शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पहिरोमा बेपत्ता मल्ल र मरासिनी मृत फेला

पहिरोमा बेपत्ता मल्ल र मरासिनी मृत फेला


  • ढोरपाटन संवाददाता
  • असार २४ २०८१, आइतबार

स्याङ्जा/अविरल वर्षासगैको पहिरोले बेपत्ता दुई जना मृत अवस्था भेटिएका छन् ।
शनिबार दिउँसो ३ बजे गएको पहिरोमा बेपत्ता भिरकाट ५ ज्यामिरेकी ७३ वर्षिय खेम कुमारी मल्लको २३ घण्टापछि शव फेला परेको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको प्रयासमा पहिरोमा बेपत्ता मल्लको शव फेला परेको हो ।
यस्तै, बिरुवा ६ लामागाउँ पहिरोमा बेपत्ता ६६ वर्षिय माधब शर्मा मरासिनीको शव फेला परेको छ । आफ्नो घर पहिरोले बस्न जोखिम भएपछि छिमेकीकोमा पुगेकी मरासिनीलाई पहिरोमा बेपत्ता भएकी थिइन् ।
यस्तै, बुटवल पोखरा सिद्वार्थ राजमार्गको गल्याङ नगरपालिका–११ तुल्सिभन्ञ्याङमा सडक भाँसिएको छ । दुई ठाउमा सडक भाँसिदा सयौं सवारीसाधन बाटैमा अबरुद्ध भएका छन् भने भने यात्रुहरु अलपत्र परेका छन् । प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले अविरल वर्षासंगै ५० मिटर लम्बाई र तीन मिटर चौडाई सडक भाँसिएको बताए । अबरुद्ध सडक एकतर्फी भएपनि खोल्ने प्रयास भैरहेको रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->