बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङ  नगरपालिकाको १५ औँ नगरसभामा उप-प्रमुख श्री राजु खड्काबाट प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेट 

बागलुङ  नगरपालिकाको १५ औँ नगरसभामा उप-प्रमुख श्री राजु खड्काबाट प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेट 


  • Dhorpatan News
  • असार १२ २०८१, मंगलबार
नगरसभाका अध्यक्ष महोदय,
नगरसभाका सदस्यज्यूूहरु
१. बागलुुङ नगरपालिकाको १५ औं नगरसभाको यो महत्वपूर्ण क्षण र विशेष अवसरमा नेपालको संविधानको धारा २३० तथा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७१ बमोजिम नगर उपप्रमुुखलाई प्राप्त जिम्मेवारी ग्रहण गर्दै आर्थिक वर्ष२०८०।०८१ को प्रगति समीक्षा र  आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम यस गरिमामय सभा समक्ष प्रस्तुुत गर्न गइरहेको छुु ।
२. यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका.लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलन, दशवर्षे जनयुुद्ध, राजनैतिक क्रान्ति एवं संघर्षका ऐतिहासिक तथा महान सहिदहरुप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धासुुमन अर्पण गर्दछुु । साथै घाइते तथा अंगभंग भएर बांचिरहनुुभएका सम्पूर्ण योद्धाहरुप्रति हार्दिक अभिनन्दन सहित उच्च सम्मान प्रकट गर्दछुु ।
३.  बागलुुङ नगरपालिकाको पहिलो जननिर्वाचित नगर प्रमुुख स्व.ऋषिराम शर्मा तथा नगर उप–प्रमुुख पद्मचन्द्र राजभण्डारीलगायत अग्रज नेतृत्वहरुको महत्वपूुर्ण योगदानको स्मरण गर्दै उच्च सम्मान व्यक्त गर्दछुु ।
४. संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोश्रो स्थानीय तहको निर्वाचनबाट हामीले यस नगरपालिकाको निर्वाचित जनप्रतिनिधीको जिम्मेवारी ग्रहण गरेको दुई वर्ष पुुरा भईसकेको छ । यस दुई वर्षमा नगरवासीहरुप्रति पूूर्ण रुपमा उत्तरदायी बनेर कार्य गरिरहेका छौं र सबै नगरवासीहरुबाट पाएको आत्मिय माया तथा प्राप्त सल्लाह, सुुझाव एवं स्वच्छ आलोचनाका लागि हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछुु ।
५.  विश्वब्यापी रुपमा देखिएको आर्थिक मन्दीले देशलाई गहिरो प्रभाव पारेको छ । राष्ट्रिय अर्थतन्त्र संकुुचित भएको बर्तमान अवस्थामा स्थानीय अर्थतन्त्र पनि मन्दीको मारबाट अछुुतो रहन सकेन । यो अवस्थामा पनि सन्तुुलित एवं समावेशी विकास, आर्थिक बृद्धि, सुुशासन, दीगो पूर्वाधार विकास, बालमैत्री स्थानीय शासन, रोजगारी तथा सीपमूलक तालिम, पर्यटन विकास र सामाजिक विकासको कार्यमा बजेट लक्षित गर्ने भरपुर प्रयास गरेको छुु ।
६. नेपालको संविधान, नेपालको दीगो विकास लक्ष्य, पन्ध्रांै योजना, नेपाल सरकारको नीति तथा कार्यक्रम, गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम, मध्यकालिकन खर्च संरचना, आवधिक योजना र बागलुङ नगरपालिकाको आवधिक योजना, मध्यमकालीन खर्च संरचनाले निर्दिष्ट गरेका योजना तथा बजेटसहित स्थानीय राजनीतिक दलहरु, स्थानीय विज्ञ, नागरिक क्षेत्रका अगुवा, विषयगत समिति लगायत सरोकारवाला संघ सस्थाहरुको सुुझावलाई बजेट तर्जुुमाको मुख्य मार्गदर्शनको रुपमा लिएको छुु । साथै यस गरिमामय नगरसभामा नगर प्रमुुखज्यूूबाट प्रस्तुुत आ.ब २०८१÷०८२ को नीति तथा कार्यक्रमलाई प्रमुुख आधार बनाई सिमित श्रोत र साधनबाट अधिकतम आवश्यकता सम्बोधन हुने गरी यो बजेट बनाएको छुु । साथै वडा समिति र टोल भेलाबाट प्राप्त भएका सुझावलाई समेत ग्रहण गरेको छु ।
सभाध्यक्ष महोदय एवं सभासदस्यज्यूूहरु
अव म बागलुुङ नगरपालिकाको गत आर्थिक बर्ष २०७९÷०८० को वित्तिय विवरणको यथार्थ अवस्था संक्षेपमा प्रस्तुुत गर्न चाहन्छुु ।
७.  आर्थिक वर्ष २०७९।०८० मा प्रस्तावित आय अनुमान रु. १,६२,९२,९४,६४७ । एक अर्व बैस्ठ्ठी करोड बयानब्बे लाख चौरानव्बे हजार छसय सत्चालिस रुपैया आय अनुमान भएकोमा  नेपाल सरकारवाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान तर्पm १७,०२,९२,५००। (सत्र करोड दुई लाख बयानब्बे हजार प“ाच सय), सशर्त अनुदान तर्पm रु ६०,१२,७९,०७६। (साठी करोड बाह्र  लाख उनासी हजार छहत्तर), विशेष अनुदान तर्पm २,५३,०५,३८९। (दुुई करोड त्रिपन्न लाख पा“च हजार तीन सय उनानब्बे मात्र) र समपुरक अनुदान तर्पm रु ६२,४६,०००। –बैसठ्ठी लाख छयालिस हजार मात्र ) गरी जम्मा रु ८०,३१,६२,९६५( अक्षेरुपी असी करोड एकतिस लाख बैसठ्ठी हजार नौ सय पैसठ्ठी) रुपैया,  प्रदेश सरकारवाट प्राप्त हुने समानीकरण अनुदान तर्पm रु १,९८,९४,०००। (एक करोड अन्ठानब्बे लाख चौरानब्बे हजार) रुपैया, समपुरक अनुदान रु ४४,५७,०००। (चवालिस लाख सन्ताउन्न हजार रुपैया) गरी जम्मा रु २,४३,५१,०००। (दुई करोड त्रिचालिस लाख एकाउन्न  हजार) रुपैयां त्यसै गरी राजश्व बांडफांड तर्पm रु ९,६१,७५,५८५। (नौ करोड एकसठ्ठी लाख पचहत्तर हजार पा“च सय पचासी रुपैया र आन्तरिक आय तर्पm रु ६,८१,६२,६४५। (छ करोड एकासी लाख बैसठ्ठी हजार छ सय पैतालिस) रुपैया र गत वर्षको मौज्दात तर्पm रु ३३,६६,५९,९७३। (तेत्तिस करोड छैसठ्ठी लाख उनसाठी हजार नौ सय त्रिहत्तर रुपैया मात्र ) गरी जम्मा रु १,३२,८५,१२,१६९। (एक अरब बत्तिस करोड पचासी लाख बाह्र हजार एक सय उनानसत्तरी रुपैयामात्र) यथार्थ आय प्राप्त भइ लक्ष्यको ८१.५३ प्रतिशत मात्र यथार्थ आय भएको ब्यहोरा गरिमामय सभामा जानाकारी गराउदछु ।
८. त्यसै गरी खर्चतर्पm आर्थिक विकासका लागि रु ५,८२,७४,६२०। (पा“च करोड बयासी लाख चौरहत्तर हजार छ सय बीस रुपैया मात्र ), सामाजिक विकासतर्पm रु ६३,४२,४८,८३२। (त्रिसठ्ठी करोड बयालिस लाख अठचालिस  हजार आठ सय वत्तिस रुपैया मात्र), पूूर्वाधार विकासतर्पm रु ३३,४३,२८,०८२। (तेत्तिस करोड त्रिचालिस लाख अठ्ठाईस हजार बयासी रुपैया मात्र, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्पm रु ११,३८,१७,६७२। (एघार करोड अठतिस लाख सत्र हजार छ सय बहत्तर रुपैया मात्र ) र कार्यालय सञ्चालन तर्पm रु १४,७०,९४,३८९। चौध करोड सत्तरी लाख चौरानब्बे हजार तिन सय उनानबब्बे रुपैया) गरी जम्मा रु १,२८,७७,६३,५९७÷– (एक अर्ब अठ्ठाईस करोड सतहत्तर लाख त्रिसठ्ठी हजार पा“च सय सन्तानब्बे रुपैया) मात्र खर्च भई कुल बजेट को ७९.०३ प्रतिशत खर्च भएको ब्यहोरा सम्मानित नगरसभा मा जानाकारी गराउन चाहन्छु ।
सभाध्यक्ष महोदय एवं सभासदस्यज्यूूहरु,
    अव म चालु आ.व.२०८०।०८१ को वजेट योजना तथा कार्यक्रम कार्यान्वयनका सन्दर्भमा देखिएका तथ्यहरु र वजेटको स्वरुपलाई प्रस्तुुत गर्ने अनुुमति चाहन्छु ।
९. नेपाल सरकारवाट प्राप्त हुने वित्तिय समानीकरण अनुदानतर्पm १५,८५,००,०००। (पन्ध्र करोड पचासी लाख ) अनुमान भएकोमा रु ११,७४,६४,३५०। (एघार करोड चौहत्तर लाख,चौसठ्ठी हजार तीनसय पचास रुपैया मात्र) प्राप्त भएको,  सशर्त अनुदान रु ७०,७४,६९,०००। (सत्तरी करोड चौरहत्तर लाख उनानसत्तरी हजार रुपैयां मात्र( आय अनुमान भएकोमा रु ६९,९६,५२,६७३ (उनानसत्तरी करोड छयानब्बे लाख बाउन्न हजार छ सय त्रिहत्तर मात्र) प्राप्त भएको, राजश्व वांडफांडतर्पm रु १६,०३,६०,०५०। ( सोह्र करोड तिन लाख साठी हजार पचास रुपैयां मात्र) आय अनुमान भएकोमा रु १२,०९,६४,६४३। (वाह्र करोड नौ लाख चौसठ्ठी हजार छ सय त्रिचालि रुपैया मात्र ) प्राप्त भएको, प्रदेश सरकारवाट प्राप्त हुने समानीकरण अनुदान, समपुरक र सर्शत अनुदान तर्पm रु ३,५३,१५,०००। ( तीन करोड त्रिपन्न लाख पन्ध्र हजार रुपैया मात्र) आय अनुमान भएको रु २,३३,६१,२५०। ( (दुइ करोड तेत्तिस लाख एकसठ्ठी हजार दुइ सय पचास रुपैया मात्र) प्राप्त भएको, आन्तरिक राजश्व आय तर्पm रु २३,३८,६०,२५०। (तेइस करोड अठतिस लाख साठी हजार दुइ सय पचास) रुपैया मात्र गत बर्षको मौज्दात सहित आय अनुमान भएकोमा आय रु ११,४१,३३,५५५। (एघार करोड एकचालिस लाख तेत्तिस हजार पा“च सय पचपन्न रुपैया मात्र) प्राप्त भइ जम्मा रु १,०९,२६,७६,४७२÷– (एक अरव नौ करोड  छब्विस लाख छहत्तर हजार चार सय बहत्तर रुपैया मात्र) वास्तविक आय प्राप्त भएको, आय अनुमानमा अझै रु. २३,४३,२७,८२७।–(तेइस करोड त्रिचालसि लाख सत्ताइस हजार आठ सय सत्ताइस रुपैया मात्र ) प्राप्त हुन बा“की रहेको र यस अवधिसम्म चालु खर्च ७७.३३ प्रतिशत,  पूंजीगत खर्च ४७.१६ प्रतिशत र बित्तिय ब्यवस्था खर्च ४२.८६ भइ जम्मा खर्च प्रतिशत ६६.३४ भएको व्यहोरा जानाकारी गराउन चाहन्छु ।
सभाध्यक्ष महोदय एवं सभासदस्यज्यूूहरु,
 चालु आ.व.२०८०।०८१ का विद्यमान आर्थिक गतिविधिहरु एवं बजेट कार्यान्वयनको सन्दर्भमा देखिएका केहि चुनौतीहरुलाई  समीक्षात्मक रुपमा प्रस्तुुत गर्दछुु ।
१. आन्तरिक श्रोतमा अपेक्षित उपलव्धी नभएका कारण श्रोतमा न्यूनता आएको छ ।
२.आर्थिक श्रोत साधनको सीमितता र स्थानीय असिमित आवश्यकता रहेका छन् ।
३. केन्द्र तथा प्रदेश सरकारवाट प्राप्त हुनुुपर्ने राजश्व वांडफांड र बित्तिय समानीकरणको अनुदान अन्तर्गतको रकम अपेक्षित रुपमा प्राप्त हुन सकेन ।
स्वीकृत आयोजनाहरुको कार्यान्वयन तिव्र गतिमा भयो, जसले गर्दा कार्य सम्पन्नताका आधारमा भुक्तानी दायित्व श्रृजना भयो तर अपेक्षित आयको लक्ष्य हासिल गर्न सकिएन । जसले गर्दा वित्तिय व्यवस्थापनमा चुनौती थपिएको छ ।
सभाका अध्यक्ष महोदय,
 चालु आ.व. २०८०÷०८१ का लागि स्वीकृत योजना तथा कार्यक्रमहरु कार्यान्वयनमा श्रोतगत चुनौतीहरुका बावजुद पनि  भए गरिएका उपलव्धीहरुलाई संक्षेपमा उल्लेख गर्ने अनुमति चाहन्छु ।
१. तेहौं र चौंधौ नगर सभाबाट स्वीकृत भएका योजना तथा कार्यक्रमहरु मध्ये ५०२ योजना तथा कार्यक्रमहरु उपभोत्ता समिती मार्फत सम्झौता गरि कार्य थालनी भएकोमा हाल सम्म ३३५ योजना तथा कार्यक्रमहरु सम्पन्न भइ ६६.८६ प्रतिशत भौतिक प्रगति भएको छ भने नगरस्त्तरीय ठुला प्रकृतिका १४ वटा आयोजनाहरु निर्माण ब्यवसायी मार्फत संचालन गरि ६० प्रतिशत भौतिक प्रगती सहित निर्माण कार्य भैरहेको छ ।
२. बागलुङ नगरपालिकामा उपभोक्ता समिति मार्फत संचालित महत्वपूर्ण आयोजना मध्ये बागलुङ नगरपालिका वडा न.ं ९ स्थित डोयमा निर्माणाधिन रु ७०,००,०००। सत्तरी लाखको क्रमागत आयोजना व्लुहिलको पर्खाल चिन्ने,शौचालय निर्माण गर्ने लगायतका कार्य गरी लागत अनुमान अनुसार यस आ.व.मा ७० प्रतिशत कार्य सम्पन्न भएको छ । त्यसै गरी बागलुङ नगरपालिका वडा न.ं २ मा निर्माणाधिन ट्राफिकचोक देखी धौलागिरी अस्पताल सम्मको फुटपाथ निर्माण कार्यको ७० प्रतिशत कार्य सम्पन्न भएको छ । बागलुङ नगरपालिका वडा न.ं १० स्थित एक्लेसालको पहिरो नियन्त्रण,बा.न.पा. ११ को रामतोला पहिरो नियन्त्रण र कुकुर सेल्टर जस्ता योजनाहरु संचालन भैरहेका छन ।
३. नेपाल शहरी शासकिय सुधार तथा पूर्वाधार कार्यक्रम (ल्ग्न्क्ष्ए) अन्तर्गत मुलपानी स्कूल–हर्राचौर–कालीमाटी–तितौरे सडक वडा न.ं ७, वडारचौर–ढोडेनी–फोर्से सडक स्तरोन्नती वडा न.ं ४ र माझीबस्ती–निरहेघाट सडक स्तरोन्नती वडा न.ं १ का सडक आयोजनाहरु आशिष÷फेवा जे.भि. विच सम्झौता गरी निर्माण कार्य अगाडी बढेको व्यहोरा यस गरिमामय सदनमा जानकारी गराउदछु ।
४. वालमैत्री कार्यक्रमलाई मध्यनजर राखी नगर कार्यपालिकाको निर्णयानुसार यस बर्ष बालमैत्री स्थानीय शासनका ५१ वटा सुचकहरु र ८८ प्रकारका फाइल ब्यवस्थापन समबन्धी जनप्रतिनिधी,पत्रकार,स्वास्थ्यकर्मी,विद्यालयका प्रधानाध्यामक,विद्यालयका बालमैत्री फोकल व्यक्ति, र महिला स्वयम्सेविकाहरुलाई अभिमुखीकरण गरिएको छ । त्यसै गरी ४०० वटा बालसंजाल र नगर बाल संजाल समेत गठन भएको र विद्यालय तथा नगर स्तरमा बालबालिकाहरु बिच विभिन्न विधामा प्रतियोगिताहरु सम्पन्न भएका छन् साथै १४ वटै वडाहरुमा वडा समिति र बाल समिति गठन गरी अभिमुखीकरण गर्ने कार्य सम्पन्न भएको  र ५१ वटा सूचकहरु मध्ये ७५ प्रतिशत सूचकहरु पुरा भएको व्यहोरा जानकारी गराउदछु ।
५. १० लाखभन्दा माथिका योजना तथा कार्यक्रमहरुको प्रभावकारी अनुगमन नगरस्तरीय समितिबाट र सो भन्दा कम बजेटका योजना वडास्तरीय समितिबाट र अन्य महत्वपूर्ण योजनाहरु जिला स्तरीय अनुगमन समितिबाट गरी काम गरेका योजना तथा कार्यक्रमको सम्बन्धित फिल्डमा पुगी नापजाँच गरी भुक्तानीका लागि सुझाव सहित नगरपालिकामा सिफारिश गर्ने कार्य गरिएको छ । काम अधुरो र कमजोर निर्माण गरेका योजनाको हकमा सुधार समेत गर्न लगाई भए गरेका कार्यहरुको यथार्थ मूूल्याङ्कन गरी भुक्तानीका लागि सिफारिश गर्ने गरिएको छ ।
६. निर्माण व्यवसायीबाट निर्माण भएका योजनाहरुको हकमा फिल्डमा निर्माण कार्य राम्रो गरेकाको हकमा मात्र सिफारिश गर्ने गरिएको, केहि रुग्ण आयोजनाहरुको हकमा नगर कार्यपालिकाको बैठकमा छलफल गर्ने कार्य अगाडि बढाईएको छ ।
७.  नगर क्षेत्रभित्र नियमित यातायात संचालनका लागि सम्बन्धित फिल्डमा गई तत्काल डोजर लगाई बाटो खुलाउने कार्य गर्ने गरिएको छ ।
८.  अन्य कार्यालयबाट संचालन गरिएका ठूला पूर्वाधार आयोजनामा डुब्लिकेशन हुन नदिन फिल्डमा गएका वेला अनुगमन गरी तत्काल सम्बन्धित कार्यालयसंग समन्वय गरिएको छ ।
९. नगरस्तरीय अनुगमन समितिको पहलमा जिल्ला स्तरीय निकायका प्रमुख सहितको टिमबाट क्रसर
उद्योग लगायत ठूला पूर्वाधार आयोजनाहरुको अनुगमन गराउने कार्य शुरुवात गरिएको छ ।
१०.. दावगरामा बसपार्कमा मौजुदा सडकको स्तरोन्नती गर्ने कार्य अन्र्तगत नाली निर्माण,सडक ग्राभेल गर्ने कार्य लगायतका कार्य सम्पन्न भै सकेकाले यसै आर्थिक वर्षमा बसपार्क संचालन गर्ने गरी तयारी भैरहेको छ ।
११. शहरी ढल तथा भल व्यवस्थापन गर्ने कार्य कार्यान्वयनको लागि आववश्यक पहल भैरहेको छ ।
१२. बागलुङ नगर क्षेत्रभित्र रहेका पर्यटकिय स्थलहरुको बारेमा पर्यटकलाई जानकारीमा सहजता ल्याउनको लागि क्यूआर कोड निर्माण गरी सम्बन्धित पर्यटकिय स्थलहरुमा राखिएको छ । पर्यटकहरुको सहजताको लागि गल्लीको नाम र नम्बर राख्ने कार्य यसै आर्थिक बर्षमा सम्पन्न गर्ने गरी अन्तिम चरणमा पुगेको छ । बागलुङ नगरपालिकालाई पर्यटन क्षेत्रमा पहिचान गराउने  उद्धेश्यका साथ बागलुङ नगरपालिकाको पर्यटन नारा र लोगो समेत निर्माण गरिएको छ भने नगरका २४ वटा सामुदायिक विद्यालयहरुमा पर्यटन विद्यार्थी क्लव गठन गरी नगरस्तरीय पर्यटन विद्यार्थी क्लव गठन गर्ने तयारीमा लागिएको छ । बागलुङ नगरपालिकालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पर्यटन विकासमा टेवा पुग्ने गरी मठ, मन्दिर तथा सांस्कृतिक महत्वका विषयमा लगानी गरिएको छ ।
१३. बजार क्षेत्रको सुरक्षाका लागि सि.सि. क्यामरा जडान गरिएको छ । यसै गरी मालढुंगामा स्वागत वोर्ड सहित सो स्थानबाट रामरेखा, उपल्लाचौर हुदै कुंडुलेसम्म सोलार वत्ती जडान गर्ने कार्य थालनी गरिएको छ । बजार क्षेत्रमा पनि सोलार वत्ती जडान गर्ने कार्य सम्पन्न गरिएको छ ।
१४ फोहरमैला व्यवस्थापन अन्तर्गत ल्याण्डफिल्ड साईटमा रहेको पुरानो फोहोरलाई सोही ल्याण्डफिल्ड साईतको पश्चिम तर्फ रहेको खाली जग्गामा ४५०० घन मिटर फोहोर व्यवस्थापन गरिएको छ । बा.न.पा.को बजार क्षेत्र बाहेक वडा न.ं  १४ नारायणस्थान पनि शहरोन्मुख वडा भएका कारण उक्त वडाबाट समेत फोहोर मैला उठाउने कार्य शुरुवात गरिएको छ । मौजुदा कर्मचारी मार्फत नाली सरसफाईको कार्य नियमति रुपमा गरिएको छ भने फोहोर संकलन गर्ने सवारी साधन फोहोर संकलन गर्न अप्रयाप्त भएको कारण नया“ फोहोर फाल्ने ट्याक्टर चालु आ.व.मा खरिद गरिएको छ  भने हालसालै मात्र नेपाल सरकार र जापान सरकारको सहकार्यमा घुम्ती शौचालय अनुदानको रुपमा प्राप्त भएको छ ।
१५. हेफर ईन्टरनेशनल नेपाल संगको सहकार्यमा बागलुङ नगरपालिकाले संचालन गरेको आत्मनिर्भर बागलुङ कार्यक्रम अन्तरगत बागलुङ नगरपालिकाको वडा न.ं ५,७,१०,११,१२ र १३ मा १८ वटा मुल समुह १२ वटा उपहार समुह गठन गरी हाल सम्म ९८ वटा बाख्रा,३३ वटा उन्नत जातको बोका वितरण गरिएको छ । समुहका किसानहरुलाई २४ वटा हलो,३० वटा प्लाष्टिक टनेल,१९ वटा भकारो सुधार,३४ वटा बाख्राको खोर,सबै समुहमा विउ वितरण तथा आवश्यक तालिमहरु सम्पन्न भएका छन् ।
१६. नगरको छोरी कार्यक्रम अन्तरगत यस आर्थिक वर्षमा १०१ नगरको छारीलाई आवश्यक प्रक्रिया पूरा गरी रु.५०००। का दरले २० वर्षे मुद्दति खाता खोल्ने कार्य सम्पन्न भएको छ ।
आदरणीय सभाध्यक्ष तथा सदस्यज्यूहरु,
अब म आन्तरिक तथा बाह्य राजश्व परिचालनको क्षेत्रतर्फ भएको प्रगतिबारे संक्षिप्त विवरण पेश गर्ने अनुमति चाहन्छु ।
राजश्व परिचालनतर्पm
नगरपालिकाको आ. व. २०८०।८१ को लागि १ अर्ब ३२ करोड ७० लाख ४ हजार ३ सय संशोधित अनुमान स्वीकृत गरिएकोमा २०८१ जेष्ठ महिनाको ७ गते सम्म १ अर्ब ९ करोड २६ लाख ७६ हजार ४ सय ७२ रुपैयाँ अर्थात कुल अनुमानको ८२.३४%  संकलन भएको व्यहोरा पेश गर्दछु ।
बजेट तथा खर्चको विवरण ः–
चालु खर्चतर्फः
चालु खर्च शिर्षक अन्तर्गत ८४ करोड ५० लाख ८४ हजार ५ सय रुपैयाँ संशोधित विनियोजन स्विकृत गरिएकोमा २०८१ जेष्ठ महिनाको ७ गते सम्म ६५ करोड ३४ लाख ७० हजार ४ सय ५९ रुपैयाँ ७० पैसा अर्थात कुल स्विकृत विनियोजनको ७७.३३% खर्च भएको छ ।
पुँजीगत खर्चतर्फः
पुंँजीगत खर्च शिर्षक अन्तर्गत ४७ करोड ४९ लाख १९ हजार ८ सयरुपैयाँ संशोधित विनोयोजन स्विकृत गरिएकोमा २०८१ जेष्ठ महिनाको ७ गते सम्म २२ करोड ३९ लाख ५५ हजार ३ सय ८९ रुपैयाँ २३ पैसा  अर्थात कुल स्वीकृत विनियोजनको ४७.१६% खर्च भएको व्यहोरा जानकारी गराउँदछु ।
वित्तीय व्यवस्थातर्फः
वित्तिय व्यवस्थापन खर्च शिर्षक अन्तर्गत ७० लाख विनोयोजन स्विकृत गरिएकोमा हालसम्म ३० लाख अर्थात कुल स्विकृत विनियोजनको ४६.८६ % वित्तीय प्रगती हासिल भएको व्यहोरा प्रस्तुत गर्दछु । समग्रमा, सोहि अवधिसम्म ८८ करोड ४ लाख २५ हजार  ८  सय ४८ रुपैयाँ खर्च अर्थात ६६.३४ % वित्तीय प्रगती हासिल भएको व्यहोरा पेश गर्दछु । चालु आ.व. का स्वीकृत योजनाहरु सम्झौता तथा कार्यान्वयन भई भुक्तानी हुने क्रममा रहेकोले यसको वित्तीय प्रगती आर्थिक वर्षको अन्त्य सम्ममा ८० प्रतिशत सम्म पुग्ने अपेक्षा गरेको छु ।
आदरणीय सभाध्यक्ष तथा सदस्यज्यूहरु,
अब म चालु आ. व. २०८०।८१ मा नगरपालिकाको विषयगत क्षेत्रतर्फ भएको प्रगतिबारे संक्षिप्त विवरण पेश गर्ने अनुमति चाहन्छु ।
आर्थिक विकास क्षेत्र
आ. व. २०८०।८१ मा आर्थिक विकास क्षेत्रका लागि ४ करोड १५ लाख ५४ हजार २ सय विस रुपैयाँ संशोधित अनुमान स्विकृत गरिएकोमा हाल सम्मा १ करोड ५१ लाख ८४ हजार ९ सय ९५ रुपैयाँ अर्थात कुल अनुमानको ३६.५४% वित्तीय प्रगति हासिल भएको छ ।
सामाजिक विकास क्षेत्र
आ. व. २०८०।८१ मा सामाजिक विकास क्षेत्रका लागि १७ करोड ७७ लाख ३० हजार संशोधित अनुमान स्वीकृत गरिएकोमा हालसम्म १० करोड ५२ लाख ५३ हजार १ सय २४ रुपैयाँ अर्थात कुल अनुमानको ५९.२२% वित्तीय प्रगति भएको छ ।
पूर्वाधार विकास क्षेत्र
आ.व. २०८०।८१ मा पूर्वाधार विकास क्षेत्रका लागि ४१ करोड ९२ लाख ४३ हजार ८ सय  रुपैयाँ संशोधित अनुमान स्वीकृत गरिएकोमा हालसम्म २०  करोड ५० लाख ५६ हजार २ सय ३६ रुपैयाँ अर्थात कुल अनुमानको ४८.९१ प्रतिशत वित्तीय प्रगति हासिल भएको व्यहोरा पेश गर्दछु ।
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र
आ. व. २०८०।०८१ मा सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि ६ करोड ४१ लाख ७६ हजार २ सय ५० रुपैयाँ संशोधित अनुमान स्वीकृत गरिएकोमा हालसम्म १ करोड ८५ लाख ९६ हजार ८१ रुपैयाँ अर्थात कुल अनुमानको २८.९८ प्रतिशत वित्तीय प्रगति हासिल भएको जानकारी गराउछु ।
कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र
आ. व. २०८०।८१ मा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि ६२ करोड ४३ लाख रुपैयाँ संशोधित अनुमान स्विकृत गरिएकोमा हाल सम्म ५३ करोड ६३ लाख ३५ हजार ४ सय १० रुपैयाँ अर्थात कुल अनुमानको ८५.९१ प्रतिशत वित्तीय प्रगति हासिल भएको व्यहोरा पेश गर्दछु ।
आदरणीय सभाध्यक्ष तथा सदस्यज्यूहरु,
अब म नगरपालिकाको विकासका चुनौती र अवसरहरु प्रस्तुत गर्ने अनुमती चाहन्छु ।
माथि प्रस्तुत गरिएको चालु आ. व.२०८०।८१ को हाल सम्मको अवधिको वित्तीय तथा भौतिक प्रगती विवरणको आधारमा तयार गरिएको संक्षिप्त समिक्षाको प्रवृत्ति विश्लेषण गर्दा आ. व. २०८१।०८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न केहि चुनौती तथा अवसरहरु रहेको देखिएको छ । नगरपालिकाको विकाससँग सम्बन्धित योजना तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्दै गर्दा देखा परेका चुनौतीहरुलाई प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
चुनौतीहरुः
१. नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (संशोधन सहित) बमोजिमका व्यवस्थाहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्ने,
२. सीमित स्रोत र साधनबाट असिमित जनचाहना तथा सबै तर्फका आवश्यकताहरुलाई एकमुष्ट रुपमा तत्कालै सम्बोधन गर्ने,
३. विभिन्न सात तहसम्मको योजना प्रक्रिया पूरा गरी योजना माग, छनौट, प्राथमिकीकरण र कार्यान्वयनमा कानूनी व्यवस्था अनुरुपको उत्तरदायित्व पूरा गर्न स–साना योजनाहरुलाई वडा तहबाट सम्बोधन गर्न लगाई मझौला आकारका योजनामा नगरपालिकाको बजेटलाई केन्द्रित गर्ने,
४. उपभोक्ता समितिको काम कारवाहिमा पारदर्शिता, जवाफदेहिता र अर्थपूर्ण जनसहभागीता कायम राख्ने,
५. ठेक्का तथा उपभोक्ता समिति मार्फत गरिने कार्य समयमा सम्पन्न गर्ने,
६. गैर सरकारी संस्था क्षेत्रको बजेट, कार्यक्रमलाई नगरपालिकाको प्राथमिकता क्षेत्रमा केन्द्रित गर्ने,
७. दिगो विकासको लक्ष्य प्राप्त गर्न नीति तथा कार्यक्रममा लक्ष्यहरुलाई स्थानीयकरण गर्ने,
८. आन्तरिक राजश्व संकलनको लक्ष्यलाई हासिल गर्न स्थानीय नागरिक तथा स्थानीय सरकारप्रति एक अर्काका पूरकका रुपमा रहेको आभाष दिलाउँदै घरदैलोको सरकारका रुपमा आशा र भरोसाको सञ्चार गर्ने,
९. आर्थिक संकटका कारण नेपाल सरकार तथा प्रदेश सरकारबाट अनुमान गरिएको राजश्व तथा अनुदानको रकम सबै प्राप्त हुने अवस्थाको सुनिश्चितता नहुँदा तर्जुमा गरिएका योजनाहरुको कार्यान्वयनमा द्विविधा हुने गरेको ।
आदरणीय सभाध्यक्ष तथा सदस्यज्यूहरु,
माथि उल्लिखित चुनौतीहरु विद्यमान हुँदाहुँदै पनि यस नगरपालिकाको सामाजिक, आर्थिक, वातावरणीय तथा भौगोलिक विशिष्टताका कारण हामीसंग उपलब्ध अवसर र सम्भावनालाई नगरको विकासका लागि संम्पत्तिको रुपमा लिई हाम्रा कार्यहरु अघि बढाउनु पर्नेछ ।
अवसर तथा सम्भावनाहरुः
१. मुलुकको गौरवको योजनाका रुपमा रहेका मध्य पहाडी राजमार्ग र कालिगण्डकी करिडोर जस्ता महत्वपूर्ण राजमार्गहरुको सहज पहुँच,
२. साविक धौलागिरी अञ्चलकै सदरमुुकाम तथा जिल्ला सदरमुकाम नै बागलुङ नगरपालिकामा अवस्थित भएको कारण विभिन्न सरकारी कार्यालय, निजि तथा गैर–सरकारी संघ संस्था तथा नेपालको उच्च तह सम्म पहुँच राख्ने विशिष्ट व्यक्तिहरुसँगको आवश्यकता बमोजिमको पहुँच तथा उपलब्धता
३. हावापानी तथा जलवायुको दृष्टिबाट आवासीय सहरको सम्भावना भई तिव्र शहरीकरण हुँदै गरेको,
४. विभिन्न स्थानीय स्रोत र साधनहरुको परिचालन गरी स्थानीयस्तरमा उद्योग, पर्यटन तथा अन्य व्यवसाय सञ्चालनमा सहजता देखिएको,
५. नगरपालिका र वरिपरिका क्षेत्रलाई प्याकेजको रुपमा धार्मिक, ऐतिहासिक सम्पदा एवम् उष्णदेखि शितोष्ण जलवायु भएका विविधतायुक्त प्राकृतिक सौन्दर्य भएका स्थानहरु समेटी उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने,
६. स्थानीय स्तरमा उपलब्ध भएका खनिज तथा नदीजन्य पदार्थको व्यवस्थित उत्खनन् र उपयोग गरी नगरपालिकाको विकास निर्माण तथा आयस्रोत बढाउन सकिने प्रशस्त सम्भावनाहरु रहेका छन् ।
७. संघ÷प्रदेशबाट नगरपालिकाको लागि पर्यटन,यातायात लगायतका पूर्वाधारहरुमा बजेट सम्बोधन हुने गरेको छ ।
सभाध्यक्ष महोदय एवं सभासदस्यज्यूूहरु
अब म आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेटका उद्धेश्य र प्राथमिकताहरु प्रस्तुुत गर्ने अनुमति
चाहन्छुु ।
क) नगरको अर्थतन्त्रलाई चलायमान बनाइ उच्च एवं समावेशी आर्थिक बृद्धि हासिल गर्ने ।
ख) बाल मैत्री स्थानीय शासन कार्यक्रमको कार्यान्वयन संगै आगामी आर्थिक वर्षको पौस मसान्त सम्म बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने ।
ग) शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता नागरिकका अत्यावश्यकीय सेवालाई गुुणस्तरीय र आम नागरिकको पहुच सहजरुपमा   पर्याउने ।
घ) सुुशासन र नागरिक मैत्री सेवा प्रवाह गर्ने ।
ङ) फोहोर मैलाको व्यवस्थापन तथा वातावरण संरक्षणमा सहयोग पुु¥याउने ।
च) नगर क्षेत्र भित्र रहेका श्रमिकहरुको सीप,अनुभव, र व्यक्तिगत विवरण समेतको अभिलेख रहने गरी श्रमबैंक स्थापना गरी श्रमबैंकमा आवद्ध श्रमिकहरुलाई रोजगारको अवसारहरु सृजना गर्ने र समान कामको लागि समान ज्यालाको सिद्धान्तलाई कडाइका साथ कार्यान्वयनमा जोड दिइने ।
छ) कृषि पशुु तथा पर्यटन विकास जस्ता आर्थिक विकासका क्षेत्रहरुमा टेवा पुु¥याउने ।
ज) योजना निर्माण, विकास र समृद्धिमा सार्वजनिक नीजि र सहकारी क्षेत्रको साझेदारीलाई उच्च प्राथमिकता दिने ।
झ) उत्पादनशील गतिविधि सञ्चालन गरी, उद्यमशीलता तथा स्थानीय रोजगारी श्रृजना गर्ने ।
ञ) अनुुसन्धान र सामाजिक विकासका कार्यलाई प्राथमिकतामा राख्ने
सभाध्यक्ष महोदय एवं सभासदस्यज्यूूहरु
  अब म आर्थिक बर्ष २०८१÷८२ का लागि लिईएको राजश्व सम्बन्धी नीतिहरु प्रस्तुुत गर्दछुु ।
१. बागलङ नगरपालिकाले स्वीकृत गरेका मौजुदा करका श्रोतहरुका आधारमा स्वीकृत राजश्व असुलीलाई प्रभावकारी वनाई स्थानीय श्रोत साधनको समुचित उपयोगको नीति लिईएको छ ।
२. नगरका विभिन्न वडामा रहेका स्थानीय श्रोतहरुको अध्ययन गरी अवस्था र आवश्यकता अनुसार कानून निर्माण गरी सम्भाव्य श्रोतहरुको समुचित उपयोगको नीति लिईएको छ ।
३. नगरमा सञ्चालित विभिन्न पेशा व्यवसाय उद्योग धन्दाको वातावरणीय प्रभावको अध्ययन गरी प्रदुुषणको मात्राको आधारमा प्रदुुषण शुल्क लगाई स्थानीय प्रदुुषण नियन्त्रणको प्रभावकारी संयन्त्र निर्माण गरिने छ ।
४. नगर क्षेत्र भित्र सञ्चालित ठुला आयोजनाको निर्माणका कारण सडक जिर्ण हुने अवस्था आएमा त्यस्तो जिर्ण अवस्थाको मुल्यांकनका आधारमा स्थानीय सडक उपयोग सम्बन्धी शुल्क लगाउन आवश्यक नीति निर्माण गरिने छ ।
५. सांघुरा सडकहरु त्यसमा पनि सवारी चाप र लामो समयसम्मको पार्किङले गर्दा वजारका सडकहरु जाम हुने गरेकाले सडकमा पार्किङ गरि राख्ने मोटर साईकलहरुमा प्रतिदिन रु १० मात्र पार्किङ शुल्क लगाई सडकमा पार्किङको चापलाई कम गर्ने नीति लिएको छु ।
६. काठेखोला सहित सम्भाव्य स्थलको प्रारम्भिक वातावरणीय अध्ययन गरी प्रतिवेदनका आधारमा नदी खोलाको पर्यवरणीय सन्तुुलन नविग्रने गरी नदी जन्य पदार्थको उत्खनन गरी आन्तरिक श्रोत बृद्धि गरिने छ ।
७. नगर क्षेत्र भित्र दर्ता नगरी संचालनमा रहेका पेशा व्यवसाय तथा फर्महरुलाई आगामी असोज मसान्तसम्म दर्ता गर्न समय दिइएको छ । उक्त अवधि भित्र दर्ता नगरेमा नियमानुुसार कारवाहीको प्रकृया अगाडी बढाइने छ ।
८. बजारलाई मर्यादित, स्वच्छ, प्रतिस्पर्धी र उपभोक्ता मैत्रि बनाउनलाई बजार अनुुगमन कार्यलाई सरोकारवालाहरुको समेत सहभागितामा प्रभावकारी बनाइने छ ।
९.नगर क्षेत्रको जग्गा वर्गिकरण गरी सम्पत्ति करलाई समय सापेक्ष बनाइने छ ।
१०.नगर क्षेत्रमा रहेका पार्क तथा सार्बंजनिक स्थलहरुलाई आवश्यक कार्यविधिका आधारमा करार गरी निजी क्षेत्रको माध्यमद्धारा संचालन गर्ने व्यवस्था मिलाईने छ । साथै व्यवसाय करका सम्बन्धमा बागलुङ उद्योग बाणिज्य संघ,बागलुङ संग सहकार्य गर्ने नीति लिईने छ ।
११. आर्थिक बर्ष ०८१÷८२ का लागि प्रस्तावित व्यवसाय कर तथा सम्पत्ति करमा पौष मसान्त भित्र कर बुुझाउने करदातालाई  आ.व. २०८१।०८२ को बार्षिक करमा १० प्रतिशत छुट दिइने छ । यो नीतिले करदातालाई प्रोत्साहित गर्ने छ र समयमा कर तिर्ने भावनाको विकास हुने अपेक्षा गरेको छुु । तर २०८०।०८१ मा पनि बक्यौटा रहन गएको यस्तो करमा छुट हुने छैन ।
१२.आगामी आर्थिक बर्षका लागि तालिम, भ्रमण तथा बैठक भत्ता कटौती गरेको छुु । अत्यावश्यकीय बैठक, तालिम तथा कार्यक्रम वाहेकका अन्य बैठक तथा गतिबिधिहरुका लागि भर्चुअल  मिटिङको व्यवस्था मिलाई मितव्ययीताको  सिद्धान्त अवलम्वन गर्ने नीति लिएको छुु ।
१३. स्थानीय करलाई राजश्व विज्ञ परामर्शदाताको माध्यमवाट राजश्व सम्बन्धी अध्ययन गराई प्राप्त तथ्य र प्रतिवेदनका आधारमा सरोकारवालाहरुको सहभागितामा प्रशिक्षण गराई स्थानीय करको पहिचान तथा करलाई परिभाषित गरी नगरवासीहरुलाई उत्तरदायी बनाईने छ ।
१४. सम्पक्ति कर तथा भूमीकर प्रयोजनको लागि कायम गरिएको जग्गाको न्यूनतम मुल्यांकनका सम्बन्धमा बागलुङ नगरपालिका वडा न.ं १४ लगायत अन्य वडाबाट समेत जनगुनासो प्राप्त भएकोले बागलुङ नगरपालिका भित्रका जग्गाको न्यूनतम मुल्यांकनका लागि कार्यदल गठन गरी कर प्रणालीलाई समय सापेक्ष बनाईने छ ।
सभाध्यक्ष महोदय एवं सभासदस्यज्यूूहरु,
 अब म आगामी आर्थिक बर्ष २०८१।०८२ को नीति तथा कार्यक्रमहरुको कार्यान्वयनका लागि बजेट श्रोत अनुमान तथा खर्च प्रस्ताव सम्बन्धी संक्षिप्त विवरण प्रस्तुत गर्ने अनुमति चाहान्छुु ।
नेपाल सरकारवाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान तर्पm १५,८७,००,०००। (पन्ध्र करोड सतासी लाख )सशर्त अनुदान तर्पm रु ९९,८७,३८,०००। (उनानसय करोड सतासी लाख अठतिस हजार रुपैया मात्र),समपुरक अनुदान तर्पm रु ४,००,००,०००। (चार करोड रुपैया मात्र ), प्रदेश सरकारवाट प्राप्त हुने समानीकरण अनुदान तर्पm रु २,२६,७६,०००। (दुुइ करोड छव्विस लाख छेहत्तर हजार रुपैया मात्र), समपुरक र बिशेष अनुदान १००,००,०००। (एक करोड रुपंैया मात्र) संघ, प्रदेश र स्थानीय तहको राजश्व बा“डफांड रु १६,४९,५०,१८६। (सोह्र करोड उनन्पचास लाख पचास हजार एक सय छ्यासी रुपैया मात्र ) त्यसै गरी आन्तरिक राजश्व आय तर्पm रु.७,४९,८२,०००। (सात्््््््् करोड  उनन्पचास लाख बयासी हजार रुपैया मात्र ) र बैंक मौज्दात र अन्य विविध आय गरी आय रु. १४,५८,०८,१७१ (चौध करोड अन्ठाउन्न लाख आठ हजार एकसय एकहत्तर)  रुपैया मात्र समेत गरी जम्मा रु १,६१,५८,५४,३५७(एक अरव एक्सठ्ठी करोड अन्ठाउन्न लाख चौउन्न हजार.तिनसय सन्ताउन्न  रुपैया मात्र) आय अनुमान गरि सोहि वमोजि व्ययको व्यवस्था मिलाएको छु ।
सभाका अध्यक्ष महोदय
  चालु आ.व. २०८१।०८२ को कुल आय अनुमान रु  १,६१,५८,५४,३५७। (एक अरव एकसठ्ठी करोड अन्ठाउन्न लाख चौवन्न हजार तीन सय सन्ताउन्न रुपैया) लाई देहाय वमोजिम वांडफांड गरी देहाय वमोजिमका अनुसूचीहरुमा प्रस्ताव गरेको छु ।
१.कुल अनुमानित आय व्ययको विस्तृत विवरण अनूसूची १ मा प्रस्ताव गरेको छु ।
२. राजश्व अनुमानको विस्तृत विवरण अनुसूची २ मा प्रस्ताव गरेको छु ।
३.कृयाकलाप तथा योजनागत ब्यय अनुमान सुत्र प्रतिवेदन अनुसूची ६ संलग्न छ ।
नगर सभाका अध्यक्ष महोदय,
नगर सभा सदस्यज्यूहरु,
अव म यस गरिमामय सभामा क्षेत्रगत विनियोजन प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
१.आर्थिक विकास समितितर्फ ः
नगर उपप्रमुख पर्यटन विकास कार्यक्रम,आत्मनिर्भर बागलुङ,कृषि तथा पशुपंक्षी कार्यक्रम,सहकारी,जलस्रोत,सिंचाई लगायतका कार्यक्रममा विनियोजन भएको रु.५,५१,०१०००। पांच करोड एकाउन्न लाख एक हजार रुपैया मात्र अर्थात कूल विनियोजित रकमको ३.४१ प्रतिशत विनियोजन गरेको छु ।
२.पूर्वाधार विकास समिति तर्फ ः
वडा तथा नगरस्तरीय योजना,चालु आ.व.का क्रमागत योजनाहरु,समपुरक कोष,मुक्तिनाथ बाबा परिक्रमा सडक,गलुवा भकुण्डे सडक, व्लुहिल,आकस्मिक योजना लगायतका कार्यक्रमलाई रु. ६२०२७०४३०। (बैसठ्ठी करोड दुई लाख सत्तरी हजार चारसय तीस रुपैया मात्र) अर्थात कुल विनियोजनको  ३८.३९ प्रतिशत विनियोजन गरेको छु ।
३. सामाजिक विकास तर्फ ः
नगर खेलकुद कार्यक्रम,विद्यालय शिक्षा,अनुदान तथा कार्यक्रम,नगर अस्पताल संचालन,दिवा खाजा,आधारभुत स्वास्थ्य सेवा लगायतका कार्यक्रमका लागि रु. ६१,२४,१६,६८७। (एक्सठ्ठी करोड,चौवीस लाख सोह्र हजार छसय सतासी रुपैया मात्र) अर्थात कुल विनयोजनको ३७.९० प्रतिशत विनियोजन गरेको छु ।
४.कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ रु. २०,८८,९१,९२६। (बीस करोड अठासी लाख एकानब्बे हजार नौसय छब्बीस रुपैया मात्र अर्थात कुल बजेटको १२.९३ प्रतिशत विनियोजन गरेको छु ।
५.सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ ः
नगर प्रमुख स्वरोजगार कार्यक्रम,विपद् व्यवस्थापन, जिरो वेस्ट कार्यक्रम,बालमैत्री स्थानीय शासन कार्यक्रम लगायतका कार्यक्रमका लागि रु.११९१७४३१४। (एघार करोड एकानव्वे लाख चौहत्तर हजार तीनसय चौध रुपैयां मात्र) अर्थात कुल विनियोजनको ७.३७  प्रतिशत विनियोजन गरेको छु ।
नगर सभाका अध्यक्ष महोदय
अव म आगामी. आर्थिक बर्षको नीति तथा कार्यक्रमले जोड दिएका  प्राथमिकताहरुलाई आधार मानी तयार गरिएको चालु वजेटका मुख्य विशेषता संक्षेपमा उल्लेख गर्न चाहन्छु ।
१. आगामी आर्थिक बर्षका लागि तालिम, भ्रमण तथा बैठक भक्ता कटौती गरेको छुु । मितव्ययीताको  सिद्धान्त अवलम्वन गर्ने नीति लिएको छुु ।
२.  कृषकहरुको सुविधाका लागि निशुल्क कृषि  परामर्श सेवा कार्यक्रम सञ्चालन गर्ने, कृषि विमा कार्यक्रमलाई निरन्तरता दिने, तरकारी आत्मनिभर कार्यक्रम,मौरीपालन प्रवद्र्धन कार्यक्रम,गोठ तथा खोर सुधार कार्यक्रम,कृषि प्रदर्शनी कार्यक्रम,फलफुल प्याकेजिङ कार्यक्रम,बिपन्न कृषक आय आर्जन कार्यक्रम र हेफर नेपाल संगको  सहकार्यमा आत्मनिर्भर बागलुङ जस्ता कार्यक्रम संचालन गर्ने गरी बजेट व्यवस्था गरेको छु ।
३. बागलुङ नगरपालिकाको पशुपंक्षी विकास कार्यक्रम अन्तरगत निशुल्क पशु परामर्शसेवा,पशु विमा,गोठ तथा खोर सुधार कार्यक्रम,पशु वधशाखा व्यवस्थापन, कुकुर सेल्टर हाउस निर्माण, निशुल्क पशु स्वास्थ्य शिविर, बहुबर्षिय घासको विउ वेर्ना वितरण जस्ता कार्यक्रमहरुमा बजेट विनियोजन गरेको छु ।
४. महिला, बालबालिका,जेष्ठ नागरिक तथा अपांगता भएकाहरुका लागि आवश्यक सहयोग गर्न
अल्पकालिन महिला सेवाकेन्द्र मार्फत कार्यक्रम संचालन गर्नको लागि आवश्यक पर्ने बजेट विनियोजन गरिएको छ ।
५.  हाम्रो समाजमा छोरी प्रति गरिने असमान व्यवहार भ्रुण हत्या र लैंगिक विभेदलाई न्यूनिकरण गर्न गत आ.व. देखी शुरु गरिएको नगरको छोरी कार्यक्रमलाई निरन्तरता दिएको छु ।
 ६.  बागलुङ नगरपालिकाद्धारा सहकारीको क्षेत्रमा गरिएका विविध कार्यक्रमहरुलाई निरन्तरता दिन तथा अन्य कार्यक्रमहरु संचालन गर्नको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
 ७.. नगर उपप्रमुख पर्यटन विकास कार्यक्रम लागु गरी विभिन्न पर्यटकिय गतिविधि संचालन गर्नको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
 ८. वागलुुङ वजार क्षेत्रलाई आकार्षक वनाउने गरी शौन्र्दयकरणको कार्यक्रम गर्नलाई आवश्यक बजेट व्यवस्था गरिएको छ ।
 ९. स्थानीय मदिरा उत्पादनलाई स्वास्थ्यका मापदण्ड पुरा गरी उत्पादन र वजारीकरणमा सहयोग गर्ने र मदिराको आयातलाई निरुत्साहित गर्न तथा गाजा तथा भागो खेती मार्फत आयआर्जन गर्नको लागि संघ र प्रदेश सरकार समक्ष विद्यामान कानून संशोधन को लागि पहल गरी कार्यान्वयन गर्ने  कार्यलाई प्राथमिकता दिईएको छ ।
 १० .स्वदेश तथा विदेशवाट फर्केका युुवाहरुलाई स्वदेशमै उद्यमशिल वनाई उद्यमशिलता विकास कार्यक्रम सञ्चालन गर्ने प्रोत्साहनको नीति  अनुरुप नगर प्रमुख रोजगार कार्यक्रमको लागि बजेट व्यवस्था गरेको छु । साथै सुरक्षित आप्रबासन (सामी) कार्यक्रम संचालन गर्न समेत आवश्यक बजेट विनियोजन गरेको छु ।
११. बागलुङ नगर क्षेत्र भित्र रहेका श्रमिकहरुको सीप,अनुभव र व्यत्तिगत विवरण सहितको श्रमिक परिचय पत्र वितरण गरी आन्तरिक रोजगार सृजना गर्ने उद्धेश्य सहित श्रमबैंक स्थापना गरी नगर प्रमुख रोजगार कार्यक्रम मार्फत रोजगार प्रदान गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
 १२ स्थानीय शासन वालमैत्री कार्यक्रम संचालन गरी २०८१ पौष मसान्त सम्म वालमैत्री नगर घोषण गर्ने कार्यको लागि स्थानीय शासन पुर्वाधार निर्माण तथा अन्य कार्यक्रम संचालनको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
१३. महिला स्वास्थ्य स्वयंसेविका सम्मान र प्रोत्साहन, स्वास्थ्य कर्मीहरुको क्षमता विकास साथै जेष्ठ नागरिक बृद्ध रोगी र आर्थिकरुपमा विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य विमा संगै योग प्राकृतिक चिकित्सा र स्वास्थ्य परामर्शसेवा संचालका लागि आवश्यक कार्यक्रम तय गरी बजेटको व्यवस्था गरिएको छ ।
१४. बागलुङ नगरपालिका वडा न.ं  १३ स्थित पैयुुपाटामा १५ शैयाको नगर अस्पतालको  भवनबाट सेवा संचालन गर्ने गरी बजेट व्यवस्था गरेको छु ।
१५. विद्यालय नर्स कार्यक्रम,एच.आई.भि. विरुद्ध सचेतना कार्यक्रम लागू औषध दुुर्वेशनी तथा लैंगिक हिंसा नियन्त्रण कार्यक्रम संचालन गर्नका लागि आवश्यक बजेट बिनियोजन गरेको छु ।
१६ बालबालिकाहरुलाई पूर्णखोप पाउने अधिकारको सुनिश्चित गर्दै अन्य नियमित खोप कार्यक्रमलाई प्राथमिकता दिई आवश्यक बजेट व्यवस्था गरेको छु ।
१७. आमा सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकता दिई नगर क्षेत्रका सबै वडामा निशुल्क ग्रामीण अल्ट्रासाउण्ड (भिडिओ एक्सरे) कार्यक्रमलाई आवश्यक बजेट विनियोजन गरिएको छ साथै महिलाहरुमा देखिने प्रजनन् रुग्णताहरुको बैलैमा निदान गरी व्यवस्थापन एवं पे्रशण कार्यका लागि समेत आवश्यक बजेट विनियोजन गरेको छु ।
१८. स्वास्थ्य संस्थाको न्यूनतमसेवा मापदण्ड कार्यक्रम मार्फत गुणस्तरीय स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा लागू गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
१९ बागलुङ नगरपालिका अन्र्तगतका सबै स्वास्थ्य संस्थाहरुमा प्रयोगशाला विस्तार गर्ने उद्धेश्यका साथ यस आर्थिक वर्षमा पनि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
२०. बागलुङ नगरपालिका मातहतका सबै स्वास्थ्य संस्थाहलाई बालमैत्री,पोषणमैत्री र किशोरकिशारी मैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
२१. स्वास्थ्य संस्थामा वर्ष भरी औषधि, औजार र उपकरण अभाव हुन नदिनको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
२२. महामारी तथा विपद् व्यवस्थापन सम्बन्धि प्रतिकार्य योजनालाई कार्यान्वयन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
२३. खेलकुुद क्षेत्रको विकासका लागि नगर खेलकुुद विकास समिति गठन गरिएको छ । नगरका उपयुुक्त स्थानहरुमा खेल पूूर्वाधार निर्माण, खेलाडी प्रोत्साहन, राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता मेयरकप फुटवल प्रतियोगिता,नगर स्तरीय खेलकुद कार्यक्रम तथा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी सम्मान कार्यक्रमका लागि यथेष्ट बजेट बिनियोजन गरिएको छ ।
२४ विद्यार्थी शिक्षक प्रतिभा पहिचान, क्षमता विकास र पुरस्कार तथा प्रोत्साहन कार्यक्रम,अति विपन्न दलित तथा सिमान्तकृत बालबालिकाहरुलाइ शिक्षामा पहुच अभिबृद्धिको लागि छात्रबृत्ति कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
२५. विद्यार्थीलाई विद्यालयमा ल्याउने,शिकाउने र टिकाउने कार्यक्रमअन्र्तगत संघीय सरकारबाट कक्षा ५ सम्मका विद्यार्थीहरुका लागि प्राप्त प्रति विद्यार्थी रु.१५ मा नगरको बजेटबाट समेत प्रति विद्यार्थी रु.५ थप गरी  २०। रुपैया दिवा खाजाको व्यवस्था गरेको छु । उक्त कार्यक्रमको लागि रु.४५ लाख रुपैया विनियोजन गरेको छु ।
२६. माग र आवश्यकताको आधारमा सरोकारवालाको सक्रिय सहभागितामा सहभागितामूलक निर्णय र शैक्षिक कार्यक्रमको कार्यान्वयन र गुणस्तर सुधार गर्नको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
२७. शैक्षिक उपलब्धिलाई स्तरीकरण र आधुनिक मूल्यांकनका लागि बजेट विनियोजन गरिएको छ ।
२८. संघीय सरकार शसर्त अनुदान तर्फ शैक्षिक पहुँच,सुशासन गुणस्तर प्रबद्र्धन,विद्यार्थी प्रयोगात्मक कार्यक्रम,मेन्टरीङ (नयाँ शिक्षकलाई अनुभवी शिक्षकद्धारा शिक्षण गर्न सिकाउने) कार्यक्रम,छात्रबृत्ति,नमूना विद्यालय संचालन लगायतका कार्यक्रमको लागि आवश्यक बजेट व्यवस्था गरिएको छ ।
२९. बागलुङ नगरपालिका वडा न.ं ११ भौगोलिक दृष्टिकोणबाट अति दुर्गम क्षेत्र भएकोले विगत वर्षमा जस्तै यस वर्ष पनि रायडाडा विशेष कार्यक्रमलाई निरन्तरता दिई बजेट विनियोजन गरेको छु ।
३०. बागलुङ नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको बागलुङ नगरपालिका वडा न.ं ९ स्थित ब्लुहिल आयोजना,सामुदायिक विकास साझेदारी कार्यक्रम, उपप्रमुख युवा तथा स्वास्थ्य जागरण,बसपार्क संचालन,कोशेली घर संचालन नगर प्रमुख जेष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम, भगत सर्वजीत कोष, क्लिन बागलुङ कार्यक्रम मार्फत जिरो वेष्ट प्रविधि संचालन र गण्डकी प्रदेश भित्र रहेका न्यायिक समितिका गतिविधीको बारेमा अनुभव आदान प्रदान गर्नको लागि न्यायिक समितिका संयोजकहरुको गण्डकी प्रदेश स्तरीय सम्मेलन गर्नको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
३१. पदम सिंह विश्वकर्मा छात्रवृत्ति कार्यक्रमका लागि आवश्यक वजेट विनियोजन गरेको छु ।
३२. नगरस्तरीय पुर्वाधार निर्माणका लागि रु. तीन करोड रुपैयाँ विनियोजन गरेको छु । साथै चालु आ.व.मा भुक्तानी गर्न बाँकी रहने दायित्व आगामी वर्षमा भुक्तानी गर्नुपर्ने भएकोले सोको लागि समेत बजेट विनियोजन गरेको छु ।
३३. नीति,कार्यक्रम र बजेटले व्यवस्था गरेको प्राथमिकता र मुख्य विशेषताको सार निम्नानुसार प्रस्तुत गर्ने अनुमती चाहन्छु ।
क) सुशासन प्रर्वद्धन,सार्वजनिक सेवा प्रवाह,सामाजिक न्याय,समावेशीकरण र सन्तुलित विकास ।
ख) आत्मनिर्भर हुदै उत्पादकत्व बृद्धि र व्यवसायीकरण
ग) उपलव्ध मानव संशाधन तथा आन्तरिक स्रोतको परिचालन
घ) दीगो विकासका लक्षहरुको प्राप्ती र बातावरणिय सन्तुलनमा जोड
ङ) नगरका आधारभूत आवश्यकताको पहिचान र सामाजिक परिचालन मार्फत विकासमा
   जनसहभागिताको सूनिश्चितता
च) आन्तरिक रोजगारी बृद्धि र सुरक्षित बैदेशिक रोजगार संग गरिवी न्यूनिकरण
छ) सूचना प्रविधिको प्रयोग,निजी क्षेत्र संग सहकार्य गर्दै आर्थिक विकासमा टेवा
अन्तमा, आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि विनियोजित बजेट तथा प्रस्तावित कार्यक्रमहरुको कार्यान्वयनका लागि स्थानीय आन्तरिक कर दस्तुर, संघ तथा प्रदेश सरकारवाट प्राप्त हुुन सक्ने सशर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदान समेतका श्रोतका आधारमा विनियोजनको व्यवस्था मिलाएको छुु । बजेटले लक्षित गरेका योजना तथा कार्यक्रमहरुको लक्ष प्राप्तीका लागि संघ तथा प्रदेश सरकार, स्थानीय आम नगरवासीहरु, स्थानीय सरकारी तथा गैरसरकारी संघ संस्थाहरुवाट अधिकतम सहयोग र सुुझावका लागि हार्दिक अनुरोध गर्दछु । बजेट निर्माणका क्रममा साथ र सहयोग गर्नुहुने नगर प्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू ,वडाध्यक्ष एवं कार्यपालिकाका सदस्यज्युहरु, वडा सदस्यज्यूहरु , स्थानीय सरोकारवालाहरु उद्योगी व्यवसायी तथा समाजसेवीहरु र संलग्न कर्मचारीहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
धन्यवाद ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->