शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पहिरो पीडित परिवारलाई राहत

पहिरो पीडित परिवारलाई राहत


  • अर्जुन काफ्ले
  • साउन ८ २०८१, मंगलबार

स्याङ्जा/ पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले राहत रकम हस्तान्तरण गरेको छ । पोखरा –१९ पुरुन्चौर, तल्लाकोट टारीमा गत असार २७ गते पहिरोमा परेका परिवारलाई राहत दिइएको हो ।
अर्जुनचौपारी गाउँपालिका –१ का अस्मित परियार (ससुराली) र प्रभा परियार (माइती) गएको समयमा पहिरोमा परेर मृत्यु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आफै पुगेर परिवारलाई राहत रकम हस्तान्तरण गरेकी हुन । मृतकको घरमै पुगेर प्रदेश सरकारले दिने सहयोग जनही ५०÷५० हजार गरी एक लाख रुपियाँ प्रमुख जिल्ला अधिकारी नेपालले हस्तान्तरण गरिन । उक्त अवसरमा प्रजिअ नेपालले पहिरोमा ज्यान गुमाएका परिवारलाई संघीय सरकारले उपलब्ध गराउने २ लाख र एकाघरको भएकाले थप एक लाख गरी तीन लाख रुपियाँ प्रक्रियागत रुपमा मृतकका परिवारको खातामा जम्मा हुने बताइन । मनसुनसगै स्याङ्जामा ९ै र कास्कीमा दुई जना गरी जिल्लाका ११ जनाको मृत्यु भएको थियो र सबैलाई राहत हस्तान्तरण गरिएको हो । यस्तै बाढीपहिरा प्रभावित परिवारलाई जिल्ला रेडक्रस सोसाइटी स्याङ्जा र लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रीक्ट स्याङ्जाले पनि नगदसहित जिन्सी लगायतका सामानहरु राहत स्वरुप वितरण गरि रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->