बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गलकोट नगर अस्पतालबाट ३० हजारले पाए सेवा

गलकोट नगर अस्पतालबाट ३० हजारले पाए सेवा

अस्पतालमा नियमित डाक्टर बस्दा पोष्टमार्टम सेवाबाट सबैभन्दा धेरैले राहत


  • ढोरपाटन संवाददाता
  • साउन १० २०८१, बिहिबार

बागलुङ/गलकोट नगर अस्पतालले सेवा प्रवाहको वार्षिक समीक्षा गरेको छ । वर्षभरी अस्पतालले दिएका सेवाबारे सरोकारवालासँग जानकारी दिंदै आगामी योजना पनि सार्वजनिक गरिएको हो ।
नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले समीक्षामा ३० हजारबढी बिरामीले एक वर्षमा सेवा पाएको बताए । अस्पतालमा दैनिक आउने बिरामीको समस्याको प्रकृति समेत खुलाएर राख्ने व्यवस्था गरिएको छ । गत आर्थिक वर्ष गलकोटबाहेक बरेङ, बडिगाड, तमानखोला, निसीखोला, ढोरपाटन र गुल्मीको मुसिकोट तथा छिमेकी ताराखोलाका बिरामीले सेवा लिएको तथ्यांक पौडेलले जानकारी गराएका हुन् ।
पौडेलका अनुसार, १२ हजार १ सय ३३ जनाले ल्याब सेवा, ४ हजार ५८ जनाले एक्सरे सेवा, १ सय १ जनाले एम्बुलेन्स सेवा, १ सय ८५ जनाले दन्त सेवा लिएका हुन् । अस्पतालमा वर्षभरी २७ जनाको पोष्टमार्टम समेत भएको थियो ।
अस्पतालको सेवा प्रवाहलाई बिस्तार गर्न गलकोट नगरपालिका ६ का झप्परबहादुर बस्नेतले बाबुआमाको स्मृतिमा मर्चरी स्थापना गरिदिएका छन् । त्यसबाहेक अस्पतालको कोषमा विदेशमा बस्नेहरुले नगद र अन्य सामाग्री समेत दिएका छन् । त्यस्तै नगर अस्पतालमै लायन्स क्लब ३२५ जेको पहलमा भारतीय दुताबासमार्फत बि ग्रेडको एम्बुलेनस सेवा पनि संचालनमा ल्याइएको हो । अस्पतालमा थाइराइड परीक्षण, भिटामिन ‘डि’को एचबिहेन्टी परीक्षण पनि संचालनमा छ । नियमित गर्भवती परीक्षण गर्न पाएपछि सदरमुकाम जानेले गलकोटमै सेवा पाएका छन् ।
अस्पतालमा नियमित डाक्टर बस्दा पोष्टमार्टम सेवाबाट सबैभन्दा धेरैले राहत पाएका छन् । ‘केही घटना भए शव बोकेर सदरमुकाम पुग्नुपथ्र्यो, त्यो समस्या हट्यो’ नगर प्रमुख भरत शर्मा गैरेले भने, ‘घटना भयो भने स्थानीयले शव बोकेर जाने आउने गर्दा ५० हजारबढी भाडा मात्रै तिर्नुपथ्र्यो, त्यो जोगिएको छ ।’ नगरपालिकाको साथले अस्पतालले पनि सेवा प्रवाह गुणस्तरीय बनाएको उनले बताए ।
अस्पतालमा उपकरण र आवस्यक सामाग्री बिभिन्न दाताले दिएका छन् भने नगरले २ जना डाक्टरसहित स्वास्थ्यकर्मीको व्यवस्थापन गरेको छ । त्यस्तै स्थानीयले जग्गा दिएर अस्पतालको सेवा प्रवाह विस्तार गर्न पहल गरेका छन् । ‘अस्पतालमा नवप्रवद्र्धतका कार्यक्रम पनि संचालन गर्दैछौं’ गैरेले भने, ‘अस्पताललाई गलकोटको पहिचान बनाउन पहल गर्दैछौं ।’ गैरेले नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिएको गलकोटले नगर अस्पताललाई सबैखाले सेवा प्रवाह हुने बनाउने बताए ।
नगर अस्पतालसहित सबै स्वास्थ्य संस्थालाई डिजिटल प्रविधिमा जोडिएको छ । हरेक दिन हरेक स्वास्थ्य संस्थाले दिएको सेवाको डिजिटल प्रविधिमा तथ्यांक राखिन्छ । उक्त सेवाको माध्यमबाट दैनिक कति बिरामीले उपचार पाए, कति औषधी आवस्यक छ, दैनिक बिरामीको आगमन कस्तो छ थाहा पाइने व्यवस्थापन गरेको स्वास्थ्य शाखाका प्रमुख सुशिला पौडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->