बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गगनकालिका सहकारीको स्थापना दिवसमा ३७ युनिट रगत संकलन

गगनकालिका सहकारीको स्थापना दिवसमा ३७ युनिट रगत संकलन


  • ढोरपाटन संवाददाता
  • असार २६ २०८१, मंगलबार

पोखरा/पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडा अवस्थित गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ ।
रक्तदानको पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले ब्लड ब्याग हस्तान्तरण गरी शुुभारम्भ गरे । कार्यक्रममा उनले रक्तदान जीवनदान भएको बताउँदै यसको महत्वबारे प्रकाश पारे । महानगरभित्रका सहकारीमा खासै समस्या नदेखिएको बताउँदै उनले यहाँका सहकारीलाई चुस्त दुुरुस्त राख्नका लागि महानगरपालिकाले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरे ।
सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको गगनकालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किसान परियारले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->