आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

दुबो रोप्न बाङ्गेचौर खेलमैदान बन्द

दुबो रोप्न बाङ्गेचौर खेलमैदान बन्द


  • ढोरपाटन संवाददाता
  • असार १३ २०८१, बुधबार
???????

बागलुङ/बाङ्गेचौर खेलमैदानलाई व्यवस्थित गर्नेगरी चाईनिज दुबो लगाउन साढे तीन महिनाका लागि बन्द गरिएको छ । सबै खेल खेल्न मिल्ने जिल्लाकै एक मात्रै बाङ्गेचौर खेलमैदान लामो समयका लागि बन्द हुन लागेको हो ।
जिल्ला खेलकुद विकास समितिले आगामी असोज मसान्तसम्मका लागि खेल मैदान बन्द गर्ने निर्णय गरेको हो । बर्खा याममा मैदान हिलाम्मे हुँदा खेलकुदका गतिबिधि कम हुने भएकाले यहिं समयमा दुबो लगाउन थालिएको अध्यक्ष कुमार खड्काले बताए ।
चाईनिज दुबोको बिउ लगाउने भएकाले उम्रेर नहुर्किने बेलासम्म मैदानमा कुनैपनि खेलकुदका गतिबिधि सञ्चालन गर्न नहुने उनले बताए । मैदानमा दुबो व्यवस्थापनका लागि बागलुङका संस्थागत विद्यालयहरुले सहयोग गर्ने भएका छन् ।
काठेखोला र ताराखोला गाउँपालिकाले पनि सहयोगको बचन दिएको जिल्ला खेलकुद विकास समितिका सदस्य किशोर थापाले बताए । खेल मैदानलाई धुलाम्मे र हिलाम्मे हुनबाट जोगाउन दुबो रोप्न लागिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->