पोखरा/ स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नम्बर ५ बागेफड्केमा गएराती आएको पहिरोले घर भत्किदाँ आमा छोरीको मृत्यु भएको छ । राती साढे ११ बजेतिर घर माथिबाट आएको पहिरोले घर पुरिदा ३१ वर्षीया दुर्गा जिटी र उनकी ३ वर्षकी छोरी निशीकाको मृत्यु भएको फेदीखोला गाउँपालिकाकी उपाध्यक्ष देउकुमारी गुरुङले बताईन ।
उनका अनुसार घरको पछाडिपट्टीको भाग खसेर घर भत्किदा उनीहरुको मृत्यु भएको हो । जिटीका ८ वर्षीय छोरा आफन्तकोमा बास बस्न गएकाले सकुशल छन । मृतक दुर्गाका श्रीमान नरबहादुर घर्ति वैदेशिक रोजगारीमा रहेको गुरुङले बताईन ।




