बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

काठेखोला गाउँपालिकाको पन्ध्रौं गाउँसभामा उपाध्यक्ष श्री तेज बहादुर थापाबाट प्रस्तुत आ.व २०८१/०२ को बजेट

काठेखोला गाउँपालिकाको पन्ध्रौं गाउँसभामा उपाध्यक्ष श्री तेज बहादुर थापाबाट प्रस्तुत आ.व २०८१/०२ को बजेट


  • Dhorpatan News
  • असार १५ २०८१, शुक्रबार

गरिमामय १५ औ गाउँसभाका अध्यक्ष ज्यु, उपस्थित गाउँसभा सदस्यहरु, कर्मचारी, पत्रकार एवम सामाजिक सञ्जाल मार्फत हामीलाई प्रत्यक्ष सुनिरहनु भएका आमावुवा दाजुभाई तथा दिदीबहिनीहरु सबैमा हार्दिक अभिवादन व्यक्त गर्दछु ।

काठेखोला गाउँपालिकाले हालसम्म प्राप्त गरेका अनुभव र उपलब्धिहरुलाई संस्थागत गर्दै दिगो विकास, शान्ति, सुशासन, परिवर्तन र समृद्धिको आकांक्षाहरुलाई संवोधन गर्ने मुल ध्येयका साथ काठेखोला गाउँपालिका, स्थानीय सरकारको उपाध्यक्षको हैसियतले यस गरिमामय १५ औं गाउँसभामा आ.व.२०८१÷०८२ को बजेट प्रस्तुत गर्न पाउदा म आफु निकै गौरवान्बित भएको महसुस गरेको छु ।

सर्वप्रथम राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तका लागि भएका नेपालको लोकतान्त्रिक आन्दोलन, संघर्ष, परिवर्तन, क्रान्ति, सामाजिक तथा मुक्ति आन्दोेलन र गणतन्त्र स्थापनाको खातिर भएकाजनआन्दोलन र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै ति आन्दोलन र संघर्षको क्रममा आफ्नो जीवनको प्राण आहुति गर्नुहुने महान सहिदहरु प्रति उच्च सम्मान ब्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै जनआन्दोलनका घाईतेहरु प्रति पनि उत्तिकै सम्मान ब्यक्त गर्दै सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । अग्रगामी परिवर्तनका आन्दोलनहरुमा नेतृत्वदायी भुमिका निर्वाह गर्नुहुने लोकतान्त्रिक आन्दोलनका योद्धा, राजनैतिक एवम सामाजिक अगुवा, अग्रज नेता एवम नेतृत्वहरु र साथ सहयोग प्रदान गर्नुहुने सम्पुर्ण नागरिकहरु प्रति पनि हार्दिक सम्मान प्रकट गर्दछु ।

नेपालको संविधान–२०७२ र स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेखित अधिकार र गाउँपालिकाको अधिकार क्षेत्रभित्र रही मौलिक हक र कर्तब्य सम्बन्धी संवैधानिक ब्यवस्थाको कार्यन्वयन गर्न काठेखोला गाउँपालिका सदा प्रतिबद्ध छ । काठेखोला गाउँपालिका जनभावना, जनआकांक्षा र आवस्यकताको आधारमा समग्र गाउँपालिकाको भौतिक तथा मानव विकास सहित नागरिकको जीवनस्तरमा ब्यापक सुधार ल्याउन र विकास, परिवर्तन र समृद्धिको अपेक्षा पुरा गर्न दृढ संकल्पका साथ अगाडि बढिरहेको छ ।

प्राकृतिक सुन्दरता सहितको भौगोलिक बिविधता,बहुजातिय, बहुधार्मिक र बहुसांस्कृतिक बिशेषतायुक्त यस काठेखोला गाउँपालिकालाई सद्भाव र सह–अस्तित्वमा आधारित एकताबद्ध, सभ्य र सुसंस्कृत समाज निर्माण गर्दै उदारहणीय र नमुना गाउँपालिकाको रुपमा विकास गर्ने पहिलो र मुख्य संकल्पका साथ विकास, परिवर्तन र समृद्धि सहितको काठेखोला गाउँपालिका निर्माण गर्न सदा प्रतिवद्ध छ । काठेखोलाबासी जनताको चाहाना, बिकास प्रतिको मोह र परिवर्तन प्रतिको आकांक्षालाई पुरा गर्न अनि जनताको सेवा प्रवाहमा सहजता र सरलता प्रदान गर्न काठेखोला गाउँपालिका निरन्तर प्रयासरत छ ।जनताको सबैभन्दा नजिकको सरकारको रुपमा स्थापित हरेक नागरिकहरुको घरदैलोमा पुगेर सेवा प्रवाह गर्ने आधारस्तम्भको रुपमा रहेको स्थानीय सरकारलाई अझ जनमैत्री र प्रभावकारी सेवा प्रवाह गर्न हामी सदा प्रतिबद्ध छौ ।

गाउँबासीको नागरिकहरुको आकांक्षा सवै कुरा एकै पटक संबोधन भईदियोस भन्ने हुन्छ । तर, समय, स्रोत र क्षमताको सीमाले गर्दा एकै पटक सबै कुरा संबोधन गर्न सम्भव नहुदो रहेछ । त्यस माथि स्थानीय सरकार अभ्यासकै क्रममा र आन्तरिक श्रोत निकै कम रहेको र साधन र स्रोत प्रर्याप्त र सुनिश्चित नभई सकेको अवस्थामा नागरिकको सवै माग एकैपटक सम्वोधन गर्न साँच्चिकै चुनौतिको विषय हो । यस्तो अवस्थामा अधिकतम जनतालाई लाभ वा फाइदा दिने कार्यक्रम वा आयोजनालाई छनौट गर्ने वाध्यात्मक अवस्था गाउँपालिकाको रहेको छ । वजेट तर्जुमा गर्दा जनप्रतिनिधिहरुको सहयोग र स्वामित्वलाई ख्याल गर्दै जनताका विकासका आकांक्षा र आवश्यकताहरुको वारेमा प्रर्याप्त अध्ययन र सुझाव लिएको छु । बार्षिक नीति तथा कार्यक्रममा गाउँसभाका सदस्यहरुको छलफल बाट समस्याहरुका वारेमा प्रर्याप्त जानकारी प्राप्त भएको छ । सबै गाउँसभा सदस्यहरुले अमुल्य सुझाव दिई गाउँपालिकालाई सहयोग गर्नु भएको छ । गाउँ सभा सदस्यहरुबाट प्रकट भएका जनताका मनोभावनालाई वजेट निर्माण गर्दा प्रर्याप्त ध्यान दिएको छु ।

वार्षिक वजेट गाउँसभाले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरुलाई कार्यान्वयन गर्ने महत्वपूर्ण औजार हो । वजेट तर्जुमा गर्दा संविधानले नगारिकका लागि वाचा गरेको मौलिक हकहरुको पूर्ण उपभोगको सुनिश्चिततालाई समेट्दै संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षालाई साकार पार्न सहयोगी हुने कार्यक्रम तथा कृयाकलापहरु समावेश गर्न ध्यान दिनु आवश्यक हुन्छ ।

काठेखोला गाउँपालिकाको विकास, परिवर्तन र समृद्धि प्राप्ति गर्न उपलब्ध श्रोत साधनलाई बढि भन्दा बढि प्रयोग गरि नागरिकहरुको हित अभिवृद्धि गर्दै सामाजिक न्यायमा आधारित समाजबाद उन्मुख अर्थतन्त्र एवम शिक्षित, सक्षम र आर्थिक एवम सामाजिक रुपमा हरेक कुराले सुविधा सम्पन्न नागरिक बनाउने हाम्रो अठोट र काठेखोला गाउँपालिकाले अंगिकार गरेको “कृषि, पर्यटन, शिक्षा र पूर्वाधार, समृद्ध काठेखोला निर्माणको आधार” भन्ने मुल उद्घोष र सोचलाई साकार रुप दिन सहयोग पुग्ने गरि यो बजेट तर्जुमा गरेको छु ।

तेज बहादुर थापा

काठेखोला गाउँपालिकाको आगामी आ.व. २०८१/०८२ को बजेट तर्जुमा गर्दा मैले काठेखोला गाउँपालिकाले हालसम्महाँसिल भएका उपलब्धीहरु संस्थागत गर्दै जनप्रतिनिधिमुलक लोकतान्त्रिक पद्धतिबाट हाम्रा नागरिकहरुले सेवा, विकास र रुपान्तरित समतामुलक समाजको निर्माण गर्ने प्रणालीबाट निर्देशित हुदै समाजबाद उन्मुख राष्ट्र सहितको उदाहरणीय रनमुना गाउँपालिकाको रुपमा स्थापित गर्न यो बजेट केन्द्रित गरेको छु ।

पछिल्लो सयममा नेपाली अर्थतन्त्र विस्तारै समाधानउन्मुख हुदै गहिरहेको वर्तमान सन्दर्भमा गाउँपालिकाको दिगो विकास र प्रतिस्प्रधात्मक क्षमता अभिवृद्धिका लागि आगामी आ.व.को बजेट विनियोजनलाई समावेशीमुलक, उत्पादनमुलक, रोजगारी बृद्धि र थप राजस्व प्राप्त हुने क्षेत्रमा केन्द्रित गर्दै करको दर भन्दा दायरा विस्तारलाई बढि भन्दा बढि जोड दिएको छु ।

आगामी आर्थिक बर्षको बजेट तर्जुमा गर्दा मैले नेपालको संविधान, ऐन, कानुन, निती नियम, संघिय सरकार र प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेट बक्तब्य, स्थानीय सरकार सञ्चालन ऐन २०७४, काठेखोला गाउँपालिकाका अध्यक्ष ज्युद्धारा प्रस्तुत नीति तथा कार्यक्रम, बिनियोजन बिधेयक–२०८१ र आर्थिक बिध्येक–२०८१ को सिद्धान्त र प्राथमिकता, स्थानीय राजनैतिक पार्टी, सामाजिक अगुवाहरु, सम्वन्धित सरोकारवालाहरुले दिनुभएको रचनात्मक सल्लाह, सुझाव एवम सार्वजनिक सुनुवाई तथा विभिन्न समयमा काठेखोलाबासी जनता र सञ्चार माध्यमहरुबाट प्राप्त भएका सुझाव र सुधारका माग समेतलाई मुख्य आधार बनाएको छु ।

गाउँ, टोल र बस्ती स्तरबाट चरणबद्ध रुपमा सुरुवात गरिएको योजना माग र छनौट प्रक्रियाहरु अपनाउदै आ.व. २०८१÷०८२ को बजेट निर्माणको क्रममा विषयगत समिति र राजस्व परामर्श समितिले दिएको सुझावलाई आत्मसाथ गर्दै श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले दिएको सिमाभित्र रही बजेट तथा कार्यक्रम तर्जुमा समितिमा आय तथा खर्चको सिमा निर्धारण गरि सो बैठकलाई समेत मध्यनजर गरि उक्त समितिले स्विकृत गरेको बजेट तथा कार्यक्रम समेत समावेश गरेको छु । साथै बिषयगत बिविध ऐन, कानुन, कार्यविधि, नियमावली र निर्देशिकाहरु, गाउँ कार्यपालिकाको बैठकका निर्णयहरु तथा दिगो विकास लक्ष्यलाई पनि मुख्य आधार बनाएको छु ।

आगामी आर्थिक बर्षको बजेट जनतालाई कसरी अधिकार सम्पन्न गराउन सकिन्छ, कसरी आर्थीक समृद्धितिर उन्मुख गराउन सकिन्छ, कसरी सहजता प्रदान गर्न सकिन्छ अनि कसरी सामाजिक परिवर्तन र रुपान्तरणको दिशामा डोर्याउन सकिन्छ त्यतातिर केन्द्रित गरि निर्माण गरिएको छ साथै राज्य र विकासको मुल प्रवाहबाट पछाडी परेका लक्षितबर्ग दलित, महिला, जनजाति, अपांग, बालबालिका र जेष्ठनागरिकहरुको आर्थिक एवम सामाजिक शसक्तिकरणका लागि बिशेष जोड दिई सोही अनुसारको बजेट निर्माण गरेको छु ।

संघ, प्रदेश र स्थानीय तह बिचको सहकार्य, सहअस्तित्व र समन्वयलाई अवलम्बन गर्दै जनसहभागीता, उत्तरदायित्व, पारर्दशिता सुनिस्चित गरि जनतालाई सुलभ र गुणस्तरिय सेवा प्रवाह गरि यतिवेला सिहंदरबार गाउँमै आएको जनतालाई आभाष दिलाउनु पर्ने अवसर, दायित्व र चुनौति हामी माझ आएको छ ।

नेपालको संविधानले परिकल्पना गरे अनुसार गणतन्त्रात्मक शासन प्रणालीद्धारा लोकतान्त्रिक समाजबाद स्थापनार्थ नेपाल सरकारले लिइएको हरेक कार्यक्रमलाई साकार पार्न यस गाउँपालिका प्रतिवद्ध रहदै गाउँपालिकाको समग्र विकास र गाउँपालिकाबासी नागरिकहरुको हक हित र अधिकारको रक्षा गर्न प्रतिवद्ध छ । गाउँपालिकाको अधिकार क्षेत्रभित्र रही मौलिक हक र कर्तब्य सम्बन्धी संवैधानिक ब्यवस्थाको कार्यन्वयन गर्न काठेखोला गाउँपालिका सदा प्रतिबद्ध छ । काठेखोला गाउँपालिका आवश्यकता, जनभावना र जनआकांक्षाको आधारमा नागरिकको जीवनस्तरमा सुधार ल्याइ विकास, परिवर्तन र समृद्धिको अपेक्षा पुरा गर्न दृढ संकल्पका साथ अगाडि बढ्ने छ ।
विकास, परिवर्तन र समृद्धिले सुसज्जित हाम्रो गाउँपालिका, राम्रो गाउँपालिका निर्माणको यो अभियानमा काठेखोला गाउँपालिकाका हरेक नागरिकहरुको साथ, सहयोग र ऐक्यबद्धताका लागि हार्दिक अपिल समेत गर्दछु ।

अध्यक्ष महोदय, एवम उपस्थित गाउँसभा सदस्य ज्युहरु ।
अव.म आगामी आर्थिक बर्ष २०८१/८२ को बजेटका उद्धेश्यहरु सभामा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
–स्वरोजगारका लागि पर्यटन विकास तथा प्रवद्र्धन, आन्तरिक कृषि उत्पादन लगायतका विभिन्न सीप विकास कार्यक्रम मार्फत यस गाउँपालिकाको आर्थिक विकास गर्ने ।
–कृषि क्षेत्रमा व्यवसायीकरण र आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व बृद्धि गर्ने ।
–आर्थिक बृद्धिलाई उच्च दरमा उकाल्दै गाउँबासिको जीवनस्तरमा देख्न सकिने र अनुभूति गर्न सकिने सुधार ल्याउन मानवीय पूँजी विकास र उत्पादन सहयोगी भौतिक पूर्वाधारको विकास गर्दै संमग्र आर्थिक क्षेत्रलाई चलायमान बनाउने तथा दिगो आर्थिक विकास गर्ने ।
–पर्यटनमैत्री पूर्वाधार विकास गरी पर्यटन उद्योगलाई विस्तार गर्ने एवं लगानी, रोजगारी तथा अन्य आय आर्जनको आकर्षक गन्तव्यको रुपमा पर्यटनलाई प्रवद्र्धन गर्ने ।
–आधारभूत पूर्वाधारको निर्माण र विकास गरी गाउँ सरकार र आधारभूत सेवामा नागरिकको पहुँच अभिवृद्धि गर्ने ।
–स्वास्थ्य र शिक्षामा गुणस्तरीय सुधार गर्ने ।
–गणुस्तरीय र भरपर्दो खानेपानीको सुविधाको विस्तार गर्दै एक घर एक धारोको व्यवस्था गर्ने ।
–वातावरण सन्तुलन तथा विपद् व्यवस्थापनलाई अन्तर आवद्धताको विषयकोरुपमा विकास गर्ने ।
–सामाजिक समावेशीको नीति अवलम्वन गर्दै लक्षित समुदायका बर्गहरुलाई आर्थिक एवम सामाजिक शसक्तिकरणको माध्यमबाट शसक्तिकरण गरि विकासको मुल प्रवाहमा समाहित गर्न समावेशी र सन्तुलित विकासलाई प्रवद्र्धन गर्ने ।
–लैङगिक मैत्रि समावेशी विकासमा जोड दिने ।
–महिला, दलित, जनजाति, बिपन्न, उपेक्षित र गरिवीको रेखामुनी रहेका गाउँपालिकाका नागरिकहरुलाई सामाजिक र आर्थिक समानता कायम गर्ने ।
–बिपद जोखिम न्युनिकरण, उद्धार राहत एवम वन बाताबरण र जलाधार संरक्षण गर्ने ।
–अर्थतन्त्रलाई चलायमान र गतिशिल तुल्याउन उत्पादन र उत्पादकत्वमा जोड दिदै गाउँपालिकाको आर्थिक विकासका समग्र क्षेत्रहरु विच गतिशिल अन्तरसम्वन्ध कायम गर्ने ।
–उपलब्ध श्रोत र साधनको सन्तुलित समन्यायिक वितरणको माध्यमबाट समानुपातिक विकास हासील गर्ने ।
–स्थानीय सरकारबाट प्रवाह हुने सेवालाई छिटो छरिटो सहज, सुलभ र प्रविधिमैत्री बनाई जन विश्वास हासिल गर्ने ।
–गाउँपालिकाबाट प्रदान गरिने विकासका क्रियाकलापहरु र सेवा प्रवाहका समानुपातिक, समावेशी र न्यायोचित रुपमा वितरण गर्ने ।
–नागरिकहरु खुसी र सन्तुष्टी हुने गरि सेवा प्रवाह गर्ने ।
–भ्रष्टाचारमा शुन्य सहनशिलताको नीति अवलम्वन गर्दै, वित्तिय अनुसासन, पारदरर्शिता र उत्तरदायी शासकीय व्यवस्था मार्फत सुशासनको प्रवद्र्धन गर्ने ।

अव म आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट कार्यक्रमका प्राथमिकताका केही सुचीहरु सभामा प्रस्तुत गर्न चाहन्छु ।
–कृषि उत्पादन र उत्पादकत्व अभिबृद्धि तथा कृषि क्षेत्रमा व्यापक सुधार ।
–उद्यमशिलताको विकास, पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जना ।
–आत्मनिरर्भर, स्वरोजगार सहितको सिप विकास कार्यक्रम ।
–दलित समुदायका नागरिकहरुको सुरक्षित र स्वस्थ जिवनको सुनिश्चितता ।
–स्वास्थ्य सेवाको सुदृद्धिकरण मार्फत स्वस्थ जीवनको सुनिश्चितता ।
–दिगो गुणस्तरीय भौतिक पुर्वाधार ।
–लक्षित समुदायको आर्थिक एवम सामाजिक शसक्तिकरण ।
–गुणस्तरीय शिक्षा र सामाजिक विकास मार्फत सुसंस्कृत समाज निर्माण ।
–सेवा प्रवाहमा नागरिकहरुको सहज पँहुच र सुशासन अभिवृद्धि ।
–नागरिकहरुको सुरक्षा तथा विपद व्यवस्थापन ।
–जलबायु परिवर्तन तथा वातावरिणीय सन्तुलन कायम ।

अध्यक्ष महोदय, एवम गाउँसभा सदस्य ज्युहरु ।
अब म आगामी आर्थिक बर्ष २०८१/०८२ को बार्र्षिक बजेटमा संबोधन गरिएको बजेट कार्यक्रमहरुको केही सारसंक्षेप प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
काठेखोला गाउँपालिकाको गाउँपालिका स्तरीय कार्यक्रम अन्तरगत बिभिन्न बिषयगत समितिहरु तर्फ १३ करोड ८९ लाख ३ हजार रुपैयाँ विनियोजन गरेको छु ।
जस अन्तरगत .
–आर्थिक विकासतर्फ १ करोड ४० लाख
–पुर्वाधार विकासतर्फ ८ करोड २९ लाख ३ हजार
–सामाजिक विकासतर्फ ३ करोड ४० लाख
–सार्वजनिक सेवा तथा क्षमता विकासतर्फ ४० लाख
–वन, वातावरण तथा विपद ब्यवस्थापनतर्फ ४० लाख

अब म आगामी आर्थिक बर्षमा काठेखोला गाउँपालिकाको विकास, परिवर्तन र समृद्धिका लागि केही योजना तथा कार्यक्रमहरु यस सभामा प्रस्तुत गर्न चाहन्छु ।
–आठवटै वडाको नागरिकहरुको माग, समस्या र आवश्यकतालाई संवोधन गर्न वडागत बजेट बाँडफाड तर्फ रु.३ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छु ।
–सवैको चासो, आवश्यकता र सबै नागरिकहरुले निकै महत्वका साथ लिइएको काठेखोला गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि रु. ८० लाखबजेट विनियोजन गरेको छु
–काठेखोला गाउँपालिकाको गौरवको योजना अन्तरगत काठेखोला गाउँपालिका वडा नं. २भीमापोखराको अक्षेत्ते बजारदेखि वडा नं. २ को वडा कार्यालयसम्म जोड्ने सडक स्तरोन्नतिका लागि रु. ५० लाख रुपैया विनियोजन गरेको छु । त्यसैगरि गाउँपालिकाकै गौरबको योजना अन्तरगत काठेखोला गाउँपालिका वडा नं. ५ विहुँको खोराखोला, सुनाखरी, मौरीभिर, गौस्वारा सम्मको सडक लाई स्तरोन्नतिका लागि पनि रु. ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छु ।
–काठेखोला गाउँपालिको केन्द्रदेखि प्रत्येक वडाको वडा कार्यालयसम्म जोड्ने सडक स्तरोन्नतिका लागि रु. ८० लाख बजेट विनियोजन गरेको छु ।यस योजनामा वडाको पनि सोही रकम बरावरको लगानी रहने सभासमक्ष जानाकारी गराउदछु ।
–काठेखोला गाउँपालिका भित्रका सम्पुर्ण दलित समुदायका नागरिकहरुलाई निशुल्क स्वास्थ्य विमा गर्ने गरि “अध्यक्षसंग दलित नागरिक स्वास्थ्य विमा कार्यत्रम”सञ्चालनका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरेको छु ।साथैहाम्रो कार्यकाल भित्र काठेखोला गाउँपालिका भित्रका १००० घर परिवारलाई प्रत्यक्ष लाभ हुनेगरि बिपन्न नागरिकहरुका लागि निशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागि यस बर्ष रु.७ लाख बजेट विनियोजन गरेको छु ।
–कृषि तथा पशुपालनको क्षेत्रमा विवाईसी बागलुङ र हेफर प्रोजेक्ट नेपालसंग विगत तीन बर्षदेखि निरन्तर रुपमा गरिदै आइएको कृषि तथा पशु उद्यमशिलता विकास परियोजना साझेदारी कार्यक्रमको सम्झौताको समायावधि यस बर्ष सकिएकोले उक्त परियोजना निकै समयावधि थप गरि परियोजनाको दोस्रो चरणकोकृषि तथा पशु उद्यमशिलता विकास परियोजना कार्यक्रमलाई सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु । उक्त परियोजना मार्फत उत्पादनमा बृद्धि, शसक्तिकरण र उद्यमशिलताको विकास समेत हुने मैले आशा लिएको छु ।
–काठेखोला गाउँपालिकाको समग्र पर्यटन एवम होमस्टे प्रवद्र्धनका लागि एन जि डि एफ बागलुङसंग सहकार्य गरि साझेदारितामा आधारित पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालनकालागिआवश्यक बजेट व्यवस्था गरेको छु ।
–वोरीङ प्रविधिको खानेपानी उत्खनन्, अध्ययन र सञ्चालनका लागि रु. २५ लाख बजेट विनियोजन गरेको छु ।
–लक्षित बर्गको आर्थिक एवम सामाजिक शसक्तिकरणमा जोड दिदै महिला, दलित, जनजाति र जेष्ठनागरिक, अपांग र बालबालिकाहरुका लागि रु.२० लाखको दरले जम्मा रु. ८० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छु ।
–आठवटै वडाको सडक मर्मत सम्भारका लागि रु. १६ लाख रुपैयाँ विनियोजन गरेको छु ।
–सडक पुर्वाधार छिटो छरितो निर्माण तथा मर्मतका लागि नाली सफा गर्ने वकेट, रोलर लगायतका उपकरण खरिद गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
–काठेखोला गाउँपालिका, वडा नं. ८ मा रहेको उपल्थर सामुदायिक भवन निर्माणका लागि रु. १२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छु ।
–काठेखोला गाउँपालिका, वडा नं. ६ मा बहुसेवा सामुदयिक खोपकेन्द्र निर्माणका लागि रु. ८ लाख विनियोजन गरेको छु ।
–वातावरणीय प्रभाव मुल्याङ्कन इ आइ ए निर्माणका लागि रु. ५ लाख बजेट विनियोजन गरेको छु ।
–तेश्रो अध्यक्षकप तथा पाँचौ राष्टपति रनिङशिल्ड प्रतियोगिता, कला, संस्कृति तथा समग्र खेलकुद क्षेत्रको संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन, तालिम, प्रशिक्षण एवम कला, संस्कृति तथा खेलकुद विकासकाआवश्यक बजेट ब्यवस्था गरेको छु ।
–काठेखोला गाउँपालिका स्तरीय कला, संस्कृति तथा खेलकुद विकास समितिको आयोजना र जिल्ला स्थित सम्पुर्ण नगरपालिका÷गाउँपालिकाको सहयोगमा सञ्चालन हुने राष्टिय स्तरको कराते प्रतियोगिता सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
–काठेखोला गाउँपालिका–४ तंग्राममा निर्माणाधिन अवस्थामा रहेको बहुउदेश्यीय कर्भडहललाई यसैबर्ष सञ्चालन गर्ने गरि पुर्णता दिन रु. १० लाख विनियोजन गरेको छु ।
–कृषकहरुको उत्पादनलाई बजारसंग जोड्दै सवै जाति, समुदायहरुले उत्पादन गरेको दुध बजारीकरण गर्न यसै बर्ष अक्षेत्ते बजारमा सञ्चालन गरिने दुध कलेक्सन सेन्टर सञ्चालनका पूर्वाधार निर्माण गर्न रु.१० लाख बजेट विनियोजन गरेको छु ।
–परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण गर्ने, पशु व्यवसायमा नस्ल सुधार, प्रकोप व्यवस्थापन, बेरोजगार तथा रोजगारी गुमाएकाहरुलाई रोजगारी सिर्जना गर्ने, विउ विजन बितरण, बाली कटानी, मिनिकिट वितरण गर्ने, पशुबिमा अभिमुखिकरण जस्ता कृषिजन्य कार्यक्रमलाई बिशेष प्राथमिकता दिई आवस्यक बजेटको ब्यवस्था गरेको छु । त्यसैगरी कृषकहरुका लागि तालिम, गोष्ठी, प्रशिक्षण संगै पशुपंक्षिका लागि निशुल्क औषधी बितरण कार्यक्रमको लागि पनि उचित बजेटको ब्यवस्था मिलाएको छु ।
–गाउँपालिकाभित्र चियाखेति विस्तारका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरेको छु ।
–आम नागरिकहरुको बढ्दो मागलाई ध्यानमा राखी बाँदर अतिक्रमणलाई न्युनिकरण गर्नका लागि पनि आवस्यक बजेटको प्रवन्ध मिलाएको छु ।
–कृषि पेशा प्रति आम नागरिकहरुको अभिरुची जागृत गराउन सफल कृषक सम्मान कार्यक्रमका लागि पनि आवस्यक बजेटको व्यवस्था मिलाएको छु । साथै माटो परिक्षण प्रयोगशाला मिनी ल्याव सञ्चालनका लागि पनि आवस्यक बजेटको व्यस्था गरेको छु ।
–स्थानीय गोरु संरक्षणका लागि सञ्चालन गरिने कृषकलाई प्रोत्साहन, गोरुलाई पोषण कार्यक्रम सञ्चालनका लागि रु. ५ लाख रुपैयाँ विनियोजन गरेको छु ।
–कृषि क्षेत्र अन्तरगत विभिन्न पकेट क्षेत्र विकास तथा विस्तारका लागि रु. ९ लाख रुपैयाँ विनियोजन गरेको छु । त्यसैगरि कोदो बाली उत्पादनमा आधारीत अनुदान कार्यक्रमका लागि रु.५ लाख बजेट विनियोजन गरेको छु ।
–पशुपंक्षीहरुको औषधी खरिदका लागि आवश्यक पर्ने बजेट विनियोजन गरेको छु ।
–सहकारी शिक्षा, अनुगमन र लेखा व्यवस्थापनका लागि आवस्यक बजेटको व्यवस्था मिलाएको छु । साथै व्यवहारिक र प्रभावकारी रुपमा सञ्चालनमा रहको लघुउद्यम कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
–गाउँपालिका भित्रका शैक्षिक संस्थाहरुको थप ब्यवस्थापन एवम शैक्षिक सुधारका लागि चालु आ.व.देखि नै सञ्चालनमा रहेकोअध्यक्षसंग शैक्षिक सुधार कार्यक्रम लाई निरन्तरता दिदै सो कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु । साथै बिद्यालयको सघन अनुगमन गर्ने कार्यलाई थप परिमार्जित गर्दैउपाध्यक्षसंग बिद्यालय सघन तथा नियमित, अनुगमन कार्यक्रम का लागि आवश्यक बजेट बिनियोजन गरेको छु ।
–स्थानीय पाठ्यपुस्तक निर्माण, छपाई तथा प्रवोधिकरणका लागि आवश्यकबजेट बिनियोजन गरेको छु ।
–भि.एस.ओ. नेपालको व्यवस्थापनमा मा.वि.तथा आधारभुत विद्यालयमा सञ्चालन भएको ठुलीदिदी बिस्तार कार्यक्रम सञ्चालन र के.जी.कक्षा शिक्षक र बालविकास सहजकर्ताको लागि पनि आवश्यक बजेट बिनियोजन गरेको छु ।
–सिर्जनशिल सुक्रबार कार्यक्रम सञ्चालनका लागि रु.५ लाख रुपैयाँ बिनियोजन गरेको छु । साथै उत्कृष्ट विद्यालय, उत्कृष्ट शिक्षक र उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रमको लागि पनि आवश्यक बजेटको प्रवन्ध मिलाएको छु ।
–सुत्केरी शिक्षिका विदा सोध भर्ना कार्यक्रमका लागि रु. ५ लाख बजेट विनियोजन गरेको छु । साथै विद्यालयहरुमा विद्युतिय हाजिरी जडान, स्मार्ट स्कुल एप्स सफट्वयरका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
–शैक्षिक गुणस्तर बृद्धिका लागि प्रविधि विकास कार्यक्रम सञ्चालनका लागि रु.५ लाख रुपैयाँ विनियोजन गरेको छु । साथै शिक्षकहरुको पेशागत विकास तालिमका लागि पनि रु.५ लाख बजेट विनियोजन गरेको छु ।
–नागरिकहरुका लागि निशुल्क रुपमा वितरण गरिने औषधी खरिद तथा औजार उपकरण खरिदका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
–बागलुङ बजारमा निर्माणाधिन अवस्थामा रहेको मानवसेवा आश्रमको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
–स्वास्थ्य संस्थाहरुमा ल्याव सञ्चालनका आवश्यक कर्मचारी सहित लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
–पोषण सुधारका लागि आमा सुरक्षा कार्यक्रम अन्तगरत गर्भवति महिलाहरुका लागि अन्डा, आयोदिन नुन लगायतका पोषण कार्यक्रम सञ्चालनका लागि यस बर्ष पनि निरन्तरता दिएको छु ।
–महिला स्वास्थ्य स्वयमसेविकाहरुका लागि मोवाईल सेवा एवम क्षमता अभिबृद्धिका लागि पनि आवस्यक बजेटको प्रवन्ध मिलाएको छु ।
–महिला स्वास्थ्य स्वयमसेविकाहरुको मासिक यातायात खर्च व्यवस्थापनका लागि रु. ५ लाख ५८ हजार रुपैयाँ विनियोजन गरेको छु ।
–वडा स्तरमा रहेका स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापनका लागि यस आ.व.मा पनि निरन्तरता दिएको छु ।
–विपन्न महिला, दलित र जनजाति विद्यार्थीहरु लागि प्राविधिक शिक्षा अध्ययन कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु । साथै लक्षित बर्गको शसक्तिकरण, सीप विकास र आय आर्जन सहित स्वास्थ्य विमा कार्यक्रमका लागि पनि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
–महिला उद्यमशिलता विकास कार्यक्रम सञ्चालनका लागि रु. ७ लाख रुपैयाँ विनियोजन गरेको छु ।
–दलित समुदायको परम्परागत पेशा सुधार र आय आर्जनमुखि कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।
–कला, संस्कृतिको अभिलेखिकरण सहित जनजाति प्रोफाईल प्रकाशन र मगर भाषा कक्षा सञ्चालनका लागि पनि आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।
–जनजाति समुदायको स्थानीय सीपमा आधारित व्यवसाय प्रवद्र्धनका लागि बेद बाँस सम्वन्धि तालिम तथा उद्यम विकास कार्यक्रम सञ्चालनका लागि आवश्यक पर्ने वजेटको व्यवस्था मिलाएको छु । साथै सिङ्की गुन्द्रुक प्याकेजीङ प्रविधि हस्तान्तरणका लागि पनि आवस्यक बजेटको व्यवस्था गरेको छु ।
–काठेखोला गाउँपालिकाको पहिचानको योजना अन्तगरत वडा नं. ४ तंग्राममा निर्माणाधिन अवस्थामा रहेको जनजाति संग्राहलय कार्य सम्पन्नताका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
–क र ख बर्ग भएका अपांगता भएका व्यक्तिहरुको अवस्था अनुगमन ग र घ बर्गका आयआर्जन कार्यक्रम र ग बर्गका अपांगता भएको व्यक्तिहरुको स्वास्थ्य विमा कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
–विपद पुर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक गर्न, भुकम्प प्रतिरोधी घर तथा संरचना निर्माण सम्वन्धि तालिमका लागि आवस्यक वजेटको व्यवस्था गरेको छु ।
–जुनसुकै बेला, जहिले र जहाँसुकै जस्तोपनि बिपद आईपर्न सक्छन भन्ने कुरालाई ध्यानमा राखी जहाँ बिपद त्यहाँ काठेखोला को नारा लिई सञ्चालन गरिएको गाउँपालिका स्तरीय बिपद व्यवस्थापन कोष स्थापना गरिएको छ । उक्त कोषमा आगामी बर्षका लागि रु. ५ लाख रुपैयाँ बिनियोजन गरेको छु ।
–प्रत्येक वडाको उच्च ठाउँहरुमा रहने गरि बहुउपयोगी पोखरी निर्माणका लागि रु.८ लाख रुपैयाँ विनियोजन गरेको छु ।
–खानेपानीको मुल संरक्षण तथा मुलको पानी सुद्धता परिक्षणका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
–जनप्रतिनिधि, कर्मचारी, मेलमिलापकर्ता, उपभोक्ता समितिका पदाधिकारीहरु र अन्य सरोकारवालाहरुका लागि क्षमता अभिबृद्धि तालिम सञ्चालन गरिने छ जसको लागि आवस्यक बजेट बिनियोजन गरेको छु ।
–काठेखोला गाउँपालिकाको हरेक योजना, कार्यक्रम, विकास, र आर्थिक पारदर्शिपुर्ण सेवा प्रवाहलाई सुनिस्चित गर्न र गाउँपालिकाको हरेक गतिबिधिहरुलाई आम जनताको बिचमा पुराउनका लागि स्थानीय छापा एवम बिद्युतिय माध्यमद्धारा हाम्रा गतिविधिहरु प्रकाशन एवम प्रशारणका लागि आवश्यक बजेट विनियोजन गरेको छु । त्यसैगरि काठेखोला गाउँपालिकाको डकुमेन्ट्री निर्माणका लागि पनि आवश्यक वजेटको व्यवस्था गरेको छु ।
–काठेखोला गाउँपालिकाको डिजिटल प्रोफाईल अध्यावधिका लागि रु. ५ लाख रुपैयाँ विनियोजन गरेको छु ।
–संगठन तथा व्यवस्थापन सर्वेक्षण (इल्ः) का लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरेको छु ।
–विद्युतिय चुला प्रयोगमा बृढि गर्न अनुदान कार्यक्रमका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरेको छु ।
–जलबायु परिवर्तन, मौशम सम्वन्धी जानाकारी, विपदका समयमा सुचना प्रविधिका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु । साथै खोज, उद्धार तथा दुर्तप्रतिकार्य टोली गठन तथा परिचालनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
–बजार अनुगमन, शान्ति सुरक्षा र राजस्व सुधारमा परिचालन गर्ने अभिप्रायले गठन गरिने नगर प्रहरी गठन तथा सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
–काठेखोला गाउँपालिकाको सेवा प्रवाहलाई जनताको घरदैलोमा पुराउने अभिप्रायले सञ्चालन गरिने घुम्ती शिविर सञ्चालनका लागि आवस्यक बजेटको व्यवस्था मिलाएको छु । साथै सडक चिन्ह सुचना बोर्ड, विद्युतीय हाँजिरी, सि.सी.क्यामेरा जडानका लागि आवश्यक पर्ने वजेटको ब्यवस्था गरेको छु ।
–स्थानीय सरकारका स्वरुप टोल टोलमा पुराउन टोल सुधार समिति गठन र व्यवस्थापनका लागि समेत आवस्यक बजेटको प्रवन्ध मिलाएको छु ।
–काठेखोला गाउँपालिका भित्रका सार्वजनिक सम्पदाहरुको तथ्याङ्क संकलन गर्नका लागि आवस्यक बजेटको व्यवस्था मिलाएको छु ।

सभाअध्यक्ष ज्यु एवम गाउँसभा सदस्य ज्युहरु
अव म आर्थिक बर्ष २०७९÷०८० को यथार्थ खर्च र २०८०÷०८१ को संसोधित अनुमान र २०८१÷०८२ को अनुमानितआयब्ययविबरण यस सभामा पेश गर्ने अनुमति चाहन्छु ।
१. आर्थिक वर्ष २०७९/०८० को यथार्थ खर्च
चालु खर्चः ३४,३२,०६,६५१
पुजीगत खर्चः २०,१३,०३,८४०
जम्मा खर्चः ५४,४५,१०,४९२

२. आर्थिक वर्ष २०८०/०८१ को संशोधित अनुमान
चालु खर्चः ३७,७४,३५,०००
पुजीगत खर्चः १९,१०,१९,०००
जम्मा खर्चः ५६,७४,५४०००

३. आर्थिक वर्ष २०८१/०८२ को अनुमानित आय व्यय
चालु खर्चः ३८,२०,२०,०००
पुजीगत खर्चः २०,५७,०३,०००
जम्मा खर्चः ५८,७७,२३,०००
यस काठेखोला गाउँपालिकाको आ.व.२०८१÷०८२ को अनुमानित बार्षिक आयबिबरण देहायबमोजिम रहेको छ ।
श्रोत
–संघिय सरकारबाट बित्तिय समानिकरण अनुदानः ९ करोड ९९ लाख
–संघिय सरकार ससर्त अनुदानः ३० करोड ८ लाख २० हजार
–संघिय सरकार विशेष अनुदानः २ करोड
–संघिय सरकार समपुरक अनुदानः १ करोड
–संघिय सरकार राजस्व बाँडफाँडः ९ करोड ३ लाख
–गण्डकी प्रदेश सरकार वित्तिय समानिकरण अनुदानः १ करोड २९ लाख ६९ हजार
–गण्डकी प्रदेश सरकार राजस्व बाँडफाँड अनुदानः ६५ लाख ७७ हजार
–मालपोत कार्यालयबाट बाँडफाड हुने घरजग्गा रजिस्ट्रेशन दस्तुरः ५ लाख
–गाउँपालिकाको आन्तरिक आयः ७७ लाख
–गण्डकी प्रदेश सरकार विशेष अनुदानः ४० लाख
–गण्डकी प्रदेश सरकार समपुरक अनुदानः ६० लाख
–संचित कोषबाट अल्या हुने अनुमानित रकमः २ करोड ७९ लाख ६९ हजार
जम्माः ५८ करोड ७७ लाख २३ हजार

सभाअध्यक्ष ज्यु, एवम उपस्थित गाउँसभा सदस्य ज्युहरु
यस काठेखोला गाउँपालिकाको आ.व.२०८१/०८२ को अनुमानित बार्षिक ब्यय बिबरण देहायबमोजिम रहेको छ ।

व्यय विवरण/प्रस्तावित रकम
१.सशर्त (चालु)ः ३० करोड ८ लाख २० हजार
२.सशर्त (पूजिगत)ः १० लाख
३.चालु तर्फको खर्चः ७ करोड
४.मेसिनरी औजार÷फर्निचर तथा फिक्चर्सः १० लाख
५.सवारी साधनः १० लाख
६.पूर्वाधार विकासः ८ करोड ९ लाख ३ हजार
७.सामाजिक विकासः ३ करोड ४० लाख
८.आर्थिक विकास (कृषि, पर्यटन, उद्योग तथा वाणिज्य, सहकारी र वित्तिय क्षेत्रः १ करोड ४० लाख
९.सार्वजनिक सेवा तथा क्षमता विकासः ४० लाख
१०.वन, वातावरण तथा विपद् व्यवस्थापनः ४० लाख
११.संघिय सरकार विशेष अनुदान रेश आधारभूत अस्पतालः २ करोड
१२.संघ सरकार समपुरक अनुदान बिहुँ सुल्डाँडा अक्षते लेखानी सेतीचौर देउराली सडकः १ करोड
१३.प्रदेश सरकार विशेष अनुदान लेखानी स्वास्थ्य चौकी पुर्वाधार निर्माणः ४० लाख
१४.प्रदेश सरकार समपुरक अनुदान बानपा ७ काप्रे–धिमी–पालाहुँदै भीमापोखरा सडक स्तरोन्नतीः ६० लाख
जम्मा अनुमानित व्ययः ५८ करोड ७७ लाख २३ हजार

सभाअध्यक्ष महोदय एवम उपस्थिति गाउँसभा सदस्य ज्युहरु
काठेखोलागाउँपालिकाको आगामी आ.व.२०८१/०८२ को अनुमानित कुल आय ५८ करोड ७७ लाख २३ हजार रुपैयाँ मध्ये संघिय सरकारबाट प्राप्त सर्सत अनुदानकाकार्यक्रमहरु देहाय बमोजिमका शिर्षकहरुमा खर्च हुने गरि विनियोजन गरेको छु ।
विवरण/रकम
–कृषि तथा पशतर्फः ४३ लाख ९५ हजार
–उद्योगतर्फः १३ लाख
–शिक्षातर्फः २४ करोड ४४ लाख ६३ हजार
–स्वास्थ्यतर्फः ४ करोड १४ लाख ६९ हजार
–सामाजिक सुरक्षा तथा रोजगार प्रवद्र्वनतर्फः ८९ लाख ९३ हजार
–झोलुङ्गे पुलतर्फः १० लाख
–खानेपानीतर्फः २ लाख
जम्माः ३० करोड १८ लाख २० हजार

सभाअध्यक्ष ज्यु एवम उपस्थित गाउँसभा सदस्य ज्युहरु, कर्मचारी एवम् पत्रकार मित्रहरु ।
माथी विषय तथा क्षेत्रगत रुपमाउल्लेखित बजेटलाई गाउँपालिकाबाट गौरब र वडाबाट सिफारिस भइआएका योजनाहरु र गाउँपालिकाबाट सबै वडामा सञ्चालनहुने साझा योजनाहरुको बिस्तृत बिबरण अनुसुचीमा उल्लेख गरिएको छ ।

सभाअध्यक्ष ज्यु
अन्तमा यस काठेखोलागाउँपालिकाकोआ.व.२०८१÷०८२ को योजनातथाकार्यक्रमहरु सफल, सार्थक र उत्साहजनक कार्यान्वयनको लागि सवैको सक्रिय सहयोग एवं भूमिकाको अपेक्षागर्दछु । हाम्रा हरेक योजनातथाकार्यक्रमहरुलाई विकास, परिवर्तन र सम्वृद्धि संगै नागरिकहरुको उत्पादन र आर्थिक आमदानीसंग जोड्न र सबै योजना तथा कार्यक्रमहरुमा जनसहभागीता बढाउन बिशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछु । योजना तथा कार्यक्रमकार्यन्वयनका सबै चरणहरुमा अनुगमनतथामुल्यांकनलाई थप प्रभावकारी बनाउनुपर्ने आवस्यकता पनि उत्तिकै छ । काठेखोला गाउँपालिकाको बजेट कार्यक्रम कार्यन्वयनमा सवैबाट सक्रियताका साथ सहयोगका लागि सम्पुर्ण जनप्रतिनिधि, समस्त राष्ट्रसेवक कर्मचारीहरु, राजनैतिकदलका नेतातथाकार्यकर्ताहरु, सामाजिकअभियान्ताहरु, बिज्ञ एवम बिद्धान ब्यक्तित्वहरु, एवमआम काठेखोलाबासी आमावुवा दाजुभाई तथा दिदीबहिनीहरुको दरिलो साथ, सक्रियता र उत्साहजनक सहभागीता रहने छ भन्ने आशा एवम विश्वास गरेको छु ।
धन्यबाद ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->