स्याङ्जा/ पुतलीबजार नगरपालिका–५ चौरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । स्थानिय ३१ वर्षीया शुशिला कार्की आफ्नो बोईलर कुखुराको फार्म सफा गर्ने क्रममा आइतबार करेन्ट लाागेर घाइने भएकोमा उपचारकालागि स्याङजा जिल्ला अस्पताल मा लगिएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए । घटनाको थप अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले बताए ।




