शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

त्रिभुवन आदर्शका सुसान्त बने स्याङ्जाकै उत्कृष्ठ

त्रिभुवन आदर्शका सुसान्त बने स्याङ्जाकै उत्कृष्ठ


  • अर्जुन काफ्ले
  • असार १४ २०८१, बिहिबार

स्याङ्जा/माध्यमिक शिक्षा परिक्षा (एसइई)मा स्याङजाका सुसान्त मरासिनीले चार जीपीए ल्याएका छन् । बिहिबार सार्वजनिक भएको नतिजामा पुतलीबजार नगरपालिका १ मा रहेको त्रिभुवन आदर्श नमुना माबिका मरासिनीले जिल्ला नै टप गरेका हुन् ।
मरासिनीले ०४३००२३४ पी सिम्बोल नम्बरबाट परिक्षा दिएका थिए । विद्यालयमा लगनशिल र तृष्ण रहेका मरासिनीले जिल्ला नै टप गरेको गणित शिक्षक शिब ढकालले जानकारी दिए । ४ हजार ७२ जनाले स्याङ्जाबाट एसईई दिएकोमा १ हजार ७ सय २२ जनाले कक्षा ११ पढ्न पाउने भएका छन् ।
यहाँ साधारणतर्फ ३.६ देखि ४ जिपिए प्राप्त गर्ने १७२ जना रहेका छन् भने ३.६ देखि २ जिपिएभित्र ४ सय ४१ जना विद्यार्थी उत्तिर्ण भएका छन् । त्यस्तै ३.२ देखि २.८ जिपिएभित्र पर्ने ७ सय १२ जना विद्यार्थी रहेका छन् भने २.४ देखि २.८ जिपिए प्राप्त गर्ने ३ सय ७७ र २.० देखि २.४ जिपिए ल्याउने २० जना गरी १ हजार ७ सय २२ जनाले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन् ।
त्यस्तै ननगे्रड प्राप्तमा दुई हजार १ सय ९२ जना छन् । त्यस्तै प्राविधिकतर्फ ३.७ देखि ४ जिपिए प्राप्त गर्ने २ जना, ३.६ देखि ३ जिपिए प्राप्त गर्ने १७ जना, २.८ देखि ३.२ प्राप्त गर्ने २४ जना र २.४ देखि २.८ जिपिए प्राप्त गर्ने ६ जना गरी ४९ जना उत्तिर्ण भएका छन् भने प्राविधिकतर्फ १०९ जनाले एनजि अर्थात् नन्गे्रड प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->