनेछ ।
–अनुदानलाई उत्पादनमा आधारित बनाइनेछ बिउ यान्त्रिकिकरण कृषि ऋण विमाबाहेक अन्यमा दिइने अनुदानलाई व्यवस्थित पारदर्शी बनाउन मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वनमा ल्याइनेछ ।
–बडिगाड गाउँपालिकाको विभिन्न भागमा उत्पादन हुने भाँगो बालीलाई नगदे बालीको रुपमा विकास गरी संघीय तथा प्रदेश सरकारसँग समेत समन्वय गरी भाँगो उत्पादनमा विशेष जोड दिइनेछ ।
–जलवायुमैत्री कृषि को अवधारणा अनुसार कृषि क्रियाकलापहरु हुनेछन् । वातावरणमा क्षयिकरण नहुने तथा ढिलो हुने बिषादिलाई पूर्ण वन्देज लगाइनेछ । करेसाबारी हुने बिषादिहरुको प्रयोगलाई कम गर्दै लगिनेछ । व्यवसायिक बाली तथा खाधान्य बालीमा प्रयोग गर्नै परे अनुगमन पछि सुरक्षित विषादी तथा जैविक विषादीको प्रयोग गरिनेछ । रसायन बिना रोगकिरा ब्यबस्थापनबारे क्षमता अभिवृद्धि कार्यक्रम तथा उत्पादन वृद्धि कार्यक्रम सञ्चालन गरिनेछ ।
–बिउ वितरण तथा अन्य प्राविधिक सेवा लगायत माटो जाँच तथा उपचार सिविर बाली उपचार सिविरका लागि एकिकृत कृषि शिविर सञ्चालन गरिनेछ ।
–कृषिमा भैपरी आउने प्राकृतिक प्रकोप तथा कृषिमा भित्रन सक्ने रोग, किरा तथा महामारी तथा बालीमा नालीमा हानी पुर्याउने बाँदर,दुम्सी,मृग को क्षति कम गर्न कृषि अनुसन्धानबाट पता लगेका प्रविधिको परीक्षण तथा प्रयोगमा गरिने छ ।
–कृषि प्रसार सेवालाई थप मजबुत बनाउन वडा स्तरीय कृषि विकास समिति तथा पालिका स्तरीय कृषि विकास समिति गठन गरिनेछ ।
–किसानको बाली बिमाको प्रिमियममा थप अनुदान उपलब्ध गराइनेछ।
–स्वस्थ आहार स्वस्थ व्यवहार अनुरुप आफैले आफ्ना लागि विषादी मुक्त तरकारी उत्पादन गर्नुपर्दछ भन्ने सन्देश सहित एक घर एक करेसावारी तथा एक घर एक फलफूल खेतीलाई प्रोत्साहन गरिनेछ ।
–साना सिचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार गरी सिञ्चित क्षेत्रफल वृद्धि गरिनेछ ।
–स्थानीय उपज वृद्धि गर्न कृषकलाई कृषि पेसामा उत्साहित गर्न बडिगाड उत्कृष्ट कृषक पुरस्कारको व्यवस्था गरिनेछ,कृषि प्रदर्शनी कार्यक्रम सञ्चालन गरिनेछ ।
–कृषि तथा पशुपंक्षी उपचारको लागि छुट्टै व्यवस्थित सेवा केन्द्रको स्थापना गरी सेवा उपलब्ध गराइनेछ ।
–जैविक बिबिधताको संरक्षणका लागि बडिगाड, भिमघाट, गिरन्दी र दरम खोलामा २÷३ लाख माछाका भुरा छोडी गउँपालिकाको आम्दानी वृद्धिको सम्भावना बारे विमर्श गरी माछाले फुलपार्ने समयमा केही समयका लागि खोलामा माछा मार्नबन्ढ गरिनेछ ।
–बाँदरबाट कृषकको बालीनाली संरक्षणका लागी जंगलमा फलफुलका बिरुवा रोप्नका लागि सामुदायिक वनसँग समन्वय गरी आवाश्यक प्रकृया अगाडि बढाईनेछ ।
–बडिगाड गाउँपालिकामा भाङ्गो खेतीलाई नगदे बालीको रुपमा सूचिकृत गरी भाङ्गो खेतीलाई प्रोत्साहान गरिनेछ भने भाङ्गोबाट बन्ने अवैध चरेस तथा गाँजालाई पूर्णरुपमा बन्देज गरिनेछ ।
–परम्परागत र निर्बाहमुखी पशुपन्क्षीपालन कृषक व्यवसायलाई व्यवसायिक पशुपालन बनाइनेछ ।
–पशुपन्क्षी पालन क्षेत्रको विकासका लागि यान्त्रीकरण, व्यवसायिकरण र बजारीकरणमा निरन्तरता दिइनेछ । पशुपन्छीलाई महामारी रोगबाट बचाउनका लागि नियमित रुपमा निःशुल्क खोपको व्यवस्था गरिनेछ र पशुमा पूर्णखोप कार्यक्रम सञ्चालन गरिनेछ ।
–पशुसेवा शाखा र सेवाकेन्द्रको पहुँच भन्दा टाढाको क्षेत्रमा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
–पशुपन्क्षीको नश्ल सुधार गरी उत्पादन र उत्पादनतत्व वृद्धि गर्नको लागि कृत्रिम गर्भाधान सेवालाई निरन्तरता र विस्तार गरिनेछ ।
–पशुपन्क्षी बिमा प्रिमियममा दिईने सहुलियतलाई निरन्तरता दिईनेछ ।
–उत्पादनमा प्रोत्साहन कार्यक्रमको लागि दूध, मासु, अण्डा र माछामा उत्पादन वृद्धि गरी आत्मनिर्भर गाउँपालिका बनाईनेछ ।
–व्यवसायिक घाँस खेतीमा आधारित पशुपालन कृषकलाई घाँसको विउ, बेर्ना निःशुल्क वितरण गरिनेछ ।
–कृषकको क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्था मिलाईनेछ ।
–निसर्त र शसर्त कार्यक्रम व्यवस्थित रुपमा सञ्चालन गरिनेछ ।
–पशुपन्क्षी पालनसँग सम्बन्धि फर्म समुह तथा सहकारिहरुको नियमित रुपमा दर्ता नविकरण तथा अभिलेखिकरण गरिनेछ ।
–बडिगाड गाउँपालिकालाई पशुपन्क्षीजन्य उत्पादनमा आत्मनिर्भर गराउनका लागि कार्यक्रम संञ्चालन गरिनेछ ।
–बडिगाड गाउँपालिकाभित्र सञ्चालित मासु पसल र डेरी पसलहरुको सुधार र व्यवस्थित गरिनेछ ।
–माछापालनको सम्भाव्यताको अध्ययन गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
–कृत्रिम गर्भाधान, पशुपन्क्षी बिमा, रेविज तथा जुनोटिक रोग सम्बन्धि जनचेतना अभिवृद्धिको लागि तालिमको व्यवस्था गरिनेछ ।
–एक वडा एक पशुजन्य उत्पादन कार्यक्रम सञ्चालन गरिनेछ ।
–कृषि स्नातक र कृषि तथा पशु सेवाका एक गाउँ एक प्राविधिकहरु लाई निरन्तरता दिईनेछ ।
–आवश्यक पोषणपूर्तिका लागि दूध आपूर्तिमा सहयोग गर्न गाई÷भैँसी सुत्केरी प्रोत्साहन हातभरी कार्यक्रम गरिनेछ ।
–मासुमा आत्मनिर्भर गाउँपालिका वनाउन लाई बङ्गुरका पाठापाठी ५० प्रतिशत अनुदानमा वितरण कार्यक्रम गरिनेछ ।
–कृषि तथा पशुपन्क्षी उपचारको लागि छुट्टै सेवा केन्द्रको स्थापना गरी सेवा उपलब्ध गराईनेछ ।
–अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुलाई योगदानका आधारमा सामाजिक सुरक्षाकोषमा आवद्द गरिनेछ ।
–प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बडिगाड साझेदारी गरि आयोजनाहरुलाई दिर्घकालीन गरिनेछ ।
–भिजिट भिसा तथा अवैधानिक तरिकाबाट वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको न्युनीकरण गर्नका लागि गाउँपालिकाभित्रको सबै वडाहरुमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
–गाउँपालिकाभित्र सञ्चालित सार्वजनिक निर्माणका आयोजनाहरुमा सूचीकृत बेरोजगार सूचीबाट मात्र काममा लगाईने व्यवस्था मिलाइनेछ ।
–बेरोजगार दर्ता कार्यक्रम महाअभियानका रुपमा सञ्चालन गरिने छ र उक्त कार्यक्रम टोलस्तरमा सञ्चालन गरिनेछ ।
–रोजगारमा संलग्न कामदारहरुको सुरक्षाका लागि सुरक्षा सामग्री उपलब्ध गराइनेछ ।
–बडिगाड गाउँपालिकाभित्रको रोजगार सम्भाव्यताको अध्ययन गरी रोजगारीका सबै आयामहरुको प्रभावकारी व्यवस्थापनका लागि स्थानीय रोजगार रणनीति तर्जुमा गरिनेछ ।
–रोजगारदाता र बेरोजगार बिचको रोजगार मिलानको लागि रोजगार संवाद मञ्च गठन गरी सञ्चालन गरिनेछ ।
–वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिका लागि पुनःएकिकरण कार्यक्रम सञ्चालन गर्नका लागि तथ्याङ्क संकलन गरिनेछ ।
–श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम सञ्चालन गरिनेछ ।
–गाउँपालिकावासी आम नागरिकहरुलाई स्वदेशमै रोजगारी गरौं वैदेशिक रोजगारीमा जानै परेमा सीप सिकेर मात्र जाऔं भन्ने सन्देश सहित आवश्यक पर्ने सीप ज्ञान तथा भाषाका बारेमा सुसूचित गराईनेछ भने बैदेशिक रोजगारमा गएका परिवारहरुको लगत सङ्कलन कार्य गरी रोजगारबाट प्राप्त पूँजिको सदुपयोग सम्बन्धी जागरणमूलक सन्देश प्रसारण गरिनेछ ।
–बैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरुलाई श्रम स्विकृति छिटोछरितो उपलब्ध बनाई पूर्ब प्रस्थान लगायत अन्य वैदेशिक रोजगारसँग सम्बन्धित विषयको जानकीमूलक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
–पर्यटन विकासका लागि पर्यटन गन्तव्यको पहिचान गरी संघ सरकार र प्रदेश सरकार र निजि क्षेत्रसँग सहकार्य गरी अगाडी बढिनेछ ।
–एक वडा एक पर्यटकीय गन्तव्यको पहिचान गरी क्रमश डिपिआर गरी पर्यटकीय स्थलको प्रचारप्रसार सहित अगाडि बढिनेछ ।
–आदिवासी जनजाति लगाय अन्य समुदायका भाषा लिपि बाजागाजा रीतिरिवाज परम्पर संस्कृति आदिको संरक्षण गर्ने नीतिलाई निरन्तरत्ता दिईनेछ भने गाउँपलिका भित्र हुने विभिन्न कार्यक्रमहरुमा विभिन्न जाति जनजातिको पहिचान झल्किने संस्कृतिलाई प्रोत्साहन गरिनेछ ।
–सहकारी ऐन नियमावलीलाई समायाअनुकूल शंसोधन गरिनेछ ।
–सहकारी दर्ता नियमन प्रर्बद्धनका लागी बडिगाड गाउँपालिकामा पालिका स्तरीय सहकारी समिति गठन गरी अगाडी बढिनेछ ।
–सहकारी संस्थाहरु तथा सेयर सदस्यहरुका लागि क्षमत्ता अभिबृद्धि तालिम सञ्चालन गरिनेछ ।
–बडिगाड गाउँपालिका भित्र सञ्चालनमा रहेका पालिका स्तरीय उधोगहरुको संरक्षण एबं सम्बर्द्धन गरी आवाश्यक सहयोग गरिनेछ ।
–सहकारी संस्थाहरुको एकिकरण र डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै सहकारी तथा गरिबी निवारण सम्बन्धी व्यवस्थापन सूचना प्रणाली ऋइएइःक्ष्क् मा सहकारी संस्थाहरुको आबद्धतालाई अनिवार्य गरिनेछ ।
–निजी क्षेत्रसँग सहकार्य गरी नयाँ उधोग स्थापनका लागि आवाश्यक पहल गरिनेछ ।
–बडिगाड गाउँपालिका वडा न २ को गिरिङ्दीखोला लघुजलविधुत परियोजनाबाट ईनर्जी फाउन्डेसन नेपालसँग सहकार्य गरी हाईड्रोजन ग्यास उत्पादन गरी आम नागरीकको घरमा पुर्याउनका लागि अगाडि बढिनेछ ।
–बडिगाड गाउँपालिका भित्र निजी क्षेत्रसँग साझेदारी गरी ढुङ्गाखानी उधोग र लोकल मदिरा ब्राण्डिङ उधोग सञ्चालनका लागी प्रकृया अगाडि बढाईनेछ ।
–गाउँपालिकाको समावेशी आर्थिक रुपान्तरणका लागी रोजागरी र आय अभिबृद्ध गर्न प्रदेश सरकार र दायित्व संस्था संगको सहकार्यमा ‘वृद्धिमुखी उधमशीलता र रोजगारी कार्यक्रम’ कार्यान्वयन गरिनेछ ।
–कर प्रशासनलाई पारदर्शी बनाउन सूचना प्रविधिको प्रयोगलाइ बढाउँदै छिटो सरल र सेवाग्राहीमैत्री बनाई अधिकतम कर सङ्कलन हुने वतावरण सिर्जना गरिनेछ ।
–गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण करदात्तालाई कर शिक्षा प्रदान गरी करको दायरामा ल्याउने उद्देश्य अनुरुप हाम्रो लागि हाम्रै प्रयास र निकास कर अभियान मार्फत समृद्धि र विकास मूल नारासहित निजी क्षेत्र, सामुदायिक संस्था, वडा र टोल विकास संस्थालाई जिम्मेवार बनाई परिचालन गरिनेछ ।
–व्यवसायीहरुको मनोवल बृद्धि गर्नका लागि व्यवसायिक करमा हेरफेर गरिनेछ ।
–घरजग्गा बहाल करलाई प्रभावकारी बनाउनका लाग िकार्यविधि तयार गरी सम्बन्धित वडा कार्यालयमा अनिवार्य रुपमा घरबहाल सम्झौता अभिलेखाङ्कन गराउने नीतिको अबलम्बन गरी करको दायरामा ल्याईनेछ ।
–राजश्व प्रशासनअन्तर्गत कार्यरत कर्मचारीहरुका लागि क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनेछ भने आन्तरीक राजश्व वृद्धिमा उल्लेख्य योगदान गर्ने एक वडा एक करदात्तालाई सम्मान र पुरस्कृत गर्ने व्यवस्था गरिनेछ ।
–व्यवसायीहरुको मनोवल बृद्धि बनाउनका लागि व्यवसायिक करमा हेरफेर गरिनेछ ।
–व्यवसायीहरुको मनोवल वृद्धि गर्न व्यवसायीक करमा हेरफेर गरिनेछ ।
–मध्यपहाडि लोक मार्गमा सडक वत्ति विस्तार गरी बजार क्षेत्रमा गमला फुलको व्यवस्था गरिनेछ ।
–लघु जलविद्युत्तहरुलाई केन्द्रिय विद्युत्तमा नेट मिटरिङ गरि १० वटै वडामा केन्द्रिय लाई विस्तार गरिनेछ ।
–गाउँपालिकाभित्र निर्माणाधिन अवस्थामा रहेका हाइड्रोपावर र बन्ने क्रममा रहेका हाइड्रोपावरलाई लगानी गर्ने वातावरणको सिर्जना गरिनेछ ।

घ. भौतिक पूर्वाधार विकासतर्फ
राज्यको आर्थिक, सामाजिक एवं भौतिक पक्षहरु उकास्न पूर्वाधार विकास नितान्त आवश्यक रहेको छ ्र कुनै पनि देशको ‘क्त्ब्त्ग्क्’ मापन गर्न पूर्वाधार विकासलाई महत्वपूर्ण पक्षको रुपमा हेरिन्छ ।
हाम्रो बडिगाड गाउँपालिकामा विद्यामान कठिन भौगोलिक अवस्था, पूँजी तथा र जनशक्तिको अभावका बाबजुद बडिगाड बासीको दैनिक जनजीबनमा प्रत्यक्ष प्रभाब पार्ने पूर्वाधार विकासलाई मुख्य केन्द्र बिन्दुमा राखेर अगाडि बढेको छ । आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकासमा निम्न नीतिहरु अवलम्बन गरिएको छ ।
–यस आर्थिक वर्षमा वाड नं ०१ का योजनाहरुमा परीक्षण स्वरुप नेपालीमा लागत अनुमान बनाईएको थियो्र निकै सकारात्मक नतिजा देखिए पछि आगामी आर्थिक वर्ष २०८१÷८२ मा हरेक योजनाहरुको नेपालीमा लागत अनुमान बनाईने छ ।
–उपभोक्ता समितिमार्फत डोजर प्रयोग गरी बाटो मर्मतको कार्य प्रभावकारी नभएको हुदाँ आगामी आर्थिक वर्ष २०८१÷८२ देखि विधुतीय ठेक्का प्रणालीमार्फत एकमुस्ट बाटो सरसफाई कार्य सञ्चालन गरिने छ ।
–बडिगाड गाउँपालिका वडा न ८ को पुरानोगाँउ फोर्सा भेडीखोर मोटरबाटो निर्माण कार्य गाउँपालिकाको ईस्काभेटर डोजर प्रयोग गरी यसै आर्थिक बर्षमा बाटोको ट्रयाक खोल्ने कार्य सम्पन्न गरिनेछ ।
–मोटर बाटो बिस्तार भन्दा पनि नाली निर्माण कार्यलाई प्राथमिकता दिई नाली निर्माण कार्यलाई दुर्त रुपमा अगाडि बढाईने छ ।
–उकालो घुम्ती तथा ग्रेड मिलाउन नसकिने बाटोमा च्ऋऋ ढलान कार्यलाई निरन्तरता दिइनेछ ।
–हेभी मेसिनरि प्रयोग हुने योजनाहरुलाई विधुत्तीय ठेक्का प्रणालीबाट खरिद गरि सम्पन्न गरिने छ ।
–‘भवन तथा योजना मापदण्ड –२०८०’ कडाईका साथ लागु गरिनेछ ।
–पुरानो बजार क्षेत्रलाई व्यवस्थित बनाई सडक ढलान कार्यलाई निरन्तरता दिईनेछ ।
–पालिका स्तरीय एवम् वडा स्तरीय खेलमैदान निर्माणका लागि आवाश्यक पहल गरिनेछ ।
–भूकम्पीय जोखिमलाई न्यूनीकरणदेखि लिएर सुरक्षित निर्माण कार्यको सुनिश्चिता र बजारको सौन्दर्यतामा अभिवृद्धी गर्न नक्सा पासलाई अनिवार्य गराइने छ ।
–योजना सम्झौता पश्चात हरेक वाडका समिति तथा कामदारहरुलाई निर्माण कार्य सम्बन्धि तालिम प्रदान गरिने छ ।
–खानेपानीको गुणस्तर सुनिश्चित गर्न उपभोक्ता समिति मार्फत समयसमयमा प्रयोगशालामा परीक्षण गराई सार्वजनिक गर्ने व्यवस्था मिलाईनेछ ।
–खानेपानी अभाव रहेको बस्तीहरुमा लिफ्टिङ तथा बोरिङबाट खानेपानी उपलब्बध बनाउने कार्यको सुरुवात गरिनेछ ।
–संघ र प्रदेश मार्फत निर्माण भईरहेका तर सम्पन्न नभई अलपत्र परेका खानेपानी योजनाहरुको विषयमा सम्बन्धित निकायसँग समन्वय गरी योजना सम्पन्न बनाउनका लागि आवश्यक पहल गरिनेछ ।
–नेवा संस्थासँग सहकार्य गरी बडिगाड गाउँपालिकामा खानेपानी योजनाहरुको कामलाई अगाडि बढाईनेछ ।

ङ. वन वातावरण तथा विपद् व्यवस्थापन
–सामुदायिक बन उपभोक्ता समितिहरुका लागि आवाश्कय तालिमको व्यवस्था मिलाईनेछ ।
–गाउँपालिकाभित्र सामुदायिक बनमा जडिबुटी तथा अन्य आय आर्जनको कार्यक्रम सञ्चालन गर्न ईच्छुक सामुदायिक बन उपभोक्ता समितिसँग लागत साझेदारीमा नमुना कार्यक्रम सञ्चालन गरिनेछ ।
–सामुदायकि वन क्षेत्रलाई विशेष क्षेत्र घोषणा गरी गाउँपालिकासँगको समन्वयमा खाली क्षेत्रमा वृक्षारोपण कार्य गरिनेछ ।
–जैविक बिबिधताको संरक्षणका लागि र पानीका मुहान संरक्षणका लागि पानिका मुहान भन्दा माथी समथर ठाउँमा एक वडा एक पोखरी निर्माण कार्यको अभियान प्रारम्भ गरीनेछ भने निर्माण भएको पोखरी संरक्षण गरिनेछ ।
–न्चभभल द्यबमष्नबम ऋभिबल द्यबमष्नबम भन्ने मुल नारका साथ नियमित सरसफाई कार्यक्रम सञ्चालन गरिनुका साथै समुदायसँग समन्वय गरी गाउँपालिका भित्रका खोला खोल्साको सरसफाई गरी खोला किनारा र मध्यपहाडी लोकमार्गमा वृक्षारोपण गरी सौन्दर्यीकरण गरिनेछ ।
–विगत लामो समयदेखी व्यवस्थापन हुन नसकेको फोहोरमैला कार्यलाई यस आर्थिक बर्षमा निजी क्षेत्रसँग समन्वय गरी फोहोरमैला प्रशोधन केन्द्र स्थापना गरी उधोगको रुपमा सञ्चालन गर्नका लागी आवश्यक सहयोग गरिनेछ ।

गाउँसभाका सभासदस्य ज्यूहरु
यो नीति तथा कार्यक्रम बाल्यकालमा शिक्षा स्वास्थ्य र पोषण युवा अवस्थामा सिप उधमशिलता र रोजगार र जीवनको उत्तरार्धमा जेष्ठ नागरिकलाई सम्मान संरक्षण, जनजाती, दलित, महिला, अपाङ्ग, अल्पसंख्यकहरुका लागि समतामूलक अवसर सिर्जनामा केन्द्रित रहेको कुरा म यस सम्मानित सभामा जानकारी गराउन चाहान्छु । बडिगाड गाउँपालिकाको विकास समृद्धि र सुशासनक अभियानमा प्रत्यक्ष अप्रत्यक्ष रुपले सघाउ पुर्याउनुहुने गाउँसभाका सदस्यज्यूहरु नेपाल सरकार प्रदेश सरकार राजनीतिक दल राष्ट्रसेवक कर्मचारी बुद्धिजीवी निजी तथा गैरसरकारी क्षेत्र नगरिक समाज सञ्चारमाध्यम पत्रकार लागायत सम्पूर्ण बडिगाड गाउँपालिकावासी आमाबुवा दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक धन्यवाद ज्ञापान गर्दछु । नीति तथा कार्यक्रम निर्माण गर्न जति कठिन छ त्यो भन्दा कठिन कार्यान्वय गर्न हुन्छ । त्यसैले यो नीति तथा कार्यक्रमको सफल कार्यान्वयनका लागि सबै पक्षबाट सहयोग र रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दै नीति तथा कार्यक्रम निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्णप्रती आभार प्रकट गर्दै बिदा हुन्छु । धन्यवाद ।
जय बडिगाड । जय बडिगाडबासी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->