आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता शुरु

प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता शुरु


  • ढोरपाटन संवाददाता
  • असार २० २०८१, बुधबार

बागलुङ/दशौैं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनौट चरणको गण्डकी प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता बुधबारदेखि शुरु भएको छ ।
बागलुङस्थित रुद्रेपिपल कबर्ड हलमा शुरु भएको खेल बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले उद्घाटन गरे । उनले खेलले नागरिकको स्वास्थ्य सुधार हुनुको साथै अनुशासनमा पनि सुधार गर्ने बताए । उनले यहाँ छनौट भएका खेलाडीले राष्ट्रिय खेल पनि जित्न सक्ने विश्वास व्यक्त गरे ।
बुधबार र बिहिबार हुने छनौट खेलबाट विजयी खेलाडीले दशौं राष्ट्रिय खेलमा विरेन्द्र नगरमा हुने कार्यक्रममा सहभािग हुन पाउने छन् । खेलकुद विकास समिति गण्डकीको आयोजना र बागलुङ जिल्ला खेलकुद समितिको व्यवस्थापनमा खेल शुरु भएको हो । खेलमा मनाङ र मुस्ताङबाहेक ९ जिल्लाका खेलाडीले भाग लिएका छन् । उक्त खेलमा ६ स्वर्ण, ६ रजत र १२ कास्य पदकका लागि विभिन्न इभेन्टका खेल हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले बताए । पुरुष तथा महिलाको सिंगल, पुरुष तथा महिलाको डबल, पुरुष महिलाको मिक्स डबल खेल हुनेछन् । त्यस बाहेक टिम इभेन्ट पनि हुने बताइएको छ ।
खेलका लागि हरेक जिल्लाबाट ४ जनादेखि ६ जनासम्म खेलाडी सहभागि हुनेछन् । बागलुङबाट ३ पुरुष र २ महिला खेलाडीले छनौटमा भाग लिने भएका छन् । सबैभन्दा धेरै कास्कीका ४ महिला र २ पुरुष गरी ६ जनाले भाग लिने छन् । खेलमा ११ जना प्रशिक्षक समेतको सहभागिता रहनेछ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षता, उपाध्यक्ष समीक्षा थापाको स्वागत र सदस्य भीमसेन शाक्यको संचालनमा सम्पन्न कार्यक्रममा बानपा २ का वडा अध्यक्ष सुरज बोसेल, समितिका पूर्व अध्यक्ष धनबहादुर परियार लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->