बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जनप्रियका उत्कृष्ठ विद्यार्थीलाई सम्मान

जनप्रियका उत्कृष्ठ विद्यार्थीलाई सम्मान


  • ढोरपाटन संवाददाता
  • साउन २३ २०८१, बुधबार

पोखरा/जनप्रिय बहुमुखी क्याम्पसले वार्षिक र सेमेस्टर परीक्षा प्रणालीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई मङ्गलबार सम्मान बधाइतथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत व्यवस्थापन समितिकी अध्यक्ष नम्रता बरालले कडा परिश्रम गरेर सर्वोकृष्ट नतिजा ल्याउने विद्यार्थीले नै जनप्रियको शाखमा लोकप्रियता थपेको बताइन् । बरालले आफ्नो क्षमताको पहिचान गरेर उच्चशिक्षा लिएमा अब्बल हुने धारणा राख्दै मिहिनेतले नै जीवनमा परिवर्तन आउने जनाइन् ।
निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले जनप्रियबाट नेपाल टप र क्याम्पस टप गरेका विद्यार्थीलाई उच्चशिक्षाको सफलताको शुभकामना दिँदै आफूले रुचाएको विषय अध्ययन गरे दक्षता हासिल गर्न मद्धता पुग्ने जनाए ।
सहायक क्याम्पस प्रमुख मेखराज पौडेलले उत्कृष्ट नतिजाका लागि करिअर काउन्सिलिङको आवश्कता र महत्वमाथि प्रकाश पार्दै सफलताका लागि रुचिको विषय छनौट गर्न सुझाए ।पौडेलले मानित विश्वविद्यालय उन्मुख जनप्रिय क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट २ गुणमापन तथा प्रत्यायन प्रमाणपत्र पाएको जानकारी दिँदै शिक्षा मन्त्रालयबाट २ पटक मुलुकभरिकै सामुदायिक क्याम्पसहरूमा सर्वोकृष्ट पुरस्कार पाएको हुँदा जनप्रिय उच्चशिक्षाका लागि ब्राण्ड बनेको बताए ।
बीएस्सी माइक्रो वायोलोजीकी संयोजक कल्पना गौतम अधिकारी, बिबिए, बिआइएमका संयोजक यमकुमार बराल, स्वायत्त कार्यक्रम स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापनकी संयोजक दिव्यालक्ष्मी चालिसे, अङ्ग्रेजी विभाग प्रमुख टंकराज बराललगायतका वक्ताले सर्वोकृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरू जनप्रियको दूत भएको बताउँदै शुभकामना दिएका थिए । सम्मानित विद्यार्थी परिवर्तन शर्मा र विजयकुमार दासले जनप्रियमा अध्ययन गर्दाको आफ्नो अुनुभव साटासाट गरेका थिए ।
बिआईएममा अभिशेख शर्माले ४ जिपिएसहित नेपाल टप गरेका थिए भने परिवर्तन शर्मा र प्रकृति बरालले ३.९९ जिपिएसहित दोस्रो स्थान ल्याएका थिए । त्यस्तै बिबिएतर्फ सौगात भुसाल र रिया अधिकारीले ३.९८ जिपिएसहित मुलुकभरिमा दोस्रो स्थान हासिल गरेका हुन् ।
मानविकीतर्फ सोनाम खत्री, अशोक थापा, स्नेह लामा, शिक्षाशास्त्रतर्फ अमिता गुरुङ, तिलमाया गुरुङ, बसन्त बराल, व्यवस्थापनतर्फ निरु राना, त्रिशाक कपाली, नवराज पौडेल र विज्ञान सङ्कायतर्फ ताजस्विनी ढकाल, गोविन्द रावल र इन्द्रजित अधिकारी सर्वोकृष्ट भई सम्मानित भएका हुन् ।
प्लस टु कार्यक्रम संयोजक गणेश चालिसेको अध्यक्षतामा सम्मन्न कार्यक्रममा अर्थशास्त्र विभागकी प्रमुख शिलु चालिसेले स्वागत मन्तव्य राखेकी थिइन भने उपप्राध्यापक वेदहरि तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->