आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

हक्कीमा विभागीय टोली हावी

हक्कीमा विभागीय टोली हावी


  • ढोरपाटन संवाददाता
  • असार १३ २०८१, बुधबार

पोखरा/पोखरामा सोमबारबाट सुरु भएको पाँचौं गिरिजाप्रसाद कोइराला राष्ट्रिय पुरुष हक्की च्याम्पियनसीपअन्तर्गत मंगलबारका खेलमा विभागीय टोली हावी भएका छन् ।
पोखरामा भएको प्रतियोगिताका खेलहरुमा विभागीय डर्बीको नेपाली सेनाले मधेश प्रदेशलाई ६–० गोल अन्तरले पराजित ग¥यो । नेपाली सेनाका लागि दीपेन्द्र अयर प्रदीप राजवंशी, राजेन्द्र कार्कीले गोल गरेका थिए । सो खेलमा नेपाली सेनाका रोशन चौधरी प्लेयर अफ द म्याच भए ।
यसैगरी अर्को खेलमा नेपाल प्रहरीले कोशी प्रदेशलाई ४–१ गोल अन्तरले पराजित गर्यो । पुलिसका लाग महेश धामी, सागर आचार्य, रोमन राणा र सुरज बोहोराले गोल गरेका थिए । कोशी प्रदेशको तर्फबाट रिसब चौधरीले एक मात्रै गोलले अग्रता दिलाएका थिए ।
सो खेलमा नेपाल प्रहरीका महेश धामी प्लेयर अफ द म्याच बने ।
यसैगरी अर्को खेलमा कर्णाली प्रदेशले वागमती प्रदेशलाई २–० गोेल अन्तरले पराजित गरेको छ । कर्णालीका लागि दुवै गोल जीवन रावतले गरेका थिए । खेलमा रावत नै प्लेयर अफ दी म्याच घोषित भए ।
अर्को खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेश विरुद्ध फराकिलो जीत हात पारेको छ । गण्डकीले लुम्बिनीलाई १०–० गोल अन्तरले पराजित गरेको हो । गण्डकीका लागि असिमबाहेकले ३ गोल गरेका थिए । यसैगरी पवन परियार, कुशल नेपाली, प्रेम बिके तथा मोहन पुनले गण्डकीलाई सहज जित दिलाएका थिए । सो खेलमा गण्डकीका कुशल नेपाली प्लेयर अफ दी म्याच भए ।

सोही प्रतियोगिता अन्तरगत भएको अर्को खेलमा पनि कर्णाली प्रदेश विजयी बनेको छ । कर्णालीले मधेश प्रदेशलाई २–० गोल अन्तरले पराजित गरेको हो । कर्णालीको लागि उज्जवल राजत र जीवन रावतले गोल गरेका थिए भने, उज्जवल रावत प्लेयर अफ दी म्याच घोषित भएका थिए ।
मंगलबार नै भएको अर्को खेलमा नेपाल प्रहरीले लुम्बिनी प्रदेशलाई ८–१ गोल अन्तरले पराजित गरेको छ । नेपाल प्रहरीका लागि रोमन राना, सागर आचार्य, महेश धामी, सुरेश जोशीले गोल गरेका थिए भने, लुम्बिनीका लागि अदनाल अन्सारीले एकमात्र गोल गरेका थिए ।
नेपाल हक्की संघको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्यमा भएको प्रतियोगितामा विभागीय दुई नेपाली सेना र नेपाल प्रहरी तथा छ वटा प्रदेशका टीमको सहभागिता रहेको छ । प्रतियोगितामा गण्डकी प्रदेश हक्की संघले व्यवस्थापनको पाटो हेरिरहेको छ ।
प्रतियोगिताको विजेताले ५० हजार नगद, उप विजेताले ३० हजार र तेस्रो हुने टीमले १५ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलाडीले विभिन्न ७ वटा विधामा ५÷५ हजार नगद पुरस्कार व्यक्तिगत रुपमा प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेता तथा उपविजेता टीमलाई बुधवारको फाइनल पछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->