सभाध्यक्ष ज्यू,
गाउँसभा सदस्य ज्यूहरु,
सम्मानित बडिगाड गाउँपालिकाको गाउँसभाको पन्ध्रौं अधिवेशन समक्ष आर्थिक वर्ष २०८१/८२ का लागि वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा सम्पूर्णमा स्वागत तथा अभिवादन प्रकट गर्न चाहान्छु । यस अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलन र स्वतन्त्रता प्राप्तिका लागि जीवन आहुति दिनु हुने सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै आन्दोलनका घाईते तथा वेपत्ता हुन भएका नागरिकहरुप्रति उच्च सम्मान प्रकट गर्दछु ।
बडिगाड गाउँपालिकालाई अगाडि बढाउने क्रममा स्थापनाकालदेखि हालसम्म हरतवरले सहयोग गर्दै आउनु भएका आम नागरिक, बडिगाडको समग्र विकासका लागि सक्रीयपूर्वक सेवा प्रवाह र उन्नतिको पथमा लाग्नु भएका कर्मचारी, पूर्व जनप्रतिनिधि र जग्गादाता ज्यूहरुमा हार्दिक आभार एवम् कृतज्ञता प्रकट गर्दछु ।
आगामी आर्थिक बर्षको बजेट तर्जुमा गर्दा नेपालको संविधानको धारा ५९ उपधारा १ र धारा द्दघण् उपधारा १ को अधिनमा रही स्थानीय सरकार सञ्चालन ऐन, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, आर्थिक कार्यविधि, नेपाल सरकार तथा प्रदेश सरकार र बडिगाड गाउँपालिकाको नीति तथा कार्यक्रम, आवधिक योजना, मध्यकालिन खर्च संरचना र सरोकारवालाहरुको सुझावलाई केन्द्रित गरी यो बजेट तथा कार्यक्रम स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले दिएको बजेट सीमा भित्र रही तय गरेको छु । हालसम्म भए गरेका प्रयासबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत हुने गरी बडिगाड गाउँपालिकाको दिगो पूर्वाधार र सक्षम मानवपूँजी निर्माणमा सहयोग पुगोस् भनी बजेटको अनुमानलाई प्रस्तुत गरेको छु ।
सभाध्यक्ष ज्यू,
आ.व. २०८०/८१ मा सञ्चालनमा रहेका योजनाहरु वित्तीय प्रगतिमा ८० प्रतिशत सम्पन्न भएका छन् भने यस अवधीमा निर्माणाधिन गौरवमा योजनाहरु, हस्पिटल, वडा कार्यालयहरु निर्माणको अन्तिम चरणमा रहेका छन् । यस आवमा नयाँ मोटरबाटो निर्माण ९ किमि, पुरानो मोटरबाटोको मर्मत सम्भार १७० किमी, ग्वाविन जाली १५५१ घनमिटर, भवन निर्माणतर्फ सामुदायिक भवन मन्दिर विद्यालय भवन सौचालय गरी १९ वटा, नाली विस्तार १२०० मिटर, ढलान मोटरबाटो ५०० मिटर, खानेपानी टंकी निर्माण ८ वटा, मेसिनरी पर्खाल ५२७ घनमिटर र झोलुङ्गे पुल २ वटा गरी भौतिक प्रगति ७५ प्रगति भएको समीक्षा पेश गर्न चाहान्छु ।
सभाध्यक्ष ज्यू,
बडिगाड गाउँपालिकाको दीर्घकालीन सोच र ‘समृद्ध बडिगाड, खुसी बडिगाडबासी’ लक्ष्यलाई प्राप्ति गर्नका लागि आर्थिक बर्ष २०८१÷०८२ का लागि प्रस्तावित बजेट तथा कार्यक्रमले निम्न उद्देश्य तय गरिएको छ ।
–गाउँपालिकाको सबै वडा कार्यालयको आफ्नै प्रशासनिक भवन निर्माण कार्य सम्पन्न गरी दैनिक प्रशासनिक कार्य सञ्चालनमा सहजता, संस्थागत सेवा प्रवाहमा सरलिकरण कायम गर्नु ।
–विकासको पुर्वाधारहरुको बिस्तार र पहुँच बस्तीस्तरसम्म वृद्धि गरी विकासको अवसरलाई आम नागरिकले उपयोग गर्ने अवस्था श्रृजना गर्नु ।
–हरेक नागरीकको मौलिक अधिकारको सुनिश्चितताका लागि आधारभूत शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा पहुँच अभिवृद्धि गर्नु ।
–कृषि, पशु, घरेलु उद्योग, साना उद्योग र उद्धम विकास मार्फत रोजगारी सिर्जना मार्फत आयआर्जनमा बृद्धि गरिवी न्यूनिकरण गर्नु ।
–समता र समावेसी विकासको अवधारणा बमोजिम गाउँपालिका भित्रका सबै वर्ग, लिङ्ग, जातजाति, सम्प्रादायको सार्वजनिक स्रोत साधन र अवसरहरुमा पहुँच अभिबृद्धि गर्नु ।
–हरेक उत्पादनलाई प्रोत्साहन गरी रैथाने स्थानीय जातको कृषि उत्पादन र स्थानीय साना कृषि पकेट क्षेत्रको सञ्चालनबाट कृषि आय बृद्धि गर्नु ।
–पानी तथा सरसफाइ व्यवस्थापनको सुधारका लागि स्थानीय समुदायहरूको सहभागितालाई साथ दिई त्यसलाई अझ सबल बनाउनु ।
–भविष्यका पिँढीका आवश्यकताहरूसँग सम्झौता नगरीकन वर्तमान पिँढीका आवश्यकताहरू परिपूर्ति भन्ने दिगो विकासको अवधारणालाई विद्यमान स्रोतको उचित प्रयोग गर्नु ।
–गाउँपालिका भित्र सञ्चालन हुने बिभिन्न कार्यक्रम तथा आयोजनाहरुमा गुणस्तरियता, जनसहभागिता, पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व बढाई सुशासन कायम गर्नु ।
–सार्वजनिक नीजि र सहकारी क्षेत्रको सहभागिता र लगानीमा स्थानीय स्रोत र साधनको समुचित र अधिकतम परिचालन गरी आर्थिक तथा सामाजिक विकासमा योगदान पु¥याउनु ।
–किशोर तथा किशोरीहरूले निःशुल्क, समतामूलक तथा गुणस्तरीय आधारभूत तथा माध्यमिक शिक्षा प्राप्त गर्ने कुरालाई सुनिश्चित गर्नु ।
–खानेपानी तथा सरसफाई सम्बन्धि चेतनाको स्तरोन्नति गरी दिगो संरचना, स्वस्थ समाज र सफा टोल निर्माण गर्नु ।
–राजश्व बृद्धिका लागि करको दायरामा विस्तार गरी कर वा दस्तुरमा समय सापेक्ष हेरफेर मार्फत नागरिकमैत्री कर नीति लागु गर्नु ।
सभाध्यक्ष ज्यू,
अब म वार्षिक बजेटको विवरण पेश गर्ने अनुमति चाहान्छु ।
बडिगाड गाउँपालिकाको नीति तथा कार्यक्रमलाई सफल कार्यान्वयनको लागि आगामी आर्थिक वर्ष २०८१÷०८२ मा आय तर्फ आन्तरिक राजस्वबाट रु. १,६०,००,०००÷–, नेपाल सरकारको राजस्व बाँडफाँडबाट रु. ११,४४,००,०००÷, प्रदेश सरकारको राजस्व बाँडफाँडबाट रु. ९२,२०,०००÷–, नगद मौज्दातबाट रु. २,७०,६३,०००÷–, अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघीय सरकारको वित्तीय समानिकरण अनुदान रु.१०,७६,००,०००÷–, प्रदेश सारकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान रु.१,४२,३८,०००÷–, संघीय सरकारको ससर्त अनुदान रु.३७,०६,३९,०००÷–, संघिय सरकारबाट प्राप्त हुने विशेष अनुदान रु.३००,००,०००÷, प्रदेश सरकारबाट प्राप्त हुने विशेष अनुदान रु. २०,००,०००÷–, संघीय सरकारबाट प्राप्त हुने समपुरक अनुदान रु. ३००,००,०००÷–, प्रदेश सरकारबाट प्राप्त हुने समपुरक कोष रु. ८०,००,०००÷– गरी कुल जम्मा रु. ७२,९१,६२,०००÷– आय प्रस्ताव गरेको छु । यसैगरी ब्ययतर्फ निसर्त तर्फको चालु खर्च रु. १३,२८,५०,०००÷, ससर्त चालु खर्च रु. ४०,१६,३९,०००÷– गरी जम्मा चालु खर्च रु. ५३,४४,८९,०००÷– र पुँजिगत खर्चतर्फ निसर्त पुँजिगत खर्च रु. १५,५६,७३,०००÷– र ससर्त पुँजिगत खर्च रु. ३,९०,००,०००÷– गरी जम्मा पुँजिगत खर्च रु. १९,४६,७३,०००÷– रहेको छ । यस आ.व.का लागि चालु र पुँजिगत खर्चको कुल योग जम्मा रु. ७२,९१,६२,००÷– रहेको प्रस्ताव पेश गरेको छु । जसको विस्तृत विवरण अनुसूचिमा ब्यबस्था गरी संलग्न गरेको छु ।
आर्थिक वर्ष २०७९÷८० को यथार्थ आम्दानी खर्च विवरण, आ.व. २०८०÷०८१ को संसोधित अनुमान र २०८०÷८१ जेष्ठ महिना सम्मको यथार्थ आम्दानी खर्च विवरण, आ.व.२०८१÷०८२ को अनुमानित आम्दानी खर्च विवरण, आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालन गर्न प्रस्तावित योजना तथा कार्यक्रमको विवरणको साथै मध्यकालिन खर्च संरचनाको विवरण यसै साथ संलग्न गरी पेश गरेको छु ।
सभाध्यक्ष ज्यू,
अब म क्षेत्रगत रुपमा आगामी वर्षको बजेट तथा कार्यक्रम पेश गर्ने अनुमति चाहान्छु ।
आर्थिक विकास
कृषि क्षेत्रको विकास, उचित प्रशोधन तथा बजारीकरण आजको आवश्यकता बनेको छ । यो कार्यलाई पुरा गर्न कृषि तथा पशु पन्छी पालनको समुन्नत विकास गरी नागरिकहरुको जीवनस्तरमा सुधार ल्याउन, स्वरोजगारको संख्यामा बृद्धि गर्न उधम विकास कार्यक्रम सञ्चालन गर्ने र आर्थिक विकास हुने कार्यक्रम सञ्चालन गर्न यो बर्ष ३ करोड २६ लाख ६३ हजार रकम विनियोजन गरी देहायको कार्यक्रम सञ्चालन गरिनेछ ।
–कृषि र पशुपन्छी विकासमा साझेदार संस्थाहरुसँग सहकार्य गरी उत्पादनमा बृद्धि ग्रामीण क्षेत्रमा प्रशोधन केन्द्र र एक स्थानमा एकीकृत कृषि बजारको माध्यमबाट बजारिकरणको व्यवस्था गर्न रु ८० लाख बजेट विनियोजन गरिएको छ ।
–किसानको समस्या समाधानका लागि किसान कल सेन्टर स्थापनाका लागि बजेटको ब्यवस्था गरिएको छ ।
–उत्पादनमा बृद्धि ल्याउनका लागि गुणस्तरीय विउको मागलाई पुरा गर्न मकै र अन्य नगदे बालीको विउ वा विज विकास गर्न र किसानको व्यवसायमा हुने क्षतिमा राहतका लागि कृषि विमाका लागि आवश्यक बजेटको व्यवस्था मिलाइएको छ ।
–खाद्यान्न उत्पादन बृद्धि गर्न मकै बाली पकेट बिकास कार्यक्रम सञ्चालन, कोदो, सिलाम, फापर जस्ता रैथाने जातका वालीको पकेट कार्यक्रमलाई निरन्तरता दिइएको छ । पालिका स्तरिय साना पकेट स्थापनाका लागि आवश्यक बजेटको ब्यवस्था मिलाइएको छ ।
–फलफुलको बिरुवा रोपण कार्यक्रम, साना सिंचाइ निर्माण, रैथाने बाली प्रबर्द्धन, मिनी किट वितरण, बिषादी तथा सुक्ष्मतत्व वितरण, कृषि सामग्री तथा मेसिनरी सामान वितरण, नगदे बालीमा भाँगोलाई समावेश गरिने छ साथै अलैची, अदुवाको थप प्रबर्द्धन, एक घर एक करेसाबारी, कृषकहरुको क्षमता बिकास कार्यक्रम लगायतको कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको ब्यबस्था मिलाईएको छ ।
–पालिकाका सबै कृषकहरुको तथ्याङ्क अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन गरिने छ । कृषकहरुलाई प्राविधिक सहयोगको लागि स्नातक तहको प्राविधिक करारमा नियुक्त गरी दक्ष कृषि प्राविधिक कर्मचारीको ब्यबस्था मिलाईनेछ ।
–विद्यालयमा कृषि कार्यक्रम सञ्चालन गरी विद्यार्थीहरुलाई श्रम जीवन सिकाई बुझाउने कार्यलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरिएको छ ।
–पशुपालन फर्म सञ्चालन गर्ने कृषकहरुको ब्यबसायमा थप मद्दत गरी ब्यबसायिक फर्म सपोर्ट कार्यक्रम र बाख्रापालक कृषकको व्यवसायिक प्रवर्द्धन कार्यक्रम सञ्चालनको लागि आवश्यक रकमको ब्यबस्था मिलाईएको छ ।
–बिभिन्न प्रकारको रोग, प्रकोपको तथा बाह्य प्रजिवीका कारण पशुधनको मृत्यूबाट पशुपालक कृषकहरुलाई पर्न जाने नोक्सानीलाई न्युनिकरण गरी कृषकहरुको ब्यबसायलाई जिवन्त राख्न पशु पंक्षिमा गरीने बिमाको प्रिमियम भुक्तानीमा अनुदान दिन ब्यबस्था मिलाईनुका साथै पशुपंक्षिको उपचारको लागि औषधि उपचार गर्ने र बाह्य प्रजिवी नियन्त्रणको कार्यक्रम सञ्चालन गर्ने ब्यबस्था मिलाईएको छ ।
–पशुपंक्षिको उपचारको लागि स्वास्थ्य शिविर सञ्चालन, घाँसको बिउ तथा बेर्ना बितरण, मासु पसल सुधार, भेडीगोठ प्रबर्द्धन, पशु स्वास्थ्य प्रयोगशाला निर्माण जस्ता कार्यक्रम सञ्चालनको लागि आवश्यक बजेटको ब्यवस्था मिलाईएको छ ।
–बडिगाड गाउँपालिकामा सञ्चालित सहकारी संस्थाहरुको ब्यबसायिक क्षमता बिकासको लागि सहकारी प्रबर्द्धन कार्यक्रम सञ्चालन गरी सहकारी शिक्षा सम्बन्धि आधारशिला तालिमको ब्यबस्था गरिनेछ । त्यसका लागि आवश्यक बजेटको व्यवस्था मिलाइएको छ ।
–एक वडा एक पर्यटन गन्तव्य क्षेत्र विकासका लागि सम्भाव्यता अध्ययन गर्न कार्य शुरुवात गरिनेछ ।
–घरेलु उद्योग स्थापना तथा सञ्चालनको लागि आवश्यक पहल गरिनेछ । परम्परागत घरेलु उद्योगलाई निरन्तरता दिन बजेटको ब्यबस्था मिलाइएको छ ।
–गरीबि निवारणको लागि लघु उद्यम बिकास कार्यक्रम (ःभ्म्एब्) मार्फत लघु उद्यम विकास मोडेलमा नयाँ उद्यमी श्रृजना गर्ने, उद्यमीहरुको स्तर उन्नति गर्ने, अति गरीव परिवारको लागि सम्भाब्य उत्पादन उत्पादकत्व, वित्तिय परामर्श र बजार प्रतिस्पर्धा बृद्धि गर्नका लागि कम्तिमा ५ जनाको समुहमा प्रविधि हस्तान्तरण गर्ने कार्यको लागि बजेटको ब्यबस्था मिलाई कार्यक्रमलाई निरन्तर दिइएको छ ।
–श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रमलाई प्रभावकारी बनाउन परम्परागत सीप र कलाको संरक्षण तथा प्रवर्द्धनका लागि बजेटको व्यवस्था मिलाइएको छ । श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा कोष सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
–बडिगाड गाउँपालिका भित्र रहेका अल्पसंख्यक जाति, जनजाति र दलित समुदायको सघन बस्ती रहेको टोललाई नमुना बस्ती बनाउने कार्यक्रम शुरुवात गर्ने र एक बस्तीमा कार्यक्रम नमुना बस्ती कार्यक्रम लागु गर्न लागि बजेटको व्यवस्था मिलाइएको छ ।
सामाजिक विकास
मानव पूँजिको विकासबाट मात्र समग्र विकासको ढोका खुल्ने भएकाले यो बर्ष सामाजिक विकासको क्षेत्रमा ४५ करोड ३१ लाख ७१ हजार बजेट विनियोजन गरिएको छ ।
–बालबिकास केन्द्र र विद्यालय कर्मचारीहरुको लागि नेपाल सरकारको नीति अनुसार थप तलबलाई निरन्तरता दिने ब्यबस्था मिलाईएको छ ।
–सामुदायिक विद्यालयहरुको शैक्षिक, भौतिक पुर्बाधार निर्माण, मर्मत सम्भार र ब्यवस्थापनमा जोड दिईनेछ । बडिगाड गाउँपालिका वडा नं. ४ स्थित बनस्पति माध्यमिक विद्यालय र वडा नं ५ को भानु माध्यामिक विद्यालयको भवन निर्माणको लागि नेपाल सरकारको समपुरक अनुदान कार्यक्रमअन्तर्गत रु. ३ करोड र बडिगाड गाउँपालिकाको रु. ३ करोड समपुरक गरि ६ करोड बजेटबाट भवन निर्माण कार्य यसै वर्ष सम्पन्न गरिनेछ साथै उक्त कार्यक्रमलाई आगामी वर्षमा समेत निरन्तरता दिई मेघा विद्यालय निर्माण गर्न आवश्यक सुधारको कार्य गरिदै गईनेछ ।
–बडिगाडको इच्छा गरिखाने शिक्षा लाई सार्थक तुल्याउन विद्यार्थी सीप विकासमा लगानी गरी पढाई मेला सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
–बडिगाड गाउँपालिकाको स्थानिय पाठ्यपुस्तक, शैक्षिक योजना, शैक्षिक वस्तुगत विवरण तयार गर्न, सिकाई सामग्री तथा डिजिटल सिकाई सामाग्रीको लागि आबश्यक बजेटको ब्यवस्था मिलाईएको छ ।
–विद्यालयलाई जंगफुड निशेधित क्षेत्र घोषणा गरि तोकिएको लक्षित वर्गका विद्यार्थीको लागि गुणस्तरीय दिवा खाजाको सुनिस्चित गर्न १ करोड ४३ लाख ४२ हजार बिनियोजन गरिएको छ ।
–विद्यालयमा शैक्षिक गुणस्तर सुदृढीकरण तथा कार्यसम्पादनमा आधारीत प्रोत्साहन अनुदानको ब्यबस्था मिलाईनेछ ।
–कक्षा ६–१२ मा अध्ययनरत छात्राहरुको लागि सेनेटरी प्याडको ब्यबस्था तथा छात्र छात्राहरुको लागि छात्राबृत्तिको ब्यबस्था मिलाईनेछ ।
–आधारभुत तहको परीक्षालाई मर्यादित बनाउन परीक्षा सञ्चालन, अनुगमन कार्यलाई ब्यबस्थित बनाउन आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
–विद्यालयहरुमा अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण, सरोकारवालाहरु विच कार्यशाला गोष्ठी, शिक्षक विद्यार्थी र अभिभावकको कुरा गाउँपालिका अध्यक्षसँग जस्ता कार्यक्रम सञ्चालन गर्न बजेटको प्रबन्ध मिलाईएको छ ।
–राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितालाई थप व्यवस्थित गरी सञ्चालन गर्न बजेटको ब्यबस्था मिलाईएको छ ।
–गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम सञ्चालनको लागि रकम रु. १० लाख विनियोजन गरिएको छ।जसबाट बिद्यालयको शैक्षिक गुणस्तर कायम गराउन भौतिक सुधारमा खर्च गर्ने ब्यवस्था मिलाईनेछ ।
–शैक्षिक पहुँचमा सुनिस्चतताको लागि अनौपचारिक तथा बैकल्पिक शिक्षा कार्यक्रमलाई निरन्तरता दिईएको छ।अनाथ बालवालिकाका लागि निःशुल्क आवासिय सुविधा सहित भानु माध्यमिक विद्यालय मार्फत शिक्षण सुनिश्चितता गराउन आवश्यक बजेटको ब्यवस्था गरिएको छ ।
–बडिगाड गाउँपालिका भित्र काम गर्ने विभिन्न गैर सरकारी संघ संस्थाहरुसँग सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने, कार्यक्रम सञ्चालन गर्ने सँघ सँस्थाहरुले अनिवार्य रुपमा गाउँपालिकामा कार्यक्रम पेश गरी स्वीकृति लिने र कार्य सम्पन्न भएपछि कार्य सम्पादन प्रतिबेदन पेश गर्नु पर्ने ब्यबस्था गरिनेछ । गाउँपालिकासँग लागत साझेदारीमा काम गर्न चाहाने गैर सरकारी संस्थाहरुसँग लागत साझेदारीको लागी रकमको ब्यवस्था मिलाइएको छ ।
–यस आर्थिक वर्षमा नेपाल स्वास्थ्यको लागि पानी (नेवा) सँगको सहकार्यमा बडिगाड गाउँपालिकाको वडा नं. २ र ४ मा २ वटा खानेपानी तथा सरसफाई योजनाहरु सञ्चालन गरिनेछ । उपरोक्त योजना सम्पन्न गर्न समपुरक रकमको ब्यबस्था मिलाईएको छ ।
–यसै आर्थिक बर्षबाट १५ सैयाको आधारभुत अस्पताल सञ्चालनका लागि आवश्यक बजेटको ब्यवस्था मिलाइएको छ ।
–१० वटै वडामा सञ्चालित स्वास्थ्य संस्थाहरुलाई ब्यबस्थित रुपमा सञ्चालन, भौतिक सुधार, मातृमृत्युदर, नवजात शिशु मृत्युदर, बालमृत्यु दर घटाई औषत आयु बढाउन स्वास्थ्य सेवाका आयामहरु प्रतिकारात्मक सेवा, प्रबर्दधनात्मक सेवा, उपचारात्मक सेवा, पुनस्थापनात्मक सेवाहरुलाई समेटेर स्वास्थ्य कार्यक्रम सञ्चालनको लागि बजेट ब्यबस्था मिलाईएको छ ।
–गाउँपालिका अध्यक्ष स्वास्थ्य विमा कार्यक्रमलाई निरन्तरता दिईएको छ । जसका लागि रु. ८ लाख बजेटको व्यवस्था मिलाईएको छ ।
–बाह्य खोप केन्द्रबाट सञ्चालन गरिने खोप सेवालाई गुणस्तरीय बनाउन बाह्य खोप केन्द्रलाई ब्यबस्थित गर्न र बडिगाड गाउँपालिकामा ब्यापकरुपमा फैलिएको क्षयरोग नियन्त्रणको लागि बिशेष कार्यक्रम सञ्चालन गर्न बजेटको ब्यबस्था मिलाईएको छ ।
–बडिगाड गाउँपालिकाको पोषणको अवस्था कमजोर रहेकोले पोषण तथा खाद्य सुरक्षा कार्यक्रम सञ्चालन गर्न रकमको ब्यबस्था मिलाईएको छ । ‘पोषणमैत्री नमुना गाउँपालिका’ कार्यक्रम सञ्चालन गर्न रु. ३ करोड ५ लाख बजेटको ब्यबस्था मिलाईएको छ ।
–स्वास्थ्य स्वयम् सेविकाहरुको सुविधा, स्वास्थ्य संस्थामा सुत्केरी हुने सुत्केरी आमाहरुका लागि पोषण भत्तामा को कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिईएको छ । किसानलाई प्रोत्साहन सुत्केरीलाई पोषण कार्यक्रमको क्षेत्र बिस्तार गरिनेछ ।
–महिला, बालबालिका, अपाङ्गता भएको ब्यक्ति, जेष्ठ नागरीक, यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको आय आर्जनको क्रियाकलाप सञ्चालन गर्न, तथ्याङ्क संकलन तथा अद्यावधिक गर्न, समाजमा रहेको कुरीति, विकृत, विसंगति, लागू औषधी दुव्र्यसनी, कुप्रथा, लैंगिक हिंसा, मानव बेचबिखान तथा ओसारपसार विरुद्ध सचेतनात्मक कार्यक्रम सञ्चालन गर्न बजेटको ब्यबस्था गरिएको छ।लक्षित वर्गका कार्यक्रम सञ्चालनका लागि रु. ६० लाख रकम विनियोजन गरिएको छ ।
–गाउँपालिका अध्यक्ष बडिगाडको छोरी कार्यक्रमका लागि आवश्यक बजेटको ब्यवस्था गरिएको छ ।
–जेष्ठ नागरिकका लागि सहायता सामाग्री वितरण र सका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
–सामाजिक सुरक्षा सूचना ब्यबस्थापन प्रणालीलाई ब्यबस्थित गर्न बजेटको ब्यबस्था मिलाइएको छ ।
–बैंकसँगको सहकार्यमा सामाजिक सुरक्षा भत्तालाई सम्बन्धित वडाबाट र असक्त जेष्ठनागरीक एवं अति असक्त अपाङ्गहरुलाई टोल टोलबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्न आवश्यक बजेटको ब्यबस्था मिलाईएको छ ।
–प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत विपन्न श्रमिकहरुको लागि न्युनतम रोजगारी सृजना गर्न यस बर्ष ५३ लाख ७४ हजार बजेटमा पालिकाबाट साझेदारी बजेटको ब्यवस्था गरि दिगो र सुरक्षित संरचना निर्माणका लागि आवश्यक बजेट बिनियोजन गरिएको छ ।
–रोजगार सेवा केन्द्र सुदृढीकरण र थप ब्यबस्थित बनाउन बजेटको प्रबन्ध गरिएको छ । मध्यपाहाडी लोकमार्ग र ग्रामीण सडकको दिगोपन र संरक्षणका लागि लेन्थ वर्करको व्यवस्थाका लागि आवश्यक समन्वय र बजेटको व्यवस्था गरिएको छ ।
–गरिवसँग विशेश्वर कार्यक्रमलाई क्षेत्र विस्तारसहित थप ब्यवस्थित पारी सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था मिलाईएको छ ।
–विविध खेलकुद बिकास कार्यक्रमको लागि बजेटको ब्यबस्था मिलाइएको छ ।
पुर्वाधार तथा भौतिक निर्माण
बडिगाड गाउँपालिकामा सञ्चालित पूर्वाधरलाई दिगो र प्रभावकारी बनाउन नागरिकसँग सहकार्य गरि हाम्रो आयोजना दिगो र राम्रो आयोजना कार्यक्रम सञ्चालन गरिनेछ । जसको लागि पूर्वाधार विकासतर्फ रु १२ करोड १३ लाख २८ हजार बिनियोजन गरिएको छ ।
–बडिगाड गाउँपालिकाको मुख्य बस्तीहरुलाई जोड्ने सडकहरुलाई मर्मत गरी नियमित सञ्चालन गर्ने र हालसम्म पनि साविकको वडासम्म सडक सञ्जाल नपुगेको स्थानमा सडक पुर्याउनका लागि रु. ९५ लाख बजेटको ब्यबस्था मिलाइएको छ । सडकको अति आवश्यक स्थानमा बाहेक नयाँ ट्रयाक खोल्ने कार्यलाई न्युनिकरण गरिनेछ ।
–लघु जलविद्युतको जोखिम न्युनिकरण र स्थायित्वका लागि बडिगाड गाउँपालिकाको तर्फबाट सहयोग गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ । साथै एनइएसँग सहकार्य गरी केन्द्रीय लाइन विस्तारमा तिव्रता दिइनेछ । लघु जलविद्युतको दिगो संरक्षणका लागि साझेदारीमा बैकल्पिक कार्य सञ्चालन गर्न पहिलो चरणमा गिरिङ्दीखोला र चाचलघाट लघु जलविद्युत आयोजनाका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
–गाउँपालिकाको प्रशासनिक भवन थप ब्यवस्थापन र वडा कार्यालयहरु यसै आ.व.मा सम्पन्न हुने गरी आवश्यक बजेटको व्यवस्था मिलाइएको छ ।
–खर्वाङ दगा सिसाखानी सडकका लागि प्रदेश सरकारसँग साझेदारीमा समपुरक कोषबाट १ करोड ६० लाख बजेट विनियोजन गरिएको छ ।
–संघीय सरकार, प्रदेश सरकार र बिभिन्न संघ संस्थाहरुको सहलगानीमा योजना सञ्चालनको लागि समपुरक कोष तथा सर्सत सहकार्यका लागि आवश्यक बजेटको ब्यबस्था मिलाइएको छ ।
संस्थागत विकास, सेवा प्रवाह र सुशासन
बडिगाड गाउँपालिकाको संस्थागत विकास र नागरिकलाई सहज सेवा प्रवाहका लागि १ करोड २५ लाख बजेट बिनियोजन गरिएको छ ।
–स्वच्छ वातावरण नागरिकको मौलिक हकको सुनिश्चितताका लागि बडिगाड गाउँपालिकाभित्रको वातावरणलाई सफा राख्न ग्रीन बडिगाड क्लिन बडिगाड नारालाई साकार पार्न नागरिकसँग सहकार्यमा फोहोरमैला व्यवस्थापनका गर्न आवश्यक वजेट विनियोजन गरिएको छ ।
–जलाधार एवं वातावरण संरक्षण र प्राकृतिक प्रकोप नियन्त्रण तथा उद्दार राहत तथा पुनस्थापनाका लागि बजेटको व्यवस्था मिलाइएको छ ।
–सेवाको वरिपरि जनता होइन, जनताको वरिपरि सेवा भन्ने अवधारणालाई आत्मसाथ गर्दै गाउँपालिकामा नागरिक साहायता कक्षलाई थप व्यवस्थित गर्नका लागि बजेटको व्यवस्था गरिएको छ ।
–जनतासँग गाउँपालिका अध्यक्ष कार्यक्रमको माध्यमबाट सोझै नागरिकको गुनासो सम्बोधनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
–जनप्रतिनीधि तथा कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न तालिम र अवलोकन भ्रमणको ब्यबस्था मिलाइएको छ ।
–उपभोक्ता समितिलाई अनुशिक्षण कार्यक्रमका लागि बजेटको व्यवस्था गरिएको छ ।
–ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा ब्यबस्थापन सूचना प्रणालिलाई ब्यबस्थित गर्ने ब्यबस्था मिलाइएको छ ।
–न्यायिक समितिको कार्य सम्पादन प्रभावकारी बनाउन आवश्यक बजेटको व्यवस्था मिलाइएको छ ।
कार्यालय संचालन तथा प्रशासनिक
बडिगाड गाउँपालिकामा संगठनात्मक प्रशासनिक ब्यवस्थापन गरि कर्मचारीको संख्या निर्धारण र दरबन्दीको ब्यबस्था गरिनेछ । कार्यालयको चालु खर्चमा मितब्ययिता कायम गरिएको छ । यि प्रयोजनका लागि कार्यालय तथा प्रशासनिक खर्च शिर्षकमा १० करोड ९५ लाख विनियोजन गरिएको छ ।
वित्तिय व्यबस्थापन÷वित्तिय जोखिम न्युनीकरण तथा पार्दशिता र सार्वजनिक सुनुवाई, सार्वजनिक परिक्षणः भ्रष्टाचार सुन्य सहनशिलताको नीति अवलम्बन गरिएको छ । वित्तिय ब्यबस्थापनलाई पारदर्शि बनाईने छ । उपभोक्ता समिति÷ सँघ संस्था÷ निर्माण व्यवसायिबाट हुने कामको साथै गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयहरुबाट सञ्चालन हुने काममा वित्तिय जोखिम न्युनिकरण गर्न सार्वजनिक सुनुवाई, सार्वजनिक लेखापरीक्षणको ब्यबस्था मिलाईएको छ ।
सभाध्यक्ष ज्यू,
गाउँपालिकाको बजेट तयारीको विभिन्न चरणमा मार्गनिर्देशन गर्नु हुने गाउँपालिकाको अध्यक्ष ज्यू, सहयोग गर्नु हुने प्रमुख प्रशासकीय अधिकृत ज्यू, कार्यपालिकाको सदस्य ज्यूहरु, गाउँ सभाको सदस्य ज्यूहरु, विषयगत समितिको संयोजक तथा सदस्य ज्यूहरु, आर्थिक प्रशासन शाखा प्रमुख लगायत कर्मचारी साथीहरुप्रति हार्दिक आभार ब्यक्त गर्न चाहान्छु।
अन्त्यमा गाउँपालिकाको दीर्घकालीन सोच, उद्देश्य र प्राथमिकरणमा सहयोग प ुग्ने गरी बजेट कार्यान्वयनमा सबै पक्षबाट रचनात्मक सहयोग हुने विश्वास लिंदै बजेट कार्यान्वयनका लागि सबै पक्षबाट सहयोगको अपेक्षा सहित बिदा हुने अनुमति चाहान्छु ।
धन्यवाद





