आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

युरो कपको उपाधि स्पेनले जित्यो

युरो कपको उपाधि स्पेनले जित्यो


  • ढोरपाटन संवाददाता
  • असार ३२ २०८१, सोमबार

बागलुङ/इङ्ल्यान्डलाई पराजित गर्दै स्पेनले युरो कपको उपाधि जितेको छ । स्पेनले इङ्ल्यान्डलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा सोमबार बिहान सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो । तर, दोस्रो हाफको दोस्रो मिनेटमै निको विलियम्सले गोल गर्दै स्पेनलाई अग्रता दिलाए थिए । उनले डी बक्स बाहिरबाट लामिन यमलले दिएको पासमा आर्कषक गोल गरेका हुन् ।
तर, त्यो अग्रता स्पेनले जोगाउन सकेन । ७३ औं मिनेटमा जुड बेलिङ्घमले दिएको ब्याक पासमा कोल पाल्मरले गोल गर्दै इङ्ल्यान्डलाई खेलमा फर्काएका थिए । यद्यपि, स्पेन ८६ औं मिनेटमा खेलमा फर्कियो । माइकल ओयारजाबलले गोल गर्दै स्पेनलाई २–१ को जित दिलाए ।
स्पेनले पहिलोपल्ट सन् १९६४ मा युरो कप जितेको थियो । १९८४ मा फाइनलमा पराजित भएको स्पेनले दोस्रो उपाधि जित्न २४ वर्ष कुर्न परेको थियो ।
स्पेनले २००८ मा स्विट्जरल्यान्ड आयोजित प्रतियोगितामा जर्मनीलाई पराजित गरेको थियो । त्यसको चार वर्षपछि इटालीलाई पराजित गर्दै स्पेन तेस्रोपल्ट च्याम्पियन बनेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->