तस्बिर : रोहन जिसी
बागलुङ/चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलको आयोजना तथा चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबको सह–आयोजनामा तेस्रो अन्तर विद्यालय शिक्षक स्तरीय फुटसल प्रतियोगिता शुक्रबारदेखि शुरु भएको छ । प्रतियोगिता शनिबारसम्म चल्ने छ ।
१२ विद्यालय सहभागि प्रतियोगिताको उद्घाटन एनप्याव्सन गण्डकी प्रदेश सदस्य तथा जिल्ला सचिव निशान खड्का र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य एवं धौलागिरि एफएमका सम्पादक ताराप्रसाद शर्माले गरेका थिए । कार्यक्रम आयोजक विद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठको अध्यक्षता, शिक्षक रोहन जिसीको स्वागत र सुरेश सुनारको संचालनमा सम्पन्न भएको थियो ।
विद्यालयका शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको प्रतियोगितामा पहिलो चरणका खेल सकिएको, सेमीफाइनल र फाइनल खेल हुने चिल्ड्रेन लाइफ इङलिस बोर्डिङ स्कुलका खेलकुद प्रशिक्षक तथा प्रतियोगिताका खेल संयोजक सौगातजंग खड्काले बताए ।
प्रतियोगितको विजेता टोलीले १८ हजार, मेडल, ट्रफी र प्रमाण पत्र र उपविजेता टोलीले १२ हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबका सदस्य सुशील राजभण्डारीले जानकारी दिए । सर्वोत्कृष्ट खेलाडीसहित विधागत उत्कृष्ट खेलाडीहरु पनि पुरस्कृत हुने उनको भनाई थियो ।






