फुर्सदको समय लेख्ने सन्दर्भमा
मैले फुर्सदमा लेखेका लेख, रचनाहरु मेरो परिवारीक वातावरणमा केन्द्रित भएता पनि खासमा गहन तरिकाले अध्ययन गरेको खण्डमा आम मानिसका लागि पे्ररणादायी हुने किसिमले लेखन यात्रालाई अगाडी बढाएको छु । लेख रचनाहरु सार्वजनिक भएपछि सबैको साझा सम्पत्ति हुने बौद्धिक सम्पत्तिको कानुन आर्कषित हुने गर्दछ । धेरैभन्दा धेरैले अध्ययन गरुन् र सुझाव सल्लाह दिनु हुने छ भन्ने आशा एवम् विश्वास लिएको छु । तर मौखिक रुपमा छिटफुट सुझाव र सल्लाह आउने गरेको भएपनि लोभलाग्दो तरिकाले लेखन यात्रालाई अविछिन्न सुचारु गर्ने गरी अझै आउन सकेको अवस्था छैन । सधैंका लेख र सृजनाहरुमा खाली जिवनसंगिनी रुपक देवी थापा मगरलाई चिठी, छोरा हिम्मतलाई चिठी र छोरी रुयासालाई चिठी भन्ने लेखहरु लेखेको सन्दर्भमा त्यस बाहेकका विषयवस्तुमा लेख्नका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा मलाई सुझाव भनेको अनुभुति गरेको अवस्था छ । पाठकहरुले समेत अहिले हराउँदै गएको चिठीको साहराले साथीभाई, इष्टमित्र, छोराछोरीहरुलाई सम्झना र कोशेली स्वरुप पत्र लेखुन् भन्ने चाहना छ ।
समय व्यवस्थापनमा ध्यान दिने कि
आजको समय सन्दर्भमा हामीलाई फुसर्दको समय के गर्ने भन्ने व्यवस्थापन हुन सक्दाको अवस्थामा कहिलेकाँही बेकार र बर्वादी लाग्दो तरिकाले अमुल्य समय खर्च भएको हुन्छ । मेरो व्यक्तिगत सवाल र सन्दर्भमा भन्नु पर्दा फुर्सदको समय दिनमा दुईतीन घण्टाको समय फिक्का खाली हुन्छ । त्यस समयमा के सृजनात्मक र नवप्रद्धनात्मक काम गर्ने मलाई अन्यौलता हुन्छ । काममा शुक्ष्म समयको व्यवस्थापन गर्नका लागि दैनिक कार्यालयमा कामकाज गर्दा मलाई दैनिक रुपमा भइरहेको हुन्छ । यसो पुस्तक अध्ययन गर्दा पुरा शिर्षक अध्ययन हुन सक्दैन । पत्रपत्रिकाहरु अध्ययन गरौं भने सामाजिक सञ्जालमा मुख्य मुख्य रुपमा अध्ययन गर्ने र एफएमसहित युटुवबाट हेर्ने तथा सुन्ने बानीले समाचार समेत बासी भएको हुन्छ । समय व्यवस्थापनलाई योजनाबद्ध तरिकाले प्रतिफल आउनका लागि लगाउनमा मैले अभिभावकत्व ग्रहण गरेका नानीबाबुलाई बनाउनमा समेत स्वयम्ले समय व्यवस्थापन नगरेको हो कि भन्ने आभास कहिलेकाँही भएको हुन्छ । समयलाई दैनिक रुपमा चौविस घण्टालाई खण्डीकरण गरेर कार्य सम्पादन गरी नतिजामुलक हुनमा प्रेरित गर्नुपर्दछ । आफनो रुचि अनुसारको योजना बनाई बढीभन्दा बढी समयलाई उपयोग गर्नमा हामी जिवनभर समयका अगाडी विद्यार्थी सरह नै हुने गरेको अवस्था पाउन सकिन्छ । उमेरका हिसाबले बालक, युवा, वृद्धवृद्धाहुँदै बुढेसकालमा अवतरण गर्न लाग्दा समेत समयको गति र अवस्था उस्तै पाउने गरिन्छ । व्यक्तिहरुले गर्ने संर्घषका दिनमा आफनो समय कसरी व्यवस्थापन गरेका छन् भनेर थाहा पाउनु पर्दछ ।
समय व्यवस्थापन गर्नका लागि दिनमा एक पटक मात्र इमेल चेक गरी उत्तर दिनु पर्नेछ भने तुरुन्तै दिएर जिम्मेवार नागरिक हुनु पर्दछ । समय कम भएमा मोबाइल अफ गरेर काममा अभ्यस्त हुनुपर्दछ । बैठक एकपछि अर्को लगालग भएमा राखेर बैठकमा केही कुरा राख्न छुटेको भए दिमागमा फुरेको कुरा टिप्न छुटयाउनु पर्दछ । उपलब्धीमुलक बैठकमा मात्र सहभागी हुँदा झ्याउ नलाग्ने मात्रामा मात्र उपयोग गर्नुपर्दछ । कहिलेकाहीँ समय के के काममा खर्च भइरहेको छ । कतिपयलाई पत्तै हुँदैन । बेला बेलामा आफनो समय कसरी बितेको छ भनेर इमान्दारितापुर्वक समिक्षा गरेमा सबैभन्दा बढी उत्तम तरिका हुन्छ ।
समयसिमा तोकेर कठोर उत्पादनमुलक र सृजनात्मक कामका लागि समय सिमा तोक्दा सबैभन्दा राम्रो हुन्छ । निद्रा मानवका लागि महत्वपुर्ण हुन्छ । निद्रा बिगारेर अबेरसम्म काम वा गतिविधि गर्नु समेत समय व्यवस्थापनमा राम्रो मानिदैन । यात्राको समयमा हडबडी नगरी मेसो मिलाएमा सहज तरिकाले गर्न मिल्ने काम हुन्छ जसले गर्दा तनाव कम भई हामी बढी मात्रामा चिन्तनशील हुन सकिन्छ । ऋतु अनुसार हुने खेतीपातीको परिर्वतनमा आउने खेतीपाती र फलफुलको उत्पादनमा लाग्ने आनीबानीले भएमा समय गएको पत्तै हुँदैन । समयलाई चिन्नका लागि संघर्ष नै अर्को पर्यावाची रहेको हुन्छ ।
फुर्सदमा के के गर्ने कार्यसुची तयार गरौ कि
समय व्यवस्थापन नगर्दाको परिमाण नै फुर्सदको समय बढी मात्रामा हामी बिच समय उपलब्धता हुन्छ । समयमा सोचेर, बुझेर र अपडेट हुने बानीको विकास दैनिक, साप्ताहिक गरेमा नजानिँदो तरिकाले आफनो व्यक्तित्व विकास बढदै गएको हुन्छ । जब व्यक्तित्व विकासको क्रमले आफुले गर्ने कामहरुको कार्यसुची शिलशिलाबद्ध रुपमा योजनाबद्ध र अभद्र तरिकाले अगाडी आएको हुन्छ । कार्यसुचीलाई व्यवस्थित तरिकाले काम गर्ने आत्मविश्वास निर्माण गर्ने वातावरण मिलाउन सक्नु नै फुसर्दमा आइडिया मिलाउनु पनि फुर्सदको व्यवस्थापन हुन्छ । डायरी, नोटबुक, फुर्सद पाए गर्न हुने बाँकी र अधुरा कामहरु पुरा गर्न सकेमा खाली समयको राम्रो सदुपयोग गर्न सकिन्छ । फुर्सदको समय आत्मिय साथीहरुलाई भलाकुसारी गर्नमा समय दिन सकिन्छ । साथीहरुसँग भ्रमण गरेर रमाउन, कुरा साटासाट गर्न सकिन्छ । फुर्सदको समयमा पैसा कमाउन सक्छौ । अनलाइन वा अफलाइन कामहरु गरेर खाली समयमा पैसा कमाउन सकिन्छ । जुन विषय बारेमा गुगलमा सर्च गरेर आइटिसीमा गहिरो अध्ययन हुन जरुरी हुन्छ । भविष्यको योजना बनाउनका लागि मोडिनु पर्दछ । समय अभाव, व्यस्त जीवनशैलीको कारण राम्रो नतिजाका लागि तगारो बनेका असम्बन्धित कार्यसुचीहरुलाई समय अगावै पन्छाउन जरुरी हुन्छ ।
फजुल समयलाई सृजनात्मक बनाऔँ
समयलाई उत्प्रेरित बनाउनका लागि समयलाई आत्मसम्मान गर्दै सेट गर्नमा लागेमा बहुत खुशीयाली र सृजनात्मक जीवनशैली हुनमा पाइला चालेको हुन्छ । समय तालिका बनाउने काम विद्यार्थीकालमा मात्र नभई उर्जाशिल समय रहदासम्म सिकाइको शैलीलाई आजिवन सृजनात्मक बनाउन सदैव क्रियाशिल र तत्परता हुनुको विकल्प छैन । ओझेल वा छायाँमा परेका विषयवस्तुहरुलाई अध्ययन र विश्लेषण गरि लाभप्रदायक भए सकारात्मक तरिकाले प्रचार प्रसार गर्नुपर्ने र नकारात्मक शैलीका खराब आचरण र नैतिक पतनका कार्यशैलीलाई निस्तेज गर्न उत्तम उपायहरु खोजेर अब्बल नागरिक बन्न र बनाउनका लागि संघर्ष तथा आन्दोलन गर्नुको विकल्प हुँदैन । फोटो संकलनका लागि नयाँ परिवेश भम्रण गर्ने, समय समयमा साँस्कृतिक, सामाजिक कार्यक्रमहरुमा सहभागी हुने बानीको विकास गर्नुपर्दछ ।
व्यस्त र मस्त हुने तरिका बुनौं कि
कहिलेकाँही अरुका नजरमा बढी औपचारिकता व्यस्त मात्र भइरहेको त होइन भन्ने लागेको छ । अरुले मलाई व्यस्त कार्यतालिकाको मानिस भनिरहेका छन् तर ति मानिसहरुलाई म व्यस्त छैन भनेर देखाउने र प्रमाण पेश गर्न आधार तथा समय उपलब्ध हुन सकेन । वास्तविक रुपमा म तनावरहित हाँसी र खुशी हुन नियमित अध्ययन गर्ने बानीको बढावा दिएर मस्त तरिकाले ज्ञान आर्जन गरेर समय व्यवस्थापन गरेर समय बिताउन सकिन्छ । पुस्तकालयको नियमित भेटघाट र अध्ययन सामाग्रीसँगको संगतले फजुलको समय बितिरहेको हँदैन । सामाजिक सञ्जालमा सकारात्मकभन्दा नकारात्मक तरिकाका अनावश्यक फलोे गर्दा समय बर्बाद गर्नमा बलजफ्ती तरिकाले आएको छ । जसको भुक्तभोगी म स्वयम् समेत भएको छु । खुशीयाली आउने मस्तको जिवनयापन गर्नको लागि सानो सानो काममा व्यस्त हुँदै मस्तको तरिकाले उत्पादनमुखी हुनमा हातेमालो गर्न सक्नुपर्दछ ।
अन्ततिर
फुर्सदको समयमा पुराना पुराना गीत, फिल्म सुन्ने काम आफु अनुकुल गर्न सकिन्छ । विविध भाषाहरुको ज्ञानको अभाव छ भने सिक्न सकिन्छ । सृजनात्मक क्षमता कला, संगीत, गितकार, ललितकलामा समेत चासो राखेर अभ्यस्त हुन सकिन्छ । संगीत साधना र ध्यानका विषयमा कम मात्रामा मानिसहरुलाई थाहा भएको क्षेत्र हो । वर्तमान समयमा भाइरल भएका गित, फिल्म युटुवका सहायताले हेर्न र बुझन सकिन्छ । फुर्सदको समयमा पर्यटनलाई प्रवद्र्धन गर्ने हिसाबले नयाँ र नौलो स्थानको भ्रमण गरी सामाजिक, सांस्कृतिक, राजनैतिक, इतिहास, संचार जगतका विषयमा जानकारी लिएर आनन्दित हुन सकिन्छ । रुचि अनुसार हार्ड कपि पुस्तक अध्ययन गरेर तथा अडियो बुक, गित, अन्तवार्तामुलक कार्यक्रमहरु सुनेर फुर्सदको समयलाई बढी मात्रामा उर्जावान बनाउन सकिन्छ ।
समाज र शहरमा राजनैतिक, शैक्षिक, प्रशासनिक तहका मानिसलाई भेटघाट गरेर चिनापर्जी बढाउन सकिन्छ । भिडियो बनाउन सिक्ने, गाउँ शहरमा भएका औपचारिक कार्यक्रममा समय मिल्छ भने सहभागी हुन प्रयास गर्ने गर्नुपर्दछ । राजनैतिक, शैक्षिक, प्रशासनिक, पुर्वाधार विकास, स्वास्थ्य, खानेपानीलगायत विकासका आयामहरुको अर्थतन्त्रका पक्षमा जानकारी लिई तार्किक क्षमता विकास गर्नमा फुर्सदको समय उपयोग गरेमा अब्बल तरिकाले समय व्यवस्थापन भएको पाउन सकिन्छ । पुस्तक अध्ययन गर्ने बानीलाई रुचि अनुसार निरन्तर रुपमा गर्नलाई छोडनु हुँदैन । नागरिक समाज, पत्रकार, स्थानीय संघ संस्था, सहकारीको बारेमा सकारात्मक तरिकाले अध्ययन गर्ने हिसाबले चासो राख्नपर्दछ ।





