शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एसइईमा उत्कृष्टविद्यार्थीलाई वालिङको सम्मान

एसइईमा उत्कृष्टविद्यार्थीलाई वालिङको सम्मान


  • ढोरपाटन संवाददाता
  • असार २२ २०८१, शुक्रबार

स्याङ्जा/जिल्लाको वालिङ नगरपालिकाले २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ । नगरपालिकाले नगरपालिका भित्र सामुदायिक तथा निजी विद्यालयवाट एसईई परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने तीन÷तीन जना विद्याथीलाई सम्मान गरिएको हो ।
नगरपालिकाले सामुदायीक विद्यालयतर्फ प्रथम हुने पूर्णामृत भवानी माध्यमिक विद्यालयका दिप्सन न्यौपानेले ३.९२ जीपीए ल्याएर सामुदायीक विद्यालयतर्फ प्रथम भएका उनलाई १५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र, सोही विद्यालयका दुर्गाबहादुर क्षेत्रीले ३.७७ जीपीए ल्याएर द्धितीय भएका थिए उनलाई १० हजार नगद पुरस्कारसहित प्रमाणपत्र र रणवीर जनहित माध्यमिक विद्यालयका विटुकुमार यादवले ३.७४ ल्याएर तृतीय पुरस्कार नगद ५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
नीजि विद्यालयतर्फ नेपाल आदर्श माध्यमिक विद्यालयका दुर्गादेवी रेग्मी र पिस जोन इन्ट्रिग्रेटेड ऐकेडेमीका समिर सिंहले ३.९२ जीपीए ल्याएर दुवैजना प्रथम स्थान हासिल गरेका उनीहरुलाई १५ हजार नगदसहित प्रमाणपत्र, वालविद्या विकाश माध्यमिक विद्यालयका दिविशा खनालले ३.८५ जीपीए ल्याएर द्धितीय भएकी उनलाई १० हजार नगदसहित प्रमाणपत्र र पायोनियर हायर एजुकेशन एकेडेमीका सुजता श्रेष्ठले ३.८४ जीपीए ल्याएर तृतीय स्थान हासिल गरेकी उनलाई नगद ५ हजार सहित प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो ।
नगरपालिकाले गतवर्ष २०७९ मा सामुदायीक तर्फ पूर्णामृत भवानी माध्यमिक विद्यालयका ३.८ जीपीए ल्याएका समिक्षा भुषाल र राजीव पंगेनी र संस्थागत विद्यालय तर्फ पिस जोन इन्ट्रिग्रेटेडका संगिता भुषालले ४ जीपीए ल्याएर उत्कृष्ठ नतिजा ल्याउन सफल भएकोमा उनीहरुलाई समेत नगद सहित प्रमाणपत्रद्धारा सम्मान गरिएको नगरपालिका शिक्षा शाखाले जनाएको छ ।
सामुदायिक तथा संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीको क्षमता वृद्धि गर्ने उद्देश्यले विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गर्ने नीति लिएको वालिङ नगरपालिका उपप्रमुख कविता तिवारीले जानकारी दिइन् । तिवारीले सम्मान कार्यक्रममा यसवर्ष एसईई परिक्षामा उत्तिर्ण सम्पूर्ण विद्यार्थीलाई वधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।
नगरपालिकाको शैक्षिक गुणस्तर खस्कदै गएको प्रति चिन्ता व्यक्त गर्दै उपप्रमुख तिवारीले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले सरकारको लगानी अनुरुप नतिजा सुधार्न आग्रह गरिन् । शिक्षा क्षेत्रमा नगरपालिकाले सिटिईभिटी थुमपोखरामा अध्यायन गर्न चाहने विद्याथीहरु १४ जनालाई नगरपालिकाले निशुल्क छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिईन ।
वालिङ नगरपालिकावाट शैक्षिक सत्र २०८० सामुदायिक तथा संस्थागत गरी २६ विद्यालयवाट कुल ८ सय २३ विद्यार्थीले एसइई परीक्षामा सहभागी भएका थिए । जस मध्ये ४ सय १८ जना पास भएका थिए । यीमध्ये भुम्रे माध्यमिक विद्यालयवाट ३४ जनाले परिक्षा दिएकामा ३४ जना नै अनुत्तीर्ण भएपछि शून्य नतिजा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->