बागलुङ/जिल्ला कबड्डी संघ बागलुङले बंगलादेशमा सम्पन्न अन्तराष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागि खेलाडीलाई सम्मान गरेको छ । बंगबन्धु कप कबड्डी प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीको महत्वपूर्ण सदस्य रहेर उपविजेता हुन सफल विशाल थापालाई संघले सम्मान गरेको हो ।
जिल्ला खेलकुद विकास समितिमा आयोजित कार्यक्रममा उनलाई सम्मानपत्र र दोसल्लाले सम्माान गरिएको थियो । खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले खेलको माध्यामबाट देश र जिल्लाको नाम उचो बनाउन सहयोग गरेको भन्दै थापालाई धन्यबाद दिए । खेलकुदले देश र ठाउँ चिनाउन महत्वपूर्ण योगदान गर्नसक्ने भन्दै खड्काले अनुशासित खेलाडीले कहिँकतै हार्नु नपर्ने बताए ।
जिल्ला कबड्डी संघका अध्यक्ष सन्दिप पन्तको अध्यक्षता र सचिव सुरेन्द्र शाक्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





