बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कास्की जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाउनेको भिड  (फोटो फिचर) 

कास्की जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाउनेको भिड  (फोटो फिचर) 


  • ढोरपाटन संवाददाता
  • साउन २३ २०८१, बुधबार
oplus_2

पाेखरा/ सरकारले पेन्सनलगायत सामाजिक सुरक्षा भत्तामा समेत अनिवार्य राष्ट्रिय परिचयपत्र लागु गरेको छ । यसले त्यस्ता लाभग्राहीहरु आफुलाई पायक पर्ने स्थानमा राष्ट्रिय परिचय पत्र बनाउनेको भिड लाग्ने गरेको छ । यस्तै भिड बुधवार पोखरास्थित कास्की जिल्ला प्रशासन कार्यालयमा पनि देखियो ।

जिल्ला प्रशासन बाहेक लेखनाथस्थित ईलाका प्रशासन कार्यालय, रुपा, मादी, माछापुच्छर्े र अन्नपूर्ण गाउँपालिकाबाट पनि परिचय पत्र बनाउने सुविधा छ । यसैगरी पोखरा महानगरका १, ४, १२ र १७ नम्बर वडा कार्यालयबाट पनि सेवा जारी छ । तर पनि जिल्ला प्रशासन कार्यालयमा भिड नहटेको सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए । अर्का सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार दैनिक ३ सय जना सेवाग्राही राष्ट्रिय परिचय पत्र बनाउन प्रशासनमा आउने गरेका छन ।

विगतमा पालिका मुकाम र वडाहरुबाट प्रमाणपत्रका लागि फोटो खिचाए पनि कतिपयको नम्बर प्राप्त नभएकाले अविश्वास गरी प्रशासन कार्यालयमै आउने गरेको ढकालले बताए । प्रशासन कार्यालयका अनुसार हाल करिब ४० हजार परिचय पत्रको कार्डहरु समेत प्रशासनमा आएको र वितरणको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->