शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जा प्रशासनमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

स्याङ्जा प्रशासनमा निःशुल्क स्वास्थ्य सहायता कक्ष


  • ढोरपाटन संवाददाता
  • असार २८ २०८१, बिहिबार

स्याङ्जा/ जिल्ला प्रशासन कार्यालय स्याङ्जामा निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ । प्रशासन कार्यालयमा यतिबेला राष्ट्रिय परिचयपत्र बनाउनेहरुको भीड बढेसंगै सेवाग्राहीलाई लक्षित गरी निशुल्क हेल्प डेस्क स्थापना गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाँ र पुतलीबजार नगरपालिकाको प्राविधिक सहयोगमा हेल्प डेस्क स्थापना गरिएको हो । प्रमुख जिल्ला अधिकारी सुनीता नेपालले राष्ट्रिय परिचयपत्र निर्माणको लागि गाउँगाउँबाट सेवा लिन आउने वृद्धवृद्धाहरुमा देखिनसक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राखेर सहायता कक्ष स्थापना गरिएको बताइन । कार्यालय समय अवधिभर रेडक्रसको सहयोगमा एम्बुलेन्स समेत तयारी अवस्थामा प्रशासन कार्यालय हातामा राखिनेछ ।
एक जना स्वास्थ्यकर्मी पुतलीबजार नगरपालिकाले ब्यवस्थापन गर्ने छ भने रेडक्रसबाट एक जना कर्मचारी खटिनेछन । प्रसासनमा आउने बिरामीका लागि प्रारम्भिक औषधी रेडक्रसले ब्यवस्था गर्ने सहायक प्रजिअ दिपक पौडेलले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->