शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बाढीपहिरोले स्याङ्जामा ९ को मृत्यु, ११२ घर जोखिममा

बाढीपहिरोले स्याङ्जामा ९ को मृत्यु, ११२ घर जोखिममा


  • अर्जुन काफ्ले
  • असार २७ २०८१, बुधबार
स्याङ्जा/ मनसुन सुरु भएसगैँ स्याङ्जामा ९ जनाले ज्यान गुमाएका छन् । ७ जना घाईते भएका छन् । तीन घर पुर्ण रुपमा क्षति भएका छन भने १ सय १२ घर पहिरोको जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले बताए । यस्तै ११ गोठ पूर्णरुपमा क्षति हुँदा ३७ पशुचौपाया मरेको प्रहरीले जनाएको छ । १२ चौपाया घाईते भएका छन् भने २७ गोठ पहिरोको जोखिममा परेका छन ।
११ पालिका रहेको जिल्लामा पुतलीबजार नगरपालिकाका दुई जनाले ज्यान गुमाएका हुन भने ६÷६ घर र गोठ जोखिममा रहेका छन् । त्यहाँ २ घरमा समान्य क्षति पुगेको छ । त्यस्तै विरुवा गाउँपालिकामा ३ जनाले ज्यान गुमाएका र ५ जना घाईते भएका छन् । २ घर पूर्णरुपमा क्षतिग्रस्त भएका र एकघर जोखिममा रहेको छ ।  त्यस्तै गल्याङ नगरपालिकामा २४ घर र एक गोठ जोखिममा परेका छन भने ३ चौपाया मरेका छन् । त्यस्तै वालिङ नगरपालिमा विपदबाट एकजना घाईते हुनुका साथै ७ घर र ६ गोठ जोखिमा रहेको प्रहरीले जनाएको छ । वालिङमा चार चौपाय मरेका छन् भने तीन चौपाय घाईते भएका छन् । त्यस्तै भीरकोटमा एक जनाले ज्यान गुमाएका छन । एक घर पूर्ण क्षति हुँदा ३२ घर र ६ गोठ जोखिममा रहेको प्रहरीले जनाएको छ । भिरकोटमा एक गोठ पुर्ण क्षति भएको थियो भने २० चौपाया मरेका छन ।  यस्तै आँधीखोला गाउँपालिकामा एकजनाले ज्यान गुमाएका र अर्का एकजना घाइते भएका छन । आँधीखोलामा २ गोठ पूर्ण क्षति हुँदा २ चौपाया मरेका छन । १९ घरमा समान्य क्षति भएको छ भने एक गोठ जोखिममा रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै फेँदिखोलामा पहिरोमा परेर २ जनाको मृत्यु भएको छ भने एउटा घर जोखिममा रहेको छ । कालीगण्डकीमा ६ घर र दुई गोठ जोखिमा परेका छन । त्यस्तै हरिनासमा दुई गोठमा क्षति हुँदा ३ चौपाया मरेका छन् भने दुई घर जोखिममा रहेका छन् ।  त्यस्तै अर्जुनचौपारीमा एक गोठमा पुर्ण रुपमा क्षति हुँदा पाचँ चौपाया मरेका छन् । त्यस्तै ३३ घर र छ गोठ पहिरोको जोखिममा रहेका छन् । समाज भवन, स्वास्थ्य केन्द्र भवन र सवारी साधन गरी ११ वटामा क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->