पोखरा/ स्याङ्जाको पुतलीबजार नगरपालिका–१ बीरेन्द्रनगर बस्ने ७४ वर्षका तिलबहादुर भुजेलको खोलाले बगाएर शुक्रबार मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार शुक्रबार बिहान ७ बजेर ५५ मिनेटको समयमा स्थानीय अरगैदी खोला तर्ने क्रममा भुजेल बगेका थिए ।
खोलाले बगाएर घाइते भएका भुजेललाई छोरा होमबहादुर भुजेलले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल स्याङ्जामा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




