बागलुङ/ग्रेस इन्टरनेशनल बागलुङ शाखाले शुक्रबार नेपालका चर्चित क्रिकेट खेलाडी दिपेन्द्र सिंह ऐरीसँग ‘मिट एण्ड ग्रेट’ कार्यक्रम सम्पन्न गरेको छ । विश्वकप खेलेर भर्खरै फर्केका व्याट्समेत रहेका ऐरीको व्यक्तिगत र खेल जीवनबारे खुला प्रश्न र बहस भएको हो ।
शुक्रबार विद्यार्थी, खेलाडी र खेल क्षेत्रका सरोकारवालाबीच उनले आफ्नो अनुभव पनि साटेका छन् । उक्त अवसरमा म्याग्दी, पर्वत र बागलुङका क्रिकेट संघ, विद्यालयका खेल टिम र खेलाडीलाई व्याट, जर्सी र अन्य सामाग्री वितरण गरेका थिए । कार्यक्रममा ऐरीसँग फोटो खिचाउन खचाखच मानिसहरु उपस्थित भएका थिए । साथै, उनले ग्रेस इन्टरनेशलन सँगको सहकार्यमा वितरण गरेको बाहेक खेलाडीहरुले ल्याएका जर्सी र व्याटमा अटोग्राफ दिएका थिए ।
उनले निरन्तरको मेहेनतले आँफू यो स्थानमा आइपुगेको बताएका थिए । तर जब विश्वकपको अनुभव साट्ने बेला आयो, तब ऐरीले केही नर्मस हुँदै कमीकमजोरी स्विकारे । साथै, सानो अंकले हार व्यहोर्नुपर्दा सबै खेलाडी, कोच र अफिसियलहरु नर्मस भएको ऐरीले बताए । ‘केही समय त हामी चेन्ज रुममा फर्केर एकआपसमा पनि बोल्नै सकेनौं’ उनले भने, ‘अब के गर्ने, कसलाई के भन्ने भनेर निरास पनि भयौं ।’ उनले आगामी दिनका खेलका लागि केही सिकाइ लिएर फर्केको पनि बताए ।
पटक पटक विश्वकप खेलेका देशसँग जित्ने कुरा जटिल थियो, तर अप्रत्यासित हार आइपरेको उनले बताए । कतिपय खेल जितेसरह भएर पनि परिणाममा हात नपरेकोले आगामी खेलका लागि केही आइडिया सिकेर फर्केको बताए ।
कार्यक्रममा म्याग्दी र बागलुङ क्रिकेट संघ, बागलुङ बजारमा रहेका विभिन्न विद्यालयका विद्यार्थी र खेलाडीहरुको सहभागिता थियो । कार्यक्रममा ऐरीले पर्वतका केही विद्यार्थीलाई पनि जार्सी उपहार दिएका थिए । ग्रेस इन्टरनेशनलको ब्राण्ड एम्बस्डरको रुपमा ऐरीले काम गर्दे आएका छन् । ग्रेसले सन् २००६ देखि क्यानडा, अमेरिका, अष्टे«ेलिया, न्युनिल्याण्ड लगायतका देशमा जानका लागि भाषा कक्षा संचालन गर्दै आएको प्रबन्ध निर्देशक ओमकार पौडेलले जानकारी दिए ।





