पोखरा/ घरमाथिबाट आएको पहिरोमा परेर स्याङजामा शनिवार २ को मृत्यु भएको छ । एकजना बेपत्ता भएका छन ।

तस्बिर साैजन्य डाेलराज पाेखरेल
स्याङजा प्रहरीका सूचना अधिकारी एवं डिएसपी ईन्द्रबहादुर रानाका अनुसार मृतकमा बिरुवा गाउँपालिका–६ लामाखेतका ६५ वर्षीया गुहेश्वरी शर्मा मरासिनी र ६७ वर्षकी हरिमाया शर्मा रहेका छन । यसैगरी पहिरोमा पुरिएको ७१ वर्षका माधव शर्मा बेपत्ता भएको रानाले बताए ।
अन्दाजी ५० मिटरमाथिबाट आएको पहिरोले स्थानीय ईश्वरी लम्सालको घरमा दिउँसो आएको पहिरोमा उनीहरु परेका थिए । बेपत्ता माधव शर्माको खोजी जारी रहेको उनले बताए ।




